राष्ट्रिय जनावर मार्नै नहुने हो ?

  निनाम लोवात्ती
119 Shares

सभामुख तथा हालै बितेका र नेकपा (एमाले) का संसदीय दलका उपनेता रहेका सुवास नेम्बाङले २०७२ अजोज ३ गते जारी भएको संविधानप्रति देशभरि उठेको असन्तुष्टिप्रति लक्षित गर्दै, नेपालको पश्चिम भेगतिर जाँदा ‘अहिले जारी भएको संविधान नेपालको मात्रै होइन, एसिया महादेशको मात्रै होइन, विश्वकै उत्कृष्ठ संविधान हो !’ हो भन्थे भने, यिनै सुवास नेम्बाङ पूर्वतिर जाँदा चाहिँ ‘नेपालको संविधानमा कतै कमी–कमजोरी रहेको भए, त्रुटी भएको भए, संशोधन गर्न सकिने, भारतको संविधान पनि ‘५५–५६ देखि ६०–६१ औं पटक’ संशोधन हँुदै आएको भन्थे, भन्छन् । सुवास नेम्बाङका साथै राज्य पक्षका अरु महानुभावहरु जो कानुनविद, संविधानविज्ञ, संविधानविद, वरिष्ठ अधिवक्ता लगायतले नेपालको मात्रै होइन, एसिया महादेशकै र विश्वकै उत्कृष्ठ संविधान हो !’ भनिएको संविधान नेपालका आदिवासी जनजाति, मुस्लिम, क्रिश्चियन र दलितहरुका लागि त संशोधन गर्नैपर्ने देखिन्छ । त्यसैले सुवास नेम्बाङका साथै राज्य पक्षका अरु महानुभावहरु जो कानुनविद, संविधानविज्ञ, संविधानविद, वरिष्ठ अधिवक्ता हुनुहुन्छ, तपाईँहरुले नेपालको ‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरु संशोधन वा परिमार्जन अथवा त्यसमा थपघट गराउनेतर्पm पहल गर्नुपर्ने देखिन्छ । त्यसरी ‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरुमा संशोधन वा परिमार्जन अथवा त्यसमा थपघट गर्दा हिन्दु जातिले गाईलाई माता र गोरुलाई…माने तापनि र संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको भए तापनि परम्परादेखि नेपालका आदिवासी जनजाति, मुस्लिम, क्रिश्चियन, लगायत धार्मिक उत्पीडनमा परेका होस्, गर्दा हिन्दु जातिले गाईलाई माता र गोरुलाई…माने तापनि र त्यति काम गर्नु भयो भने, नेपालका आदिवासी जनजाति, मुसलमान लगायत धार्मिक उत्पीडनमा परेका समूहहरुले तपाईँको जय गाउने छन् । सुवास नेम्बाङ नामका ‘लिम्बु बाहुन !’ ज्यु, हजुरले यसो गर्न सक्नु भएमा तपाईको पनि कल्याण नै हुनेछ, नेपालका आदिवासी जनजाति, मुस्लिम लगायत धार्मिक अल्पसंख्यक र अन्य उत्पीडित जातजातिहरुको त कल्याण हुने नै भयो !

हुनत म किरातीभित्रको कुलुङ जातिको मानिस हो र मेरो घर लिम्बुवानको फेदाप कोयाखोला क्षेत्रको सम्दु–६ पैपुङ हो । त्यस्तै मेरो मावली सम्दु–७ संगपु हो । त्यस्तै मेरी आमा (मावलीहरु) लुम्फुङवा थरको लिम्बु हो । म मावलीमै हुर्के÷बढेको हुनाले म सानो हुँदा साह्रै बिरामी (झण्डै मरेकोले !) भएकोले गर्दा म बाँच्ने आशामा मेरो मावली बोजु (उहाँ ह्वाकुको ‘आगे÷आगे सुब्बा !’ खलकको इङनाम लिम्बुहरुको चेली हुनु हुन्थ्यो) ले ‘मेफ्रेवाः÷मेअ्फे्रअ्वा’ गाईको टाउको राखेर गर्नुपर्ने पूजा हो । तर कानुनी भैँसीको टाउको राखेर गरिएको थियो । भन्ने पूजा गरेको मलाई राम्रोसँग थाहा छ । साथै त्यो पूजा ‘युमा’ बोजुले गर्नु भएको थियो । यसरी मेरो मावली बोजुकोे विश्वासका कारण र, उहाँको जोडबलले ‘मेफ्रेवाः÷मेअ्फे्रअ्वा’ भन्ने आजा–पूजा गरेकै कारण आजसम्म म बाँची रहेको छु । यसरी आप्mनो विश्वास र मान्यताअनुसार मेरो आयु बढाउने कार्यमा संलग्न रहनु भएका मेरो बोजु, ‘युमा’ बोजु लगायत मलाई जन्म दिने मेरी ममतामयी आमा स्वर्गीय कन्नेदेवी र बुबा स्वर्गीय श्यामबहादुर (उहाँको तरुनीहरुले राखिदिएको पूmल नामः मनपरे कान्छा । किनभने, उहाँ आपूmलाई मन नपरेको तरुनीहरुले जतिसुकै कर–बल गरेर धान नाच्नका लागि तान्दा पनि उनीहरुसँग धान नाच्नु हुन्न थियो अरे ! कारण त्यो वेला धेरै टाढा–टाढाको गाउँसम्म पनि श्यामबहादुर अर्थात् ‘मनपरे कान्छा !’ जत्तिको राम्रो अर्थात् ‘नालिगेन थाङबेन’ तन्नेरी÷तन्देरी अरु कोही थिएनन् अरे !) लाई मेरो कोटि–कोटि नमन छ । यसरी पखेरे बारारीको तल गैह्री–गैरीबारीको जंगलमा गरिएको त्यो ‘मेफ्रेवाः÷मेअ्फे्रअ्वा’ भन्ने आजा–पूजा थानमा (देउता) लाई चढाईएको टाउकोचाहिँ ‘गाई’को नभएर ‘राँगा’ वा ‘भँैसी’को थियो । तर, ‘युमा’ बोजु अथवा फेदाङबा दुवा–तुवा बाजेले फलाक्दा (पतुर्दा) टाउकोचाहिँ गाईको हो है ! भनी फलाकेका÷पतुरेको धमिलो सम्झना छ ।

माथिको लामो र पट्यार लाग्दो प्रसंग किन पनि उल्लेख गरिएको हो भने, विसं २०७२ मा आएको नयाँ संविधान र विसं २०७४ मा आएको ‘मुलुकी देवानी संहिता भाग–३ परिच्छेद–१ को दफा ७२ को उपदफा (३) मा व्यवस्था गरिएभैm व्यवस्था अभैm पनि गर्न सकिन्थ्यो । स्मरणीय छ, उपदफा (३) मा व्यवस्ता भएअनुसार उपदफा (१) को (खण्ड) मा जुनसुकै कुरा लेखिएको भए तापनि ‘दफा ७० को उपदफा (२) बमोजिम भएको विवाह बदर हुने छैन ।’ स्मरणीय छ, ‘दफा ७० को उपदफा (२) मा ‘उपदफा (१) को (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आप्mनो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन’ भनिएको छ ।

त्यसैले जो कोही संघीय मन्त्री (सकेसम्म कानुनमन्त्री) ज्युले धर्म, जातजाति र समुदाय (किरात÷किराती), बौद्घ धर्मालम्बी, मुसलमान र क्रिश्चियन धर्मालम्बीहरुप्रति सदाशयता राखेर हाल लागू भएको ‘मुलुकी अपराध संहिता’को भाग–२ को परिच्छेद–२७ को कुनै दफा वा उपदफामा (१) (क), (२ं) (ख), (३) (ग), …, …, थपेर वा संशोधन गरेर ‘परम्परादेखि धार्मिक र जातीय रुपमा ‘गाई–गोरुको मासु’ खाँदै आएका तथा आप्mनो पितृलाई पूजा–आजामा ‘गाई–गोरुको मासु’ चढाउँदै आएका जातजाति र समुदाय (किरात÷किराती), बौद्घ धर्मालम्बी, मुसलमान र क्रिश्चियन धर्मालम्बीहरुप्रति गौ–हत्या गरेको अपराध वा कसुर गरेको ठहर्ने छैन ।’ भन्ने व्यवस्था गर्न÷क्लज थप्न सकिन्छ, नसकिने पक्कै होइन । तर, यत्ति जाबो काम गर्ने आँट र जाँगर पनि हाम्रो भनिएका मान्छेहरु पदीय हैसियत र शक्ति (ठाउँ) मा पुग्दा पनि गर्न सकेनन्÷सक्दैनन् ! त्यसैले नेपालका आदिवासी जनजाति, धार्मिक अल्पसंख्यक तथा सम्पूर्ण उत्पीडितहरुका लागि अहिले पनि प्रहरीको गोली खाएर मर्नुपर्ने, ३ वर्ष (पहिले १२ वर्ष थियो) जेल बस्नुपर्ने, २०–२२ हजार देखि ५०–६० हजारसम्म (पैmसला गर्ने श्रीमान÷न्यायाधीशको तजबिजअनुसार) नगद जरिवाना तिर्नुपर्न वाध्यता रही रहेको छ । खासगरी हाल ‘राई !’ भनेर चिनिने खुम्ब, लिम्बुलगायत किराती जातिहरुले आप्mनो परम्परागत संस्कारअनुसार पूजा–आज गर्दा (जस्तै लिम्बुले ‘मेफ्रेवाः÷मेअ्फे्रअ्वा’ भन्ने आजा–पूजा गर्दा) देउतालाई गाईको टाउको चढाउनु पर्छ भन्ने त माथि नै उल्लेख भएको छ । त्यस्तै कलुङ जातिले मरेको मान्छेलाई बाटो लगाउँदा ‘गाई–गोरुको मासु’ अनिवार्य रुपमा चढाउनु पर्छ । तर, जंगबहादुर राणाले विसं १९१० मा ल्याएको मुलुकी ऐनले खुल्ला रुपमा ‘गाई–गोरु काटमार गर्न बन्देज लगाएपछि कुलुङ समुदायले मरेको ‘गाई–गोरुको छाला’ सुकाएर राखेर भए पनि हजारौं वर्षदेखि आप्mनो पिता–पूर्खाहरुले गरिआएको परम्परालाई धानी रहेका÷जोगाएका छन् ।

