पृथ्वीनारायण शाहको कमीकमजोरीलाई पनि आत्मसाथ गरौं कि ?

  निनाम लोवात्ती
210 Shares

नेपालमा हरेक वर्षको पुस २७ गते गोरखाका तत्कालीन राजा र पछि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता मानिएका पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । यस काममा कहिलेकाही सरकार स्वयम् पनि लाग्ने गरेको छ भने कहिलेकाही चाहिँ सरकार पृथ्वीनारायण शाहको जन्मजयन्ती थता राष्ट्रिय एकता दिवस मनाउने लन्ठाबाट पछि हट्छ । तर यस पटक सरकार स्वयम्ले पनि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता मानिएका पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनायो ।

अझ यो वर्षको पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नामक राजनीतिक दल जसले नेपाललाई हिन्दु धर्म साक्षेप (सनातन हिन्दु धर्म !) र राजतन्त्रलाई आप्mनो प्रमुख राजनीतिक एजेन्डा मान्छ, सो राजनीतिक दलले नेपालका ठूला भनिएका खास गरी संसदमा प्रतिनिधित्व गरेका नेकपा (एमाले), नेपाली कांग्रेस (नेका), नेकपमा (माके), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसप) आदिलाई औपचारिक रुपमा निम्तो दिएरै ‘चियापान समारोह’आयोजना गर्यो ।

तर किन हो कुन्नि त्यसरी पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनेहरुले ‘पृथ्वीनारायण शाह दूधले नुहाएका थिए, उनको कुनै कमी कमजोरी नै थिएन त !’ भन्ने पक्षमा चाहिँ बहस र छलफल नै गर्न चाहेको देखिँदैन । यसरी हेर्दा एक थरीले जबरजस्ती ढंगले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा ‘पृथ्वीनारायण शाह दूधले नुहाएका थिए, उनको कुनै कमी कमजोरी र खोट नै थिएन भन्ने भाष्य निर्माण गरेका छन्, वा त्यस्तो भाष्य निर्माण गर्न अभैm पनि न्वारानदेखिको बल लगाएर लागी परेका छन् । यस कार्यमा खास गरिकन राज्य पक्षका वा भनौं मूलधारका भनिने विद्धानहरु बुद्धिजीवीहरु, इतिहासकारहरु, प्राडाहरु, लेखकहरु, मिडिया तथा मिडियामा कार्यरत पत्रकारहरु लागी परेको देखिन्छ । त्यसैले उनीहरुले पृथ्वीनारण शाहको पक्षमा एक पाखे ढंगले लेख लेख्छन्, सम्पादकीय लेख्छन्, विचार राख्छन्, अन्तर्वार्ता दिन्छन्, आप्mनो भनाइ राख्छन् । तर खास कुरो त त्यस्तो होइन कि ? जस्तो लाग्छ । राज्य पक्षका मान्छेहरु पृथ्वीनारणयण शाहको पक्षमा त्यसरी एकलकाँटे ढंगले प्रस्तुत हुन अलि मिल्दैन कि ? भन्ने यो पक्तिकारको ‘जिरह’ हो । किनभने कुनै पनि मानिस सर्वगुण सम्पन्न हुन्छ भन्नु नै गलत हो । त्यसैले पृथ्वीनारायण शाह पनि अपवादका रुपमा खोट वा कमी कमजोरी बिनाका मानिस थिए भन्ने भाष्य निर्माण गर्नु एकदमै गलत हो । त्यसैले गर्दा अभैm पनि पृथ्वीनारायण शाहका बारेमा हामीले उदार मनका साथ उनका सकारात्मक तथा नकारात्मक दुवै पाटाका बारेमा गन्थन-मन्थन गरौं भन्ने मेरो ईरादा हो है, नेपालका अति राष्ट्रवादी (खास गरिकन आर्य-खस समूहका) कामरेडहरु !

जस्तो कि कीर्तिपुरको युुद्घ जितेपछि पृथ्वीनारायण शाहले कीर्तिपुरे जनताको नाककान काटेको (आपैmले नकाटे तापनि काट्न लगाएको), आप्mनो स्वार्थका लागि गोत्र नै परिवर्तन गरेको प्रसंग, मकवानपुरे राजाका छोरा (ससुराली खलकका) बारेमा गरेको उदण्डता आदिबारे वास्तविकता जे हो, त्यो लेख्नू पर्यो, बोल्नु पर्यो, भन्नु पर्यो । भगवानले मात्रै गल्ती गर्देनन्, किनभने भगवान नै हुँदैन ! भन्ने लेनिनको भनाइलाई हामीले स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाह त मान्छे न थिए, त्यसमाथि उनी युद्घ लड्न हिँडेका थिए, अरुको राज्य जित्न हिँडेका थिए । त्यसैले युद्घको क्रममा मान्छे उनले मान्छे मारे, मरे, मारिए भनी वास्तविकता स्वीकार गर्नु पर्यो । युद्घका क्रममा केही न केही ज्यादतीहरु पनि भए भन्न सक्नु पर्यो । यसरी महानताका साथ गल्ती स्वीकार गरेदेखि सबैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सहज ढंगले मनाउने वातावरण बन्दै जान सक्छ । नत्र त कथित् राष्ट्रवादी भनिनेहरुले तामझामका साथ वर्षेनी पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी मनाई रहने, अर्को पक्षले पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता होइन, ‘साम्राज्यवादी !’ भनी कीर्तिपुरमा भेला भएर पृथ्वीनारायण शाहलाई थुक्ने कार्यक्रम आयोजना गरररहने क्रम अनन्तकालसम्म चलिरहने देखिन्छ ।

हुन पनि उदारवादी इतिहासकारहरु १७ धार्नी नै नभए तापनि धेरथोर कीर्तिपुरे जनताका नाककान काटेकै हो भनी स्वीकार्छन् । त्यस्तै कीर्तिपुरको युद्घमा पृथ्वीनारायण शाहले पाल्कीमा चढी युद्घ सञ्चालन गरी रहेको वेला शत्रु पक्ष (कीर्तिपुरे) का सेनाले पृथ्वीनारायण शाहलाई चिनेर मार्नका लागि खँुडा उजाएका थिए । तर, अर्को सेनाले आएर ‘राजा त अवध्य हुन्छन्’ भनेर हात नसमातेको भए पृथ्वीनारायणको जीवन-लीला त्यसै वेला समाप्त हुन्थ्यो भनी ‘नेपालको ऐतिहासिक रुप-रेखा’ नामक किताबको पाना नम्बर-१७८ मा बालचन्द्र शर्माले लेखेका छन् । यसरी हेर्दा शत्रु पक्षको एउटा सामान्य सिपाहीको दूरदर्शिताले मात्रै त्यो वेला (कीर्तिपुरको दोस्रो लडाईँमा) पृथ्वीनारायण शाह बाँचेका हुन् भन्ने प्रस्टै छ । एक छिनलाई मानौं कि, कीर्तिपुरको युद्घमा पृथ्वीनारायण शाहले पाल्कीमा चढी युद्घ सञ्चालन गरी रहेको वेला शत्रु पक्ष (कीर्तिपुरे) का ती सामान्यस्तरका सेनाले पृथ्वीनारायण शाहलाई त्यही वेला मारेको भए के हुन्थ्यो, राष्ट्रवादी कामरेडहरु ?

त्यस्तै प्रसंग, बेलकोट युद्घमा कैद परेका जयन्त रानालाई जिउँदै छाला काढेर मार्न लगाएको प्रसंग, मकवानपुरका राजा हेमकणर् सेनकी छोरीलाई दोस्रोपटक (पृथ्वीनारायणको पहिलो श्रीमती) लिन जाँदा आपूm बसेको ठाउँमा मकवानपुरे राजाका सेनाले जुत्ता नखोली सलाम गर्दा ती सेनाहरुलाई आप्mनो मानिस लगाई मार्न लगाएको, त्यसपछि उनका जेठान दिग्बन्धन सेन तुरुन्तै आई … तर, राजा हेमकणर् सेन आई छोरालाई तत्कालै रोकेको प्रसंग (स्मरणीय छ, इतिहासकार बालचन्द्र शर्माका अनुसार हेमकणर् सेन तुरुन्तै आई पुगी दिग्बन्धन सेनलाई नरोकेको भए त्यही वेला पृथ्वीनारायण शाहमाथि जे पनि हुन सक्थ्यो । यदि पृथ्वीनारायण शाहमाथि त्यही वेला त्यस्तो केही भई हालेको भए अहिलेका हाम्रा राष्ट्रवादीहरुले राष्ट्रवादको नाममा यसरी उखरमाउलो ! गर्न पाउँथे कि पाउँथेनन् होला

त्यसैले हामी सबै नेपालीहरुले पृथ्वीनारायण शाहलाई निर्विवाद रुपमा स्वीकार्ने हो भने उनले नेपालको भगौलिक एकीकरण गर्ने क्रममा गरेका स-सानादेखि ठूल-ठूला र जघन्य अपराधहरुको पनि स्वीकारोक्ति हुनु पर्छ । कि कसो हौ, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति राष्टवादी कामरेडहरु ? जे भए तापनि पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मेरो पनि हार्दिक श्रद्घा तथा शुभकामना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार