जनश्रुतीमा सेहो:नाम्लाङ….

 

पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ र ७ नम्बर वडा, मिक्लाजुङ गाउँपालिकाको १ नम्बर वडा र कुम्मायक गाउँपालिकाको २ नम्बर वडासंग जोडिएको ठाउँ सेहो:नाम्लाङ (छालासुकुवा) डाँडा फाक्चारा तिगेन्जङ्‌नाका दुई छोरा केसामी र नामसामी मिथक मुन्धुमी सभ्यतासँग सम्बन्धित छ । जुम्ल्याहा दाजुभाईको लडाईंमा दाजु केसामीको वध भएको भनाई छ । वध भएपछि भाई नामसामीले दाजु बाघको छाला काड्यो । नामसामीले दाजुको छाला सुकाउन केसाङ्‌लुङ, नाम्सालुङ, सुम्बेवा तेम्बे, इम्फोला, नाङखोल्याङ,पाजायक,वदुङ्यक, आम्बुफलाटे, भारपा तेम्बे पुर्याए तर कतै पनि छाला सुकेन अन्त्यमा, पाँचथरको सेहोःनाम्लाङमा लगेर सुकाएपछि बल्ल छाला सुक्यो । सेहो:नाम्लाङ‌मा सुकेको छालाको सम्वन्धमा दुईवटा आख्यान रहेको पाइन्छ । पहिलो आख्यान भाई नामसामीले दाजु केसामीलाई मारेकोले हरेक कार्यमासंगै हुनु भन्ने आमाको निर्देशन अनुसार दाजुको स्मरण संकेत निर्माण गरी बाघ दाजुको स्वर अनुसार आवाज निस्किने ‘के’ (च्याब्रुङ) बनाइएको भन्ने भनाई छ ।

दोस्रो आख्यन अनुसार सेहो:नाम्लाङ‌मा सुकेको बाघको छाला नामसामीले भोट लगेर गयो र नुन तेल साटेर ल्यायो र त्यो खान शुरु गरेपछि त्यहींबाट लिम्बु समुदायमा दुःख बिमारहरु बढ्न थाल्यो । भनिन्छ, ‘दाजुको छालाले साटेको नुनतेल नै कालान्तरमा मृत्यु संस्कारहरुमा नुनतेल बार्ने र माग्ने चलनमा प्रयोग गर्न थालिएको जनश्रुती रहेको पाइन्छ।’

लेखकः मोहन चन्द्र चेम्जोङ (घुर्बिसे  पञ्चमी मा.वि. शिक्षक)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार