प्रथम इलाम गोल्डकप ६ माघदेखि इलाम सदरमुकाममा (भिडियोसहित)

  राम योङहाङ
539 Shares

इलाम : इलाममा सदरमुकाममा आउँदो ६ माघदेखि अन्तराष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप संचालन हुने भएको छ ।

रेडहर्ष फुटबल क्लबको आयोजनामा हुने गोल्डकपको तयारी सुरु गरिएको सोमबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

ठूलो टुँडिखेलमा हुने गोल्डकपमा नेपालका र भारतका गरी ८ वटा टिमलाई आमन्त्रण गरिने रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । गोल्डकपमा नेपालका ए डिभिजन क्लबका साथै झापा ११ र आयोजक रेडहर्ष फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । विदेशी टिम भारतका क्लबलाई निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

गोल्डकपका विजेताले नगद ५ लाख र उपबिजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । अन्य खेलाडीहरुले विधागत पुरस्कारहरु समेत पाउनेछन् ।

माइभ्याली गोल्डकप पछि धकेलियो

इलाम गोल्डकपको तयारीसँगै पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप सातौं संस्करण पछि धकेलिएको छ ।

आगामी २४ फागुनदेखि हुन लागेको गोल्डकप तत्कालका लागि स्थगित गरिएको पत्रकार सम्मेलनमा माइभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए । दुबै क्लब (माईभ्याली र रेडहर्ष) को संयुक्त बैठकले दुवै गोल्डकपमा एक आपसमा सहयोग गर्ने सहमतिका साथ तत्कालका लागि माईभ्याली गोल्डकप स्थगित मात्र भएको अध्यक्ष काफ्लेले बताए ।

‘इलामजस्तो सानो ठाउँमा २ महिनाको फरकमा दुई ठूला प्रतियोगिता संचालन गर्न त्यति सहज छैन । त्यसैले पहिले संचालन हुने इलाम गोल्डकपलाई माईभ्याली क्लबले सहयोग गर्ने र पछि हुने माईभ्याली गोल्डकपलाई रेडहर्षले सहयोग गर्ने सहमति भएको छ’ अध्यक्ष काफ्लेले भने, ‘माईभ्याली गोल्डकप कहिले हुने भन्ने चाँही निश्चित भएको छैन । तर दुबै गोल्डकप सफल बनाउन दुबै क्लब एकआपसमा सहयोग गरागर गरेर अघि बढ्छौं ।’

रेडहर्ष क्लबका अध्यक्ष योल्मूले पनि दुबै क्लबको बीचको सहमतिका आधारमा नै गोल्डकप संचालन हुने बताए । ‘पहिले इलाम गोल्डकप सफल बनाउन संयुक्त रुपम लाग्नेछौं र पछि माईभ्याली गोल्डकप संचालन गर्न समेत संयुक्त रुपमा लाग्नेछौं’ अध्यक्ष योल्मूले भने ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । सो गोल्डकपको पुरस्कार नगद १० लाख रहेको छ । यसअघि २०७६ सम्म प्रत्येक वर्ष प्रतियोगिता संचालन भएपनि कोभिड १९ का कारण २०७७ यता प्रतियोगिता संचालन हुन सकेको छैन ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस् :

यो पनि पढ्नुहोस् :

माइभ्याली गोल्डकपको सातौं संस्करण २४ फागुनदेखि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार