कुरो गएको हो, वैसाख २९ गतेदेखि जेठ ४ गतेसम्मको हो । संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गाउँ पालिका वडा नम्बर-२ तत्कालीन बाला गाउँ पञ्चायत-गाउँ विकास समिति ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) ’ले आयोजना गरेको ‘कूलू रीदूम लेखन तथा अन्तक्रिया’मा सहभागी हुन र धेरै कुरोहरु सिक्ने अवसर मैले (यो पंक्तिकार) पनि सुवणर् अवसर पाएको थियो, पाएँ ।
यो लेखमा सोही कार्यक्रम हुँदाहुँदै मैले चिनेजानेका स्थानीय कुलुङ वन्धु-वान्धवहरुसँग गरेको कुरोकानी, मैले सिकेका, अनुभव र अनुभूति गरेको र केही खूलू (पूर्खा) ज्युृहरुसँग भएको चिनजान, उहाँहरुसँगको व्यक्तिगत कुरोकानी, अनुभव र अनुभूतिहरुलाई समेटेर छोटो वणर्न गर्दैछु, लेख्दैछु । सुरुमै भनियो कि, कुरो गएको वैसाख २९ गतेदेखि जेठ ४ गते (१ हप्ता) सम्मको हो । र, ठाऊँ रहेको थियो ‘-संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गाउँपालिका वडा नम्बर-३ साविक ताम्कू गाविसको ‘लकूवा’ भन्ने गाउँ । जहाँ झण्डे १०-११ पाछा (थरका) कुलुङ जातिको बसोवास रहेछ । यसरी ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ हालको साल्पा सिलिचोङ गाउँपालिका वडा नम्बर-२ साविब बाला गाउँ इकाईले आयोजना गरेको ‘कूलू रीदूम लेखन तथा अन्तक्रिया’मा सहभागी हुनका लागि संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गापाका खूलू ज्युहरुबाहेक सोलुखुम्बु जिल्लाबाट समीप मान्थेर्बू, भोजपुर जिल्लाबाट बिखबहादुर थोरेप्पा अनि तेह्रथुम जिल्लाबाट चाहिँ म स्वयम्को सहभागिता, उपस्थिति रहेको थियो ।
हुन पनि आजै, अहिल्यै हामी कुलुङ जातिका पढालेखा, विद्धान, सामाजिक कार्यकर्ता तथा अगुवा केही जान्ने बुभ्mने मानिसहरुले हाम्रो पिता पूर्खाहरुको इतिहास, हाम्रो ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, मेला, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरुको इतिहास, त्यसमा पनि अझ खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आप्mनो काम-कर्म गर्ने- गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) र फर्कने बाटाहरुको वणर्न आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ । निश्चय नै एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५-६ हजार वर्षदेखि लगभग ८-९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा उल्लेख भएअनुसार पनि युद्ध हुने क्रममा हार्ने पक्षका लागि लडेका-लड्ने इच्छा देखाएका किरातीहरुका सन्तान हामी एक जाति मात्रै नभएर महाजाति, सभ्यता, इतिहास, भूगोल, धर्मका रुपमा पनि स्थापित भएको किरात वा किरती हौं । हो, त्यही महाजातिभित्रको एक जाति हो ‘-कुलुङ जाति ।’
यसरी कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत, संगीत, बाजागाजा, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरु, त्यसमा पनि खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आप्mनो कर्म गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) हरुको वणर्न आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नु पर्दाखेरि कुलुङ जातिमा रहेका विभिन्न संस्कार र संस्कृतिहरुमा जन्म संस्कार, विवाह संस्कार, विवाहमा पनि २ प्रकारका विवाह, मृत्य संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’ र…आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको थियो ।
निश्चय नै माथि भनिएभैmँ एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५-६ हजार वर्षदेखि लगभग ८-९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएका किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा सबै कुरो ७ दिनको छलफल, अन्तक्रिया र बहसमा आउने कुरो भएन, आउन सक्दैन । र, यस्तो कुरो कसैले आशा गरेको पनि हुँदैन, गर्नु हुँदैन । तर पनि ७ दिने कार्यक्रममा उपस्थित हुनु भएका हाम्रा आदरणीय खूलू (पूर्खा) हरुले सौहार्दपूणर् ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल बहस गरेर एक मतले यो कुरो यस्तो हो है भनी निचोड निकाल्दै पारित गरेका थिए । जुन कुरो (खूलू ज्युहरुको निचोड) लाई प्रेम सोम्फोरु ज्यु (उहाँ आपूmले प्रेम किराती लेख्नू हुन्छ, प्रेम किरातीको नाममले चिानउनु हून्छ) ले लिखितमा उतार्नु हुन्थ्यो । हुनत यो काम विसं २०८० को जेठ असारदेखि नै सुरु भएको थियो । सो कामलाई फाइनल गरिएको हो, गत वैसाख २९ देखि जेठ ४ गतेसम्मको १ हप्ते कार्यक्रममा ।
