
किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो भन्ने विश्वका प्रायः जसो सबै विद्घान, खोज-अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, लेखक, आदिले स्वीकारेका छन् । किरात वा भनौंहरु किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भूभाग (दक्षिण एसिया, दक्षिण-पूर्व एसिया, मध्य एसिया) मा किरातीहरु रहे/बसेका थिए । किरात/किरातीहरु कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म पैmलिएका थिए भन्ने इतिहासकारहरुको भनाइ छ ।
किरात वा भनौं किरातीहरुको ऐतिहासिकताबारे संस्कृत साहित्यहरुमा पनि प्रशस्तै चर्चा-परिचर्चा गरिएको छ भन्ने भनाइ छ । जस्तो कि, अथर्ववेद, वाल्मिकी रामायण, महाभारतहरु आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरुमा किराती राजाहरु र त्यो वेलाका किराती जनताहरुका बारेमा उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धानहरु र विभिन्न अभिलेखहरुमा पनि किरात सभ्यता र किराती जातिहरुका बारेमा उल्लेख गरएको छ । त्यस्तै धेरै जसो लेखक, इतिाहासकार तथा विद्घान महानुभावहरुले पनि किरात र किरातीहरुका उल्लेख आप्mनो लेख, किताब र भनाइहरुमा उल्लेख गरेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म, प्राकृतिक धर्म मानने समुदाय आदि विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला एवम् लोक कथा र मिथकहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रायः चित्रण गरिएको पाईन्छ, उल्लेख गरिएको पाइन्छ ।
त्यस्तै किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू-भागहरुमा नै पनि किरातहरुको अनेक संंप्रभु-सत्ता सम्पन्न राष्ट्र-राज्यहरु अस्तित्वमा थिए भन्ने गरिन्छ । यसरी कुनै वेला एसियाको ठूलो भू-भागमा फैलिएको किरात र किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी-भूमिको साथै आप्mनो असली जातीय स्वपहिचान समेत गुमाउँदै सीमित भू-क्षेत्रमा बाँकी रहे । हँुदाहँुदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश !) को सानो भू-भागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु रहेका छन् । अन्ततः यी किरातीहरु पनि नेपालको भगौलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिए/गरिएका छन् । जसका कारण उनीहरुको आप्mनो असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी अरुले गरेको ‘करण !’ मा परेर आप्mनो असली जातीय स्वपहिचान र अस्तित्व संकटमा परेका किरातीहरुमध्ये पनि सबैभन्दा बढी खम्बुका सन्तानहरु रहेको देखिन्छ । जस्तो कि ‘करण !’को कुरो गर्दा ‘कुलुङ’ जातिलाई पनि एक उदाहरणको रुपमा लिन सकिन्छ । किनभने, ‘कुलुङ’ जाति पनि खम्बुका अन्य सन्तानहरु जस्तै भूमि सुधार ऐन-२०२१ आएसँगै ‘राईकरणको मारमा !’ परे । कसरी त ? भन्दा भूमि सुधार ऐन-२०२१ आएपछि तल-तल (गाउँतह) सम्म सो ऐन लागू भयो । भनाइको मतलब अब ‘रैती/ढाक्रे’हरुले पनि आप्mनो नाममा जग्गा-जमीन दर्ता गर्न पाउने भए । जबकि सो ऐन लागू हुनु अघिसम्म जग्गा-जमीनको स्वामित्व स्थानीयस्तरमा नियुक्त गरिएका ‘छोटे राजा अर्थात् “तालुकदार/जिम्मावाल”को हातमा हुन्थ्यो । ऊ वेलाको चलन चल्तीको भाषामा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’, ‘चौधरी’ आदि पनि तालुकदार वा भनौं जिम्मावाल पनि भनिन्थ्यो ।
यसरी हेर्दा रैती वा भनौं ढाक्रेहरु पनि भूमि सुधार ऐन-२०२१ आएसँगै र, सो ऐन लागू भएसँगै फोकटमा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई/चौधरी’ हुन पाए । जसका कारण रैतीहरुले आप्mनो नाममा जग्गा-जमीन दर्ता गरेसँगै आप्mनो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई/चौधरी’ लेख्न/हुन पाए । त्यसअघि असली अर्थात् तालुकदार/जिम्मावालहरुले मात्रै आप्mनो नामको अगाडि नै ‘राई !’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई/चौधरी’ लेख्न पाउँथे । जसरी हाल ‘पूर्व प्रधानमन्त्री’ केपी शर्मा ओली वा भनौं प्रधानमन्त्री शेरबहादुर देउवा भनेर भनिन्छ,अथवा लेखिन्छ । त्यस्तै ‘राई !’ पनि…राई भनी नामको अगाडि नै…‘राई !’ पद जनाएर लेख्नु पथ्र्यो/लेखिन्थ्यो, नामको पछाडि ‘राई !’ भनी जात वा जाति जनाएर होइन । विगतमा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई वा चौधरी’ लेख्ने/लेखेका लिम्बु, सुनुवार र याक्खा, थारु आदिले भने हाल आएर आप्mनो जात अथवा जाति ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’ हो भनी लेख्न छाडेका छन्, भन्न छाडेका छन् ।
महत्वपूणर् कुरो माथिका चारवटै जातिका कसैले झुक्एिर वा जानाजान आप्mनो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान,’ ‘चौधरी’ हो भनी लेखेमा पनि उनीहरुलाई खासै समस्या छैन । किनभने, उनीहरु तत्कालीन श्री ५ को सरकारले गठन गरेको विकासै ऐन अन्तर्गत रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ (आजउराप्र) को दफा दुई (क) मा व्यवस्था भएअनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत भएका छन् । स्मरणीय छ, तत्कालीन श्री ५ को सरकारले गरेको सो सूचीमा हाल कथित् ५९ जाति भनिने जातिहरु सूचीकृत भएका छन् ।
हुन त कतिपय मान्छेहरुले नपत्याउलान् पनि । तर, विसं २०५७/०५८ देखि नै खम्बुका सन्ताहरुमध्ये कुलुङले वास्तवमा ‘राई !’ जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘राई !’ पदवी वा पगरीलाई जातिको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने कामहरु भयो/हालसम्म पनि भई रहेकै छ ! त्यस क्रममा नेपालका विभिन्न राजनैतिक दलहरु (ससानादेखि ठूलठूलासम्म) र तिनका नेताहरुसँग भेटघाट र लबिङ गर्ने, उनीहरुमार्पmत आप्mनो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु गर्यो/गरी रहेको छ । त्यस क्रममा तत्कालीन राजनैतिक दलहरु नेकपा (एमाले), नेकपा (माले बामदेव (एमाले) नर्पmकँदासम्म), नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक) देखि सीपी (माले), नेमकिपा (नारानमान विजुक्छे), संयुक्त जन मोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जन मोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई), राष्ट्रिय जनशक्ति पार्टी (स्वर्गीय सूबथा, चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिन्ह हलो) लगायत सबै राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आप्mनो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने लगायतका कामहरु पनि विगतमा भए ।
तर, त्यो वेला अचानक माघ १९ को घटना घट्यो । सामान्य रुपमा नेपाली राजनीति बुभ्mने सबैले थाहा पाएकै कुरो हो कि, माघ १९ को राजनैतिक घटनापछि मन्त्रीपरिषदको कार्यकारी अध्यक्ष पनि दाजै जस्तो चुप लागेर र, टुलुटुलु हेरेर नबस्ने तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव नै भएका थिए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको स्थानीय विकास मन्त्रालयको प्रतिष्ठानमा फेरि पनि आप्mनो माग पत्र पेस गर्यो । तर, त्यसपछि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर/राईनी म्याडमहरुले नयाँ विषय पाए ‘-कुलुङे ढाक्रेहरु, राजालाई जात माग्न दरबार गए !’ भन्ने । तर, राईवादी कामरेडहरु अर्थात् यायोक्खाका हर्ताकर्ता राई सर/राईनी म्याडमहरु त्यति क्रान्तिकारी थिए भने उनीहरुले माघ १९ को राजनैतिक घटनापछि प्रतिष्ठानबाट हट्नु पर्थेन ? हुन पनि आदिवासी जनजाति सूचीमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान पनि स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन- २०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री वा राज्यमन्त्री कहाँ जाने र आप्mनो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु धेरै पटक भए, अहिलेसम्म भई रहेकै छ !
हाल कथित् ‘राई !’ जाति भनेर चिनिने किराती खम्बुका सन्तानहरु (कुलुङ लगायत) का बारेमा इतिहासकार बाहेक हाम्रा पिर्ता-पूर्खा र पूर्वजहरुले मौखिक रुपमा भनी आएको र केही लिखित दस्तावेजहरुले पनि स्पष्ट हुन सहयोग गर्दछ । किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरको ठूलो योगदान रहेको छ । तर, उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरुले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरुले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किरातका हाँगाहरु हुन् । सन्दर्भ स्रोतः ‘किराती कुलुङ’ नामक किताब पाना नम्बर-७, ८, ९, १०, ११, … लेखकः इन्द्रबहादुर कुलुङ
त्यसो त जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबमा ‘नौलाख किराँत’ उपशीर्षकमा ‘-हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौलाखकिराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्- “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ भनी उल्लेख गरेका छन् ।
आज आएर हेरौं त ! ऊ वेलै ‘नौ लाख किरात’ भनी उल्लेख भएका किराती महाजातिहरु कतै मिथकमा मात्रै सीमित हुने त होइनन् ? वास्तवमा बुभ्mनेहरुका लागि त यो प्रश्न साह्रै गम्भीर पो छ है, किराती भनी चिनाउन चाहने कामरेडहरु ! किनभने हरेक १०/१० वर्षको जनगणनामा १/१ प्रतिशतका दरले मात्रै जनसंख्या बढ्दा पनि आज कति लाख किरातहरु हुनु पथ्र्यो होला ? यो प्रश्नको जवाफ अब को संँग खोज्ने होला ? ….














