तर हामी हाम्रो भनिएको र हामम्रो ठानिएको मान्छेहरु जस्तै सुवास नेम्बाङ, डाक्टर विजय सुब्बा, डाक्टर शिवमाया तुम्बाहाङफे, शेरधन ‘राई !’, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, डाक्टर जगमान गुरुङ, नन्दबहादुर पुन (पासाङ), वर्षमान पुन (अनन्त), रामबहादर थापा (बादल), रामबहादर थापा (हुस्सु), कृपासुर शेर्पा, पासाङ शेर्पा, सन्तु दराई, शेरबहादुर तामाङलगायतका ‘छोटे–बडे !’ आदिवासी जनजातिका तर राज्य पक्षका मान्छेहरुको ‘झोलेपोके !’ मात्रै बनी रहनेहरु रहेसम्म आदिवासी जनजाति, दलित र मुस्लिमहरुका आम सर्वसाधारण जनताले खाने भनेको त गोली नै हो !, बस्ने भनेको त जेलमा नै हो !, साथमा २०–२२ हजार देखि ५०–६० हजारसम्म (पैmसला गर्ने श्रीमान÷न्यायाधीशको तजबिजअनुसार) नगद जरिवाना तिर्नुपर्ने वाध्यता रहिरहने छ ।

उता नेपालका मूलधारका मिडिया भन्ने र भनिनेहरुले पनि मिलेसम्म गाई–गोरु !’ मारेको समाचारलाई ब्यानर न्युज नै बनाउने गर्छन् ! तर, उनीहरु (नेपाली मूलधारका भनिएका मिडियाहरु) ले ‘राज्य र राज्यपक्षका मान्छेहरुका लागि मान्छेभन्दा प्यारो र महत्वपूर्ण मानिएको र, भनाइमा माता मानिएको तर, व्यवहारमा … जनवार गाई–गोरु !’ र तिनका बाच्छा–बाच्छीलाई गाई ब्याउने बित्तिकै वा केही महिनापछि नै दूध धेरै खाने लोभमा सडक–गल्लतिर जताभावी छाडा छाडिदिएको र मान्छेभन्दा प्यारो ठानिएको ‘गाई–गोरु !’ लाई बुढेसकालपछि (ब्याउन छाडेपछि) राम्रोसँग स्याहार सुसार नगरेर सडक–गल्लीतिर जताभावी छाडा छाडिदिएको बारेमाचाहिँ केही लेख्दैन ! किन ? फेरि मान्छेभन्दा प्यारो ठानिएको ‘गाई माता भएपछि गोरु किन पिता नमानिएको !’ यो प्रश्न गर्न मिल्ला कि नमिल्ला ? विसं २०७४ देखि नेपालमा लागू भएको ‘मुलुकी अपराध संहिता’को भाग–२ को परिच्छेद–२७ को पशुपंंक्षी सम्बन्धी कसूरको धारा २९० को (१) मा ‘कसैले पशुपंंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आपूmले पालेको पशुपंंक्षी रोगी वा वृद्घ भएको कारणले सार्वजनिक रुपमा छाड्न वा कुनै किसिमबाट निर्दयी वा कु्रर व्यवहार गर्न हँुदैन …’ भनिएको छ । यसरी हेर्दा ‘राज्य र राज्यपक्षका मान्छेहरुका लागि मान्छेभन्दा प्यारो र महत्वपूर्ण मानिएको, अझ माता नै मानिएको जनवार गाई र पिता नमानिएको गोरु !’ र तिनका बाच्छा–बाच्छीलाई सडक–गल्लीतिर जताभावी छाडा छाडिदिएको बारेचाहिँ खै त नेपाली मूलधारका भनिएका मिडियाहरुले समाचार छाप्ने गरेको ? सो बारेमा खै त ‘एङ्कर न्युज’ र ‘ब्यानर न्युज’ बनाएर छापेको ? अनि ‘राज्य र राज्यपक्षका मान्छेहरुका लागि मान्छेभन्दा प्यारो र महत्वपूर्ण मानिएको जनवार गाई–गोरु !’ र तिनका बाच्छा–बाच्छीलाई सडक–गल्लीतिर जताभावी छाडा छाड्नेहरुलाई प्रहरी–प्रशासनले खै कारबाही र जरिवाना गरेको ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार