आज (माघ १६ गते २०८०मा) पनि विगतका वर्षहरुमा भैmँ विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईँदैछ । सुखद कुरो के भनेदेखि वर्ष यो चाहिँ सहिद दिवसका अवसरमा राष्ट्रिय (सर्वजनिक) विदा चाहिँ दिएको छैन, नेपाल सरकारले ।
हुनत स्वर्गीय धर्मरत्न यमीले आप्mनो किताब ‘नेपालका कुरा’मा भने/लेखेअनुसार टंकप्रसाद आचार्य, रामहरि जोशी लगायत बाहुनहरुले त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न/मार्न नपाइने’ भएकाले मात्रै जिउँदा सहिद हुने अवसर पाएका थिए, टंकप्रसाद आचार्य, रामहरि जोशी लगायत बाहुनहरुले । जे भए तापनि विसं १९९७ मा मरेर जाने सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द र जिउँदा सहिदहरु टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले एकसय चारवर्षे राणाशासन विरुद्ध विगुल फुकेका थिए, यसमा कसैको दुई मत रहेन । तर एकसय चारवर्ष लामो राणा शासनका सुत्रधार जंगबहादुर राणालाई आजभन्दा १४४/४५ वर्षअघि नै जंगबहादुरलाई हाँक दिँदा एकजना लखन थापामगर भन्ने मान्छेले पहिलो पटक सहादत प्राप्त गरेका थिए । के उनी नै नेपालका प्रथम राजनैतिक सहिद हुन सक्दैनन्/होइनन् ?
अब लागौं को हुन् त लखन थापामगर ? उनी कहाँ जन्मेका थिए, के गर्थे, किन सहिद भए ? आदिका बारेमा केही जान्ने/चर्चा गर्नेतर्फ । गोर्खा जिल्लाको बुङकोट, काहुले भङ्गारमा विसं १८९१ मा जन्मिएका लखन थापामगर विसं १९११ मा २० वर्षको उमेरमा उनका पिता पूर्खाले जस्तै मगरहरुको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भएका थिए ।
सन् १९१४ मा भारतमा बेलायतीहरुले खडा गरेको कम्पनी सरकारको सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकले गरेको विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका श्री ३ महाराज जंगबहादुर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरु पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोस् जनताहरुलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उच्श्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरुको भारतलाई बेलायतीहरुको पन्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे । फलतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । काठमाण्डौमा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा लखन थापामगर भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार/प्रधानमन्त्री बनेर जयसिंह चुमीमगरलाई सेनापति बनाए । उनले सुकदेव गुरुङ, ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । यसै क्रममा उनले २ हजार विद्रोही सेनासमेत संगठित गरेका थिए । त्यस लगत्तै जंगबहादुरले लखन थापामगरलाई झुन्ड्याएर मार्ने आदेश दिए । उनलाई झुन्ड्याएर मारिएको दिन थियो ‘-विसं १९३३, फागुन-२ गते ।’
भनिन्छ, लखन थापामगरले गठन गरेको सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएर तालिम दिएका थिए । साथै उनले आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए । तर लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै-कसैले बोर्लाङका थापा क्षेत्रीहरु) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाण्डौको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर-घमासान युद्ध भयो । अन्तमा काठमाण्डौको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरुका सहयोगीहरुलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाण्डौ ल्याए । त्यसपछि तत्कालै निणर्य गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झन्ड्याएर मार्ने आदेश दिइयो । भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मूच्र्छा परिन् ! र, तत्कालै पा्रयश्चित गर्दै जंगबहादुरले ‘म बाट ठूलो भूल भयो, लखन थापालाई नमार्नू ।’ भनेर सैनिकमार्फत खबर पठाए । तर जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदैछ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरुले मस्र्याङदी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरुलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले लखन थापामगरलाई नमार्नु भनी खबर पठाएका सैनिकहरु तीनदिन ढीला पुग्दा लखन थापामगरलाई उनकै दरबार अगाडि खिर्राको बोटमा झुन्ड्याएर मारी सकिएको थियो । यसरी लखन थापामगरलाई मारिसकेको खबर पाउनसाथ जंगबहादुर आफै बुङकोट गएर लखन थापामगरको लाससँग क्षमा मागी पत्थर घट्टाको बाटो हँुदै काठमाण्डौ फर्किएका थिए ।
भनिन्छ, लखन थापामगरले मर्नुअघि यसो भनेका थिए, ‘-म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू र पीर नर्गनू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापामगर मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो-सानो भइ झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापामगर जिउँदै छ भनेर जान्नु । मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउने छु ।’
यसरी हेर्दा निर्विवाद रुपमा लखन थापामगरलाई राजनैतिक रुपमा नेपालको प्रथम सहिद मान्नुपर्ने देखिन्छ । यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था ‘नेपाल मगर संघ’ले २०४६ सालको राजनैतिक परिवर्तनदेखि नै प्रयास थालेको थियो । फलस्वरुप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई ‘नेपालको प्रथम राजनैतिक सहिद !’ घोषणा गरेको पनि हो । तर उक्त घोषणालाई विविध कारणले गर्दा कार्यन्ययनमा ल्याउनै चाहेन, नेपालका कर्मचारीतन्त्र र राजनैतिक नेतृत्वले । त्यसमा नेपालका मूलधारका भनिएका मिडियाहरुले पनि साथ दिएनन् । अहिलेसम्म पनि सहिद र सहिद दिवसबारे लेख्ने लेखक, बुद्घिजीवी, पत्रपत्रिका, पत्रकारहरुले पनि आप्mनो लेख रचना वा भनौं समाचारहरुमा लखन थापामगरबारे खासै केही उल्लेख गर्दैनन् । तर,पनि पछिल्लोपटक भने केही पत्रपत्रिकाले लखन थापामगरबारे पनि लेख्न/उल्लेख गर्न थालेका छन् ।
त्यस्तै पछिल्लोपटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालको पालामा विसं २०७२ मा लखन थापामगरलाई पहिलो पटक राज्यस्तरमै ‘नेपालका प्रथम सहिद !’ भनी घोषणा गरिएको छ । तापनि राज्य पक्षका इतिहासकार, मूधारका मिडिया हौं भन्नेहरु, लेखक, बुद्घिजीवी आदिले चाहिँ अभैm पनि नेपालका प्रथम राजनैतिक सहिद ! लखन थापामगर हुन् भनेर खुलेर लेख्ने, बोल्न, वकालत गर्नेबारे खुलेर उदारता देखाएका छैनन्…?! हुनत खासमा इमान जमानका साथ भन्नु पर्दा राज्य पक्षका एकाध मानिसहरुले लखन थापामगरले ऊ वेलाको समयमा पनि लखन थापामगरले गरेको आँट र साहस अनि उनले गरेका सकारात्मक पक्षहरुको उजार गर्दै लेखेका छन् । ती धेरै कम छन्, पर्याप्त छैनन् । भएका पनि ओझेलमा परेको वा पारिएको अवस्था छ । जुन कुरो सहिद लखन थापामगरबारे खोज एवम् अनुसन्धान गरेर लेखिएको केही किताब तथा संग्रहहरुमा उल्लेख गरिएको पाइन्छ । तर त्यो पर्याप्त होइन, छैन । त्यसैले गर्दा लखन थापामगरलाई नेपालका प्रथम राजनैतिक सहिद ! हुन् भनेर वकालत गर्ने, लेख्ने, बोल्ने, अन्तर्वार्ताहरु लिने, दिने क्रमलाई बढाएर लानुपर्ने देखिन्छ ।