‘चिराइतो’ आमदानीको राम्रो स्रोत

  निनाम लोवात्ती
182 Shares

हाम्रो देश नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन-स्रोतहरुमा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन-जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । त्यस्तै गरेर भूगोलमा पनि विश्वका अन्य देशहरु भन्दा हाम्रो देश नेपाल कम रहको छैन । किनभने यहाँ विश्वकै उच्च हिम शिखर सगरमाथालगायत अन्य उच्च हिमाल, मध्यम तथा निम्न मध्यमहिमाली क्षेत्र, पहाड, मध्य पहाड, चुरे क्षेत्र, भित्री मदेस, मधेस रहेको छ । भूगोलका आधारमा हेर्दा हाम्रो देश नेपाल विश्वका कुनै देशभन्दा कम रहेको छैन ।

हो, ती हिमाल, मध्यम तथा निम्न मध्यम हिमाली क्षेत्र, पहाड, मध्य पहाड, चुरे क्षेत्र, भित्री मदेस, मधेसबाट छङ्छङ् र कलकल गर्दै बग्ने छहरा-छाँगा खोला, नदी अनि टलक्क टल्कने हिमाल, पहाडका साथै सम्म परेको खेती योग्य मधेस साथै खेती योग्य हुनुका साथै ठूलो मैदानी भूभागमा पैmलिएर रहेको, नदी किनारमा रहेको टार वा भनौं टारी जग्गा आदि रहेको छ, जुन कुरोहरुले गर्दा हामी धेरै नै धनी रहेका छौं । हुनत आजभोलि हिमाली क्षेत्र, पहाडी भाग, भित्री मधेम र मधेसका उब्जाऊ फाँटहरु बाँझै रहेका छन्, रहन थालेका छन् । जुन कुरो हामी नेपालीहरुका लागि साह्रै दुःख लाग्दो अवस्था हो ।

अझ भएन हाम्रो देश नेपाल जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, परम्परागत मूल्य-मान्यता, आप्mनोपन आदिमा पनि धेरै धनी देश हो भन्ने विश्वका धेरै विद्घानहरुले अध्ययन-अनुसन्धान गरेरै प्रमाणित गरेका छन् । हुन पनि विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनाअनुसार १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्यांक आएको छ । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति, भाषाभाषी र धार्मिक समूहको साझा फुलबारी हो । भलै राज्यले त्यही अनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । त्यसैले त होला, नेपाललाई विश्वकाम प्रायः सबै देशले आँखा लगाउने गरेका छन्, विश्वका ठूल-ठूला र नामी विद्धान र विद्धत वर्गहरु नेपालको विविध विषयमा अध्ययन-अनुसन्धान गर्न आउने गरेका छन् । हा्रो देश नेपाललाई विविध विषयको स्रोत देशका रुपमा मान्ने गरेका छन् । त्यसैले गर्दा त हो, हालसम्म विश्वका एकसेएक विद्धान तथा विद्धत वर्गहरु नेपालको विविध विषयमा अध्ययन-अनुसन्धान गर्नका लागि आएका छन्, आई रहेका छन् । त्यसैले हामीले हाम्रो देश नेपाललाई आप्mनो अमूल्य सम्पत्तिका साथै गर्विलो तथा दर्विलो सम्पत्तिका रुपमा मान्नुपर्ने हुन्छ ।

हुन पनि हाम्रो देश नेपाल वनस्पतिजन्य पूmल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन् भन्ने अध्ययन-अनुसन्धानकर्मीहरुको भनाइ रहेको छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधनस्रोतहरुमा पनि हाम्रो देश नेपाल धेरै नै धनी देशको रुपमा रहेको विविधै छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतीमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरुले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधिजन्य जडीबुटीहरुलाई सही र पूणर् क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतीहरुको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्ता अनेकौं औषधिजन्य वनस्पतीहरु मध्ये यहाँ राष्ट्रिय रुपमा कम चर्चामा रहेको तर गाउँघरमा धेरै समय अघिदेखि घरेलु औषधिको रुपमा आम रुपमा मानिसहरुले प्रयोग गर्ने गरेकोे एक जडीबुटी वा भनौं औषधिजन्य वनस्पती ‘चिराइतो’ बारे केही लेख्ने प्रयास गरिएको छ ।

विषेश गरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रुपमै आपैm उम्रने र बढ्ने वनस्पति (जडीबुटी) ‘चिराइतो’को वैज्ञानिक नाम भने ‘स्वेर्सिया चिराइता’ हो भने यो वनस्पति ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने ‘बुट्यान’ हो । त्यस्तै ‘चिराइतो’को अंग्रेजी नामचाहिँ चिरेत्ता, व्यापारिक नाम पनि चिरेत्ता, स्थानीय नाम ‘चिराइतो’ हो । चिराइतोलाई हिन्दी भाषामा चिराता, तिब्बती भाषामा/आम्चीहरुले, तिते/तिक्ता, नेवारी भाषामा खलु, लिम्बु भाषामा सुङ खिम्बा, कुलुङ भाषामा ‘खीप्ली/खीप्mली’, तामाङ भाषामा तिम्दा, मगर भाषामा रङ/रङ्का, गुरुङ भाषामा तेन्तो, शेर्पा भाषामा तिक्दा भनिन्छ । स्रोतः वनस्पति विभाग । त्यस्तै नेपालका अन्य जातजाति, समुदाय र भाषाभाषीको मातृभाषामा पनि चिराइतोको अलग्गै नाम हुन सक्छ, तर अहिलेलाई यो कामको जिम्मा चिराइतोका बारेमा अध्ययन-अनुसन्धान गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुको जिम्मामै छाडौं कि ! ….

हुन पनि चिराइतोको कुनै पनि भाग खेर जाँदैन । किनभने, चिराइतोको पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने गर्छ । यसरी हेर्दा पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने औषधिजन्य धेरै कम बोट- विरुवाहरुमा पर्ने वनस्पति हो ‘-चिराइतो ।’ गाउँघरमा चिराइतोलाई पेट दुख्ने, पेटको कीरा (जुका/चुर्ना) मार्न, ज्वरो आउने, रगतमासी, घाउ-खटिरा, अपच लगायत प्रायः सबै रोगमा प्रयोग गरिए तापनि वनस्पति विभागका अनुसार चिराइतोलाई बल/शक्तिवद्र्घक, महिलाहरुमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्नीएको ठाउँमा, स्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मुल गर्न सकिन्छ । त्यस्तै पशु-पंक्षीलाई लागने विभिन्न रोगहरुमा पनि चिराइतोलाई घरेलु औषधिको रुपमा प्रयोग गरिदै आएको छ ।

तर, प्राकृति रुपमा पाइने चिराइतो १४/१५ सय मिटर देखि २९/३० सय मिटरसम्मको उचाईमा पाइन्छ । भने यसलाई सोभन्दा माथिको उचाई वा तल (१४/१५ सय मिटर देखि २९/३० सय मिटरभन्दा कम वा वेशी) को उचाईमा पनि कृतिम तरिकाले खेती गर्न सकिने संभावना छ कि ? यस बारेमा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुले अध्ययन-अनुसन्धान गर्नुपर्ने देखिन्छ । अथवा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुद्घारा अध्ययन-अनुसन्धान भई सकेको छ कि ? जे होस्, विगत लामो समयदेखि नेपालको पूर्वी भेग अर्थात् इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि अनि मध्य नेपालको मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा आदि त्यस्तै पश्चिम नेपालको सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डढेलधुरा, बाजुरा आदि जिल्लाहरुमा प्राकृतिक रुपमै चिराइतो उम्रने/उत्पत्ति हुने गरेको छ । हुन पनि केही वर्षअघि पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाबाट संखुवासभा जिल्लाको उत्तरी नाका हुँदै हेलीकप्टरबाटै चीनको तिब्बततर्पm चिराइतो निकासी हुने गरेको थियो ।

हुन त केही वर्ष अघिदेखि नेपालका केही जिल्लामा चिराइतोको व्यवसायिक रुपमै खेती गर्न थालिएको छ । विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए तापनि वनस्पति विभागका अनुसार नेपालमा १० प्रकारका चिराइतो पाइन्छ । चिराइतो खेती गर्न सम्म बारीभन्दा पनि भित्ता वा कान्ला उत्तम देखिन्छ/मानिन्छ । अझ त्यसमा पनि उत्तर-पश्चिम मोहडा परेको भित्तोमा चिराइतो छिटो बढ्ने र राम्रोसँग सप्रिएको देखिन्छ । तापनि खेती गर्ने किसानहरुले कात्तिक-मंसिर महिनामा बिउ/नर्सरी तयार गर्ने गर्छन् भने, नर्सरीमा बिउ छर्ने/राख्ने काम फागुन-चैत महिनामा गर्छन् । त्यस्तै जेठ-असार महिना उम्रेको/हुर्केको बिरुवा (बेर्ना) रोप्ने काम गर्छन् । यसरी हेर्दा नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी तथा हिमाली जिल्लाका किसानहरुलाई चिराइतो खेतीमा आकर्षित गर्न सके किसानहरुलाई मात्रै नभएर नेपाल सरकार, नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सक लगायतलाई आमदानीको एक उत्तम र राम्रो स्रोतको रुपमा ‘चिराइतो’को खेती र प्रयोगलाई पनि बनाउन सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार