सन् १९६० को दशकमा अमेरिकन र युरोपेली युवाहरुले हिप्पी कल्चर अर्थात् ‘हिप्पी संस्कृति’ विकास गरेका थिए । तर यो संस्कृतिको खास सुरुवातकर्ता को हुन् ? व्यक्ति वा समूहको कतै पनि नामो-निशाना भेटिदैन, उल्लेख गरेको पाईँदैन । जे होस् अमेरिकन र युरोपेली युवाहरुमा हिप्पी कल्चर अर्थात् ‘हिप्पी संस्कृति’ अपनाउने क्रम भने रात दुई गुणा, दिन चौ गुणाले बढी रहेको थियो । त्यसै क्रममा स्न १९६५-६६-६७-६८-६९ ताका त नेपालमा पनि त्यस्ता हिप्पी युवायुवतीहरुको आगमन चरमचुलीमा पुग्यो । खास गरेर अमेरिकाका हिप्पी युवायुवतीहरुका लागि त्यो वेला नेपाल एक ‘अलौकिक र स्वर्गीय आनन्द प्राप्त गर्ने भूमि !’ जस्तै भएको थियो, रहेको थियो ।
लेखक टेक बी. कार्कीले संकलन तथा अनुवाद गरेको किताब ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ नामक किताबमा उल्लेख भएअनुसार अमेरिका र युरोपबाट नेपाल आएका हिप्पी युवायुवतीहरुका लागि ठमेल क्षेत्र भर्खर बन्नै गरेको नयाँ टोलहरु (अहिलेको भाषामा भन्ने हो भने विकशित हुँदै गरेको नयाँ सरह) को विभिन्न गल्ली र टोलटोलमा खुलेका स-साना होटल, रेस्टुरेन्ट तथा चिया पसलहरुमा समेत गाँजा, चरेस र ह्यासिसबाट बनेका अनेकौं परिकारहरु सस्तो दाममा पाईन्थ्यो । माथि नै भनियो कि युरोप र अमेरिकाबाट आएका हिप्पी युवायुवतीहरुका लागि ठमेल क्षेत्रको पनि झोछेँ विशेष क्षेत्र थियो । त्यो वेला ठमेल क्षेत्रको झोछेँमा एक रातको ३ रुपैयाँमा कोठा पाइन्थ्यो । ३ रुपैयाँमा पाईने कोठामा ७ जनासम्म हिप्पीहरु मिलेर एउटै कोठामा सुत्थे । त्यसो गर्दा हिप्पीहरुलाई एक जना बराबार महिनामा १३ रुपैयाँ भए पुग्थ्यो । त्यस्तै १ रुपैयाँमा ठूलो थालभरि भात (संभवतः दाल र तरकारी पनि !) का साथै १ कप चिया पनि आउँथ्यो ।
काठमाण्डौ उपत्यका सिंगो नेपाल देशको राजधानी भए तापनि समाज त्यति खुलिसकेको थिएन । हुन पनि त्यो वेला नेपालको अन्य गाउँ, ठाउँ र सहर त के काठमाण्डौ जस्तो सहरमै पनि महिलाले खुट्टाको घुँडा र हातको कुहिना देखिने कपडा कमैले मात्रै लगाउँथे, भन्छन् पूराना मानिसहरु । महिलाले पाइन्ट लगाउने कुरो त अझै धेरै टाढाको कुरो थियो । त्यो वेला काठमाण्डौ उपत्यकाका महिलाहरुले बढीमा कुर्ती (कुर्ता सलवार) लगाउने गर्थे भन्ने भनाइ रहेको छ । अन्यथा प्रायः सबै महिलाहरुले गुन्यु, चोली, पटुकी, स्वीटर लगाउँथे भने कामठमाण्डौ उपत्यकाका रैथाने महिलाहरुले हाकु-पटासी लगाउँथे, मजेत्रो ओड्थे । त्यस्ते गरेर जाडो महिनामा भने बाक्लो खालका बोर्की ओढ्थे । तथापि उच्च वर्ग र खानदानी कहलिएका परिवारका एक्का-दुक्का महिलाहरुले चाहिँ ऊ वेलै पाइन्ट, टिसर्ट, सर्ट र कमिज पनि लगाउने चलन सुरु भई सकेको थियो ।
लगभग बन्द समाज रहेको त्यो वेलाको नेपाली समाजमा एक्कासी खैरो छाला भएका महिला-पुरुषहरु जोडी बाँधेर, हुलका हुल, त्यो पनि जिङ्रिङ्ग कपाल पालेर, खालि खुट्टा (हुनत काठमाण्डौ उपत्यका तीनवटै सहरका अधिकांश मानिसहरु पनि त्यो वेला खालि खुट्टा नै हिँड्थे कि…), नाईटो देखिने लुगासम्म लगाएको त ठीकै थियो कताकती गुप्ताङ्ग समेत लुगाको नाममा लगाएर हिँडेको देख्ता…ओहो हो…हो…हो… यसो कल्पना गरौं त ? कसैकसैले नयाँ लुगा लगाएकै भए तापनि भए उनीहरुले जानाजान च्यातेर, प्वाल पारेर लगाउँथे, अहिले ‘ग्रन्च फेसन !’ को नाममा महिला (खासगरी युवती) हरुले घुँडा, तिघ्रा आदिमा नयाँ पाइन्ट प्वाल पारेर लगाए जस्तै । पाइन्ट, स्कर्ट, मिनी स्कर्ट, ह्वाङ्लाङ्गे पतलुन (पेन्ट) लगाएर खालि खुट्टा हिँड्दा त्यसरी हिँड्नेहलाई त के मतलब भयो र ? तर हग्…लाई भन्दा देख्नेलाई भने जस्तो । तापनि ती हिप्पी युवायुवतीहरुलाई संसारले के भन्ला ? भन्ने कुनै डर थिएन । त्यसमाथि पनि आप्mनो देशको सरकारसँग विद्रोह गरेर हिँडेका थिए, फुक्काफाल भएर हिँडेका थिए ।
अमेरिकन तथा युरोपियन युवायुवतीहरुले यसरी विद्रोह गरेर हिप्पी कल्चर अर्थात् ‘हिप्पी संस्कृति’ निर्माण हुनु, गर्नुमा अमेरिकाले भियतनामसँग लडाईँ गर्नु रहेको थियो भन्ने भनाइ रहेको छ । त्यति मात्रै नभएर निर्दोष भियतनामी जनताहरु लाखौंको संख्यामा अनाहकमै मर्न थाले । त्यस्तै सो युद्घमा खटिएर गएका अमेरिकी सेनाहरु पनि हजारौंको संख्यामा मर्न थालेपछि अमेरिकी सेनामा कोही पनि अमेरिकन युवाहरु स्वेच्छाले भर्ति हुन छाडे । त्यसपछि अमेरिकी सरकारले जबरजस्ती र अनिवार्य रुपमा सेनामा भर्ति हुनैपर्ने अन्यथा…गरेपछि नै अमेरिकी युवायुवतीहरुले अमेरिकी सरकारसँग विद्रोह सुरु गरे । र, त्यसैको उपज नै हिप्पी कल्चर अर्थात् ‘हिप्पी संस्कृति’ को रुपमा उदय भयो, संसारमा त्यसको असर पनि दमदार रुपमा देखा पर्यो ।
हुन पनि सन् १९५५ देखि अमेरिकारले आप्mनो तुलनामा भूगोल र जनसंख्याको आधारमा अति नै सानो र आर्थिक रुपमा पनि अति गरिब देश भियतनामसँग युद्घ सुरु गर्यो । त्यसको मुख्य कारण थियो भियतनाममा ‘कम्युनिष्ट शासन’ स्थापना हुनु । जबकि अमेरिका लगायत पुजीवादी व्यवस्था अपनाउने देशहरुका लागि कम्युनिष्ट भनेको ‘आँखाको कसिंर’ सरह हो । जे भए तापनि चाँडै नै सकिने आँकलन गरेर अमेरिकाले युद्घ सुरु गरेको थियोे भियतनामविरुद्घ । तर चाँडै सकिने आँकलन गरिएको युद्घ चाहिँ सन् १९७५ मा मात्र औपचारिक रुपमा टुंगियो । माथि नै भनियो कि, सो युद्घको समयमा अमेरिकी युवाहरु स्वेच्छाले अमेरिकी सेनामा भर्ति हुनै छाडेका थिए । जसले गर्दा अमेरिकी सरकारले आप्mना देशका युवाहरुलाई जबर जस्ती सेनामा भर्ती गर्ने नीति लिन थाल्यो । त्यसको असर झन् नराम्रो पर्यो । किनभने ‘हिजोभन्दा आज, आजभन्दा भोलि, भोलिभन्दा पर्सि’ झन् बढी अमेरिकी युवा-युवतीहरु हिप्पी संस्कृतिमा सामेल हुन थाले, धेरै अमेरिकी युवायुवतीहरु सरकारको युद्घवादी नीतिको विरुद्घमा शान्त विद्रोह गर्दै र आत्मिक शान्तिको खोजी गर्दै देश छाडेर अन्यत्र भ्रमण गर्न निस्के । ‘गाँजा, भाङ, चरेस’ लगायत अन्य लागू पदार्थको लतमा फसे, मायावी संसारमा रमे, रमाए । कतिपय हिप्पी युवा-युवतीहरुले त ‘गाँजा, भाङ, चरेस’ लगायत अन्य नशालु लागू पदार्धको लत छाड्न नसकेर आप्mनो अमूल्य जीवन अल्पायुमै त्याग्न विवश भए । त्यही क्रममा काठमाण्डौ पनि हिप्पी युवायुवतीहरुको प्रमुख केन्द्र विन्दुको रुपमा विकशित भएको थियो ।