यस्तो ऐतिहासिक कामको सबैभन्दा ठूलो जस प्रेम सोम्फोरु ज्युलाई जान्छ । किनभने उहाँ एक सम्पन्न परिवारको मान्छे भए पनि अझ त्यसमा पनि नेपाल सरकारको निजामती कर्मचारीको राम्रै पदमा रहेर पनि उहाँले आप्mना समुदाय एवम् भावी पुस्ता र समग्र कुलुङ जातिको लोप हुन लागेको, कतिपय त लोप भएको संस्कार, संस्कृति आदि सम्झेर अहोरात्र खटेर गर्नुभो, अनि त्यस क्रममा रुघाखोकी, चिसो आदि केही नभनी बिहान सबेरै उठेर यसो हेरेर खूलूहरु उठ्ने बित्तिकैदेखि रातको लगभग साढे १०-११ बजेसम्म खट्नु भो, त्यो सम्झेर यो लेख लेखीरहँदा शनैः शनैः म आफ से आफ द्रवीभूत भएको छु, द्रवीभूत भई रहेको छु । त्यस्तै जंग दवार सर, जसले सहभागी खूलू ज्यूहरु, जागूलोछा टोली र अन्य स्थानीय सहभागीहरु र, आउजाउ गर्नेहरुलाई समन्य गर्ने काममा खट्ने काम गर्नु भएको थियो । उहाँ पनि कम धन्यवादको पात्र हुनुहुन्न । स्मरण रहोस् अब प्रकाशित हुने रीदूम किताबमा उहाँले नै स्केच कोर्नु (चित्र बनाउनु ) भएको छ । त्यस्तै गरेर समीप मान्थेर्बूजी जो एक सहभागी मात्रै नभएर क्यामरा पर्सन, भिडियोग्राफर, सम्वाददाता, टिखी प्रेजेयु ट्युबर आदिको भूमिकामा हनु भएको थियो । कताकती खूलूहरुबीच के हो, कसो हो ? भन्ने स्थिति आएमा ‘मा कूलू’ निवनसीका हैसियतले त्यहाँको रीतिथिति आदिबारे बुझाउने स्रोत व्यक्तिका भूमिकामा पनि रहनु भयो । मेरो आप्mनो के कुरो गराई भो ? कुलुङ भन्नु मात्रै, ६-७ अघि नै हाम्रा पूर्खाहरु लिम्बुवानमा ‘भतुवा गएको-भएको मान्छे न परेँ !’ त्यसैले गर्दा ‘कोङ लोवात्ती छा के, कूलू छ र’छ खूङ्क सा कूलू रीङ लेसोनो कूलू रीदूम, होदूम सो लेसोनो’, भन्यो ट्वाँ…परेर बस्यो, सक्किगो ?!
जे भए तापनि यस पटकको रीदूम लेखन तथा अन्तक्रियाको वणर्न गरेर साध्य हुँदैन, छैन । यो सामान्य लेखमा संभव पनि छैन । खासगरिकन प्रेम सोम्फोरु ज्युले, अरु धेरै मानिसहरु जो छन् यो धरतीमा, जो औपचारिक रुपमा धेरै विषयमा पढालेखा छन्, हो पनि…तर उनीहरु असाध्यै अहंकारी छन्, व्यवहारिक छैनन्, उनीहरु जस्तै म मात्रै पढालेखा हुँ, म मात्रै जान्नेसुन्ने हुँ, अरु सबै…मलाई सबै थोक पुगेको छ भन्ने अहंकार र घमण्ड पाल्नु भएको भए, आपूm र आप्mनो परिवारको ऐस, आराम, सुख-सयल, मोज र मस्तीमा अनि हाईफाई लाईफ आदिमा मात्रै जिन्दगी बिताउने सोच्नु भएको भए हाम्रा लागि यस्तो महान कार्य फत्ते गर्ने काममा अवश्य पनि हात हाल्नु हुने थिएन । त्यसैले प्रेम सोम्फोरु ज्युले समग्र कुलुङ समुदायलाइ कहिल्यै पनि कसैले पनि बिर्सन नसकिने र, इतिहासमा नाम र अमीट छाप रहने काम गर्नु भएको छ भन्ने म सबै महानुभाव ज्युहरुलार्ई स्मरण गराउन चाहन्छु । हुनत यस कार्यमा सबैको उत्तिकै योगदान रहेको भए तापनि मुख्य योगदान चाहिँ प्रेम सोम्फोरु ज्युमा जान्छ । त्यसपछि आयोजक संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गाउँ पालिका वडा नम्बर-२ तत्कालीन बाला गाउँ पञ्चायत-गाउँ विकास समिति ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) ’लाई जान्छ । त्यसमा पनि लगभग २ हप्तासम्म वारिपारि गरिरहने (बालादेखि ताम्कुसम्म) बाला ‘कूलू गूसखोम’ बाला गाउँ इकाईका सचिव राजकुमार बुक्खो ज्युलाई पनि विशेष धन्यवाद छ । त्यसै गरेर जागूलो-जागूलोछा टोलीमा रहनु भएका ६ जनाको टोलीलाई पनि दिन र रात नभनी, घर, परिवार, खेतीपाती नभनी सहभागी खूलू ज्युहरु लगायत कार्यक्ममा उपस्थित अन्य महानुवाभहरुको रेखदेख र भात-भान्सामा दत्तचित्त भएर खटिनु भएकोमा ‘हायाम-हायाम ओलोनूव’ ।