भन्नेहरुले हाम्रो देश नेपाललाई भूगोलको आधारमा धेरै सानो छ भन्ने गरेको, लेख्ने गरेको सुनिन्छ, देखिन्छ । तर हामीले हाम्रो देश नेपाललाई सानो होइन ठूलो भन्दा फरक पर्दैन । किनभने विश्वमा १९७ वट स्वतन्त्र देशहरु रहेका छन् । ती मध्ये नेपाल भूगोलका आधारमा ९५ औं स्थानमा रहेको छ । हुनत देशकै कुरो गर्दा अरु देशको मातहत रहेका ससाना टापु देशसहितको सूची हेर्दा विश्वमा २३३ वटा देशरुहको सूची रहेको छ । स्रोतः गुगल अर्थ । सो आधारमा हेर्दा नेपाललाई पनि भूगोलको आधारमा ठूलै देशमा गन्न सकिन्छ । अर्थात् हाम्रो देश नेपाललाई ठूलै देश हो भन्न सकिन्छ । त्यस्तै गरेर जनसंख्याको आधारमा पनि हाम्रो देश नेपाल विश्वको ५० औं स्थानमा रहेको छ । यसरी जनसंख्याको आधामा हेर्दा नेपाल अझ अगाडि रहेको छ । भूगोलविदहरुका अनुसार नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत र एसिया महादेशको शून्य दशमलब तीन (०.३) प्रतिशत जमीन ओगटेको छ ।
यसरी हेर्दाखेरि हामी नेपालीहरु जनसंख्यामा मध्यम स्तरमा त्यसो भए तापनि नेपाल हरेक क्षेत्र, चिजबिच र साधन-स्रोतहरुमा विश्वका कयौं देशहरुभन्दा धनी रहेको छ । अझ जैविक विविधतामा पनि नेपाल विश्वको ४९ औं स्थानमा रहेको छ फुल फुल्ने वनस्पति पाईने देशहरुकोसूचीमा नेपाल २६ औं सथानमा रहेको छ । जुन स्थान हामी नेपालीहरुका लागि गर्व गर्न लायक स्थान र धेरै राम्रो कुरो पनि हो । हुन पनि हो, हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन-जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । जस्तै माथि नै भनियो कि नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको छ । त्यसो भए तापनि सन् १९७०-१९८० मा गरिएको एक अनुसन्धानअनुसार नेपालमा ५०६७ प्रकारका वनस्पतिहरुको सूची तयार गरिएको थियो । त्यसमा ४०० वटा त स्थानीय प्रजातिका ‘भास्कुलर वनस्पति’हरु मात्रै रहेका छन् । त्यस्तै गरेर हाम्रो देश नेपालमा पूmल फुल्ने बिरुवाहरु दुइ दशमलब दुइ (२.२) प्रतिशत पाईन्छ । स्रोतः ‘नेपाल नखुलेका पाटाहरु’ नामक किताब ।
त्यस्तै गरेर भगौलिक विविधतामा पनि विश्वका अन्य देशहरुको तुलनामा हाम्रो देश नेपाल कम रहेको छैन । किनभने हाम्रो देश नेपालमा विश्वकै उच्च हिम शिखर (८ हजार आठसय अड्चालीस दशमलब छयासी ८८४८.८६) मिटरको सगरमाथा हिमाललगायत अन्य उच्च हिमाल (८ वटा ८ हजार मिटरभन्दा माथिका), मध्यम हिमाल, निम्न मध्यम हिमाल, महाभारत पहाड, चुरे पहाड, भित्री मधेस, मधेस (समथर मैदान) समेतको भूगोल रहेको छ । अझ हाम्रो देश नेपालमा ससाना मैदान, उपत्यका, टार, खोँचहरु प्नि प्रशस्तै रहेका छन् । त्यसैले हाम्रो देश नेपाल भूगोलको आधारमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन भन्न सकिन्छ ।
हो, यसरी हेर्दाखेरि प्राकृतिक साधन र स्रोतहरुमा पनि हाम्रो देश नेपाल धेरै नै धनी देशको रुपमा रहेको देखिन्छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतीमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरुले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधिजन्य जडीबुटीहरुलाई सही र पूणर् क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतीहरुको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्तै गरेर हाम्रो देश नेपाललाई स्थानीय हावापानी, मौसमी विविधता, जलवायु, पारिस्थितिकीय प्र्रणाली, माटोको विविधता, उचाइ आदिका हिसावले पनि धेरै धनी मान्न सकिन्छ ।
पछिल्लो पटको तथ्यांकअनुसार अहिलेको अवस्थामा आई पुग्दा नेपालको जम्मा क्षेत्रफलको लगभग १९ प्रतिशत भूमि निकुञ्ज, संरक्षण क्षेत्र, रामसार क्षेत्र, सकार आरक्षण आदिका नाममा संरक्षित क्षेत्रका रुपमा विकास र विस्तार गरिएको छ । त्यसमा राष्टिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र (बफर जोन), रामसार क्षेत्र आदि रहेका छन् । त्यस्ता संरक्षित क्षेत्रहरुमा अन्नपूणर् संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सिकार आरक्षण क्षेत्रमा चाहिँ नेपालमा हालसम्म एक मात्रै सिकार आरक्षण क्षेत्रको रुपमा ‘ढोरपाटान सिकार आरक्षण क्षेत्र’ रहेको छ । त्यस्तै गरेर रामसारहरुमा गोक्यो ताल, बीसहजारी ताल, घोडाघोडी ताल, माईपोखरी ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाईँकुन्ड ताल आदि । त्यस्तै गरेर निकुञ्जहरुमा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, अपि नाम्पा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।
हालसम्म हाम्रो देश नेपालमा लगभग २९ वटा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्र रहेका छन् । ती राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्रलगायत नेपालका अन्य भूभागमा वनस्पतिभित्रका विविधि प्रजातिका वनस्पतिहरु पैmलिएका छन् । त्यसमा फुल फुल्ने प्रजातिका वनस्पति मात्रै लगभग ५ हजार प्रकारका छन् भने १८ सयभन्दा बढी ढुसी प्रकारका वनसपति रहेका छन् । ४५० बढी प्रकारका झ्याउ वर्गमा पर्ने वनस्पति रहेका छन् । छ हजारभन्दा बढी प्रकारका एल्गी (रुख र बुट्यान वर्गमा पर्ने) वनस्पति मात्रै पाईन्छ । त्यस्तै पुलती मात्रै ५४० प्रकारका पाईन्छ, नेपालमा भने माछाको १८० भन्दा बढी प्रजाति नेपालमा पाईन्छ । हो, त्यसमा पनि फुल फुल्ने प्रजातिका वनस्पति लगभग ५ हजार प्रकारका जुन नेपालमा छन् ती मध्ये ५७० भन्दा बढी प्रकारका जडीबुडी बनाउनमा काम लाग्ने वनस्पतिहरु छन् । तर दुःखको कुरो आईयुसिएनको रेड लिस्ट अर्थात् रातो सूचीमा घस्रने प्रजातिका ९ वटा, कीरा प्रजातिका २ वटा, चरा प्रजातिका २२ वटा र स्तनधारी प्रजातिका २८ वटा परेका छन् ।
माथिका प्रजातिहरु नेपालमा हालसम्म रहिरहनु र ती प्रजातिको जनसंख्या स्थिर हरनु अथावा आईयुसिएनको रातो सूची परे तापनि हालसम्म लोप भएर नजानुमा नेपालमा हाल चालु रहेको सामुदायीक वनको अवधारणाले पनि ठूलो भूमिका खेलेको मान्न सकिन्छ । भलै सामुदायीक वनको अवधारणा लागू भएपछि नै नेपालका आदिवासी जनजाति अर्थात् आदि अनादि कालदेखि नेपालमा बस्दै आएका कुलुङ, गुरुङ, मगर, शेर्पा, लाप्चा, हिमाली-भोटे समुदाय आदिको भेडा पालन, च्याङ्ग्रा पालन, घोडा पालन, चौंरी पालन, याक-नाक पालन संटकमा पर्यो । फलतः अहिले आएर भेडा पालन, च्याङ्ग्रा पालन, घोडा पालन, चौंरी पालन, याक-नाक पालन संटकमा परेको मात्रै होइन कि, यो पेशा-व्यवसाय नै हराउन आँटेको, लोप हुन आँटेको अवस्था छ । अहिलेसम्म जेनतेन गरेर जुन पशुपालक किसानहरले भेडा पालन, च्याङ्ग्रा पालन, घोडा पालन, चौंरी पालन, याक-नाक पालेका छन्, उनीहरुको पशु-धन भेडा, घोडा, चौंरी, याक-नाक आदि बाघ, चितुवा, हिम चितुवा, ब्वाँसो, जंगली कुकुर, भालु आदिले खाई दिएमा, मारि दिएमा राज्यद्धारा ( निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण आदिले) उपलब्ध गराउने क्षतिपूर्ति रकम आप्mनो क्षति भएको पशुको मूल्यको परल ५ भागमा १ भाग मात्रै रहने गरेको भन्ने आम (प्रायः सबै क्षेत्र हिमाल पहाड, भित्री मधेस, मधेसका) पशुपालक कृषकहरुको गुनासो रहने गरेको छ ।