यो लेखको सुरुमा उल्लेख गरिएको टेक बी. कार्कीले संकलन तथा अनुवाद गरेको किताब ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ नामक किताबको पाना-२६९ देखि २८४ मा उल्लेख भएको “काठमाण्डौ ः लागू औषधिको गोरेटो” लेखको शीर्षकम उल्लेख भएको एक प्रसंग जहाँ सिन्डी नामक क्यानडाली महिलाले आप्mनो जीवनमा हिप्पी कल्चर अपनाउने र जीवन जिउने क्रममा कुनकुन देशका पुरुषहरुसँग यौन कर्म गरिन् ? त्यसरी यौन कर्म गर्ने क्रममा कुनकुन देशका पुरुषहरुसँगको अनुभवहरु कस्ता रहेका थिए ? सो अनुभव उद्घृत गर्दै यो लेख अन्त्य गर्छु ।
“काठमाण्डौ ः लागू औषधिको गोरेटो” लेखमा उल्लेख भएअनुसार काठमाण्डौको हजारौं हिप्पीहरुको भीडमा क्यानडाबाट नेपाल आएकी सिन्डी नामकी एक जना हिप्पी महिला पनि थिईन । ती महिलाले युरोप र एसिया दुवै महादेशका धेरै देशहरु घुमेकी थिई । उनले त्यसरी घुम्नका लागि आप्mनो रगत र पसिनाको कमाई खर्च गुर्न परेन, सायद । नत त्यसका लागि उनका बा र आमाले नै खर्च व्यहोरे ?! सिन्डीको दाबीअनुसार यात्राका कम्रमा उनले सयौं पुरुषहरुका सामुन्ने आपूmलाई नङ्ग्याई सकेकी थिई । सिन्डीले एसिया महादेशका विभिन्न देशका एक सयभन्दा बढी लोग्ने मान्छेहरुसँग सुतेको कुरा उनी आपैmले बताइएकी थिईन ।
हो, उनै सिन्डीले एसियाका विभिन्न देशको यात्रा गर्ने क्रममा एसियाली पुरुषहरुसँग भएको यौन सम्बन्ध (यौन समागम ?!) राख्ने क्रममा उनले गरेको अनुभवका बारेमा तल उल्लेख गरिएको छ ।
१, टर्क (तुर्किएँ-तुर्किए) हरुः बलिया । तर पे्रमलीलामा कम अनुभवी । सुत्ने ओछ्यानमा हैकमवादी हुन्छन् । तर एउटा प्रेमीका रुपमा तिनीहरु अद्भूत हुन्छन् र केटीहरुका लागि निक्कै पैसा खर्च गर्छन् ।
२, अरबीहरुः मजाले खर्च गर्छन् र हौसिएर उपहारहर पनि दिन्छन् । तर अलिक सन्की खालका हुन्छन् । तिनीहरु अप्राकृतिक यौनक्रिया मन पराउँछन् । सिन्डीका अनुसार यो विकृति सारा अरब देशहरुका साथै अफगानिस्तान, इरान, पाकिस्तान र उत्तरी भारतामा पनि व्याप्त छ, (त्यो वेला थियो !) ।
३, इजरायलीहरुः पौरुषेय गुणले सम्पन, मजाको जिउ, रौंदार अनि सँधै सिङ ! जस्तै कडा हुन्छन् । तर तिनीहरु सस्तो र अश्लिल हुन खोज्छन् ।
४, इरानीहरुः संवेदनशील, बलियो र सह्रदयी हुन्छन् ।
५, अफगानीहरुः थामिनसक्नुका, पौरुषेय, बलिया र अति यौनाभिलाषी हुन्छन् । उनीहरु अडिन जान्दैनन, तिनीहरुको व्यक्तिगत स्वास्थ्यको सरसफाईमा कमी देखिन्छ ।
६, पाकिस्तानीहरुः न्यून प्रेमलीला गर्ने र अकाल्पनिक प्रेमी हुन्छन् । आईमाईहरुलाई हेप्ने गर्छन् । उनीहरु केटीहरुमाथि जाई लाग्छन् र खाउँला जस्तो गर्दछन् । उनीहरु राम्ररी पैसा खर्च गर्दैनन् ।
७, भारतीयहरुः सामान्यतया युवा पुस्ताकाहरु गफाडी हुन्छन् तर प्रेमी होइनन् । पैसा खर्च गर्न अप्ठ्यारो मान्दैनन् तर धेरै ईष्र्यालु हुन्छन् । बूढा र भद्र पुस्ताका भारतीयहरु आकर्षक, परिष्कृत, लगनशील र यौनबारे सुशिक्षित हुन्छन् । तिनीहरु उपहार दिन्छन्, पैसा खर्च गर्छन्, धेरै कपटी हुन्छन् । हिप्पी केटीहरुसँग बाहिर देखिन चाहँदैनन् ।
८, नेपालीहरुः भारतीयहरु जस्तै हुन्छन् । तर त्यति कपटी हुँदैनन् ।