को हुन् भूपध्वज, किन भड्कियो, उनको आत्मा ?

  निनाम लोवात्ती
301 Shares


यो लेख लेख्नका लागि मलाई प्रेरणा दिने पूणर् पी राई ज्यु हुनु हुन्छ । किनभने पूणर् पी राई ज्युले विसं २०७८ कात्तिक २७ गते हिमालखबर (अनलाइन संस्करण) मा ‘जनगणनामा भाषा’ शीर्षकको लेख लेख्नू भएको थियो । हुनत मैले नै ‘धेरैअघि भाषा आयोगले राई भाषा वा राईको भाषा नभएको बारेमा लेखकलाई थाहा नभएको हो ?’ भन्ने आशयको प्रश्न गरेको थिएँ । तर जवाफ आएन । अहिले सम्झँदा लाग्छ कि हामी ‘राई !’ वा खम्बु भन्ने वा भनिने मान्छेहरुलाई हाम्रा १० लिम्बु भाइहरुले (मेरो त बाजे, बोजु, मामा, माइजु पर्नु हुन्छ । किनभने मेरो आमा लुम्फुङ्वा थरको लिम्बु हो) हरुले त्यसै ‘राई चिसो, खम्बु चिसो !’ भनेको होइन रहेछ ? किनभने, मैले ‘भाषा आयोग (सरकारले भाषा आयोग गठन गरेपछि आयोगले अध्ययन गर्दा राई भाषा बोल्ने कोही नभेटाएको हुनाले) ले राई भाषा छैन भनेको थाहा छैन र, हजुरलाई ? हैट, यस्तै विद्धानहरुले गर्दा राईको नाम भजाएर खाने बिचौलिया राईहरुलाई खुदो पल्टिरहेको छ है!’ भनी लेखेको थिएँ । तर, उहाँ (पूणर् पी राई ज्यु) ले मलाई उल्टै व्यंग्यात्मक ढंगले मेरो पूरानो नाम (निनाम कुलुङ, निनाम लोवात्ती कुलुङ, निनाम लोवात्ती नामले भन्दा पहिले लेख्ने गरेको मेरो नाम लेखकीय नाम प्रकाश राई ‘दीनदुःखी’) नाम समेत सम्झाउदै ‘त्यस्तो कुरो थाहा पाएको भए त प्रकाश राई ज्यु….’ भनेर जवाफ लेख्नू/दिनु भयो । साथै म आपूm कुलुङ जाति नभएको भनी प्रमाणस्वरुप ‘थुम्सेन्युज’को लिंक पनि पठाउनु भयो, जुन लेखमा हाल कुलुङ जातिका विरुद्ध लागेका तर, सुरुताका हामीलाई नै (मलाई पनि) धेरैपटक ‘राई जात होइन’ भनी पढाउने, बुझाउने, सम्झाउने गर्थे । हुन पनि उनले ‘कुलुङ सांस्कृतिक अध्ययन’ नामक किताब नै लेखेका छन् । जुन किताबमा उनले प्रस्टसँग ‘राई के हो ?, राईको काम र कर्तव्य के हो ?’ सो सम्बन्धमा धेरै ठाउँमा लेखेका छन्, वणर्न गरेका छन् । अर्थात् ‘राई !’ नेपालका कुनै जात वा जाति नभएर ‘पद-पदवी-पगरी’ मात्रै हो भनी लेखेका छन् । साथै ‘राई !’को घरमा दसैंलगायत चाडपर्व एवम् अन्य अवसरमा काम विशेषमा ‘राई !’ घरमा रैती वा ढाक्रेहरुले घर-लौरी (हरेक घरका एक-एक जना अनिवार्य रुपमा जानुपर्ने नियम) गएर काम सघाउनु पथ्र्यो भनी प्रस्टसँग लेखेका छन् ।

उनी भूपध्वज थोमरोस हुन् । स्मरण रहोस्, ‘थोमरोस’ भनेको कुलुङ जाति एक थर हो थरलाई कुलुङ जातिले ‘पाछा’ भन्ने गर्छन् । जो सुरुका दिनका कुलुङ जातिका ‘अगुवा भए र हिँडेको व्यक्ति पनि हुन् । सो क्रममा उनी महासचिव पनि भए । तर पछि गएर उनी आपैm ‘जो अगुवा उही बाटो हगुवा !’ भने जस्तै भए । सो क्रममा उनले कुलुङ जाति, भाषा, संस्कार, संस्कृति वेषभुषा, वंश, ठाऊँ आदिलाई नै विकृत बनाउने ढंगले जताभावी र अन्टसन्ट लेख लेख्न थाले । तर उनले कहिल्यै पनि आप्mनो सक्कली नाम भूपध्वज थोमरोसको नाममा लेखेनन् । कहिले मणिकुमार पिल्मो राई लोवात्ती भने लेखे । कहिले मणिकुमार पिल्मो लोवात्ती राई भनेर लेखे । कहिले कृष्ण सोताङ भनेर लेखे । कहिले कृष्ण सोताङ राई भनेर लेखे । कहिले छिरिङ श्रीपोस भनेर लेखे । कहिले छिरिङ श्रीपोस सोताङ भनेर लेखे । कहिले मुनु राई भनेर लेखे । कहिले बीबी लोवात्ती रिसिबु राई भनेर लेखे । कहिले बीबी लोवात्ती पिल्मो राई रिसिबु भनेर लेखे । कहिले डा. बीबी लोवात्ती पिल्मो राई ‘रिसिबु’ भनेर लेखे । कहिले चित्रमणि देउराम पिल्मो राई भनेर लेखे । कहिले चित्रमणि राई भनेर लेखे । किरण पिल्मो राई भनेर लेखे । कहिले मणिकुमार राई भनेर लेखे । कहिले शरण राई भनेर पनि लेखे । कहिले शरण पिल्मो राई भनेर पनि लेखे । कहिले कुईदुङ राई भनेर पनि लेखे । कहिले के नाममा लेखे । कहिले केके नाममा…?! साथै उनले लेखेको एकै लेख फरकफरक अनलाइनहरमा पठाउँछन् । खास गरि ३-४ वटा अनलाइन न्युज पोर्टलमा मैले उनको एकै लेखहरु भेटिसकेँ । यसरी उनले लेख पठाउने गरेको अनलाइनहरुमा ‘थुम्सेन्युज, नेपालवाइड, तुवाचुङ, छहरा आदि छन् । संयोगले यी सबै अनलाइनहरु राईवादी कामरेडहरुले सञ्चालन गरेका छन् । त्यसैले गर्दा भूपध्वजको एकै लेख यी सबैमा पालैपालो अनेक नक्कली नामहरुमा छापिनु-अपलोड गरिनु-प्रकाशित हुनु संयोग मात्रै त होइन कि ? भनी शंका गर्न सकिने आधारहरु रहेका छन् ।

जबकि ऊ वेला (चेतना नहुँदा) म भूतपूर्व प्रकाश राई मात्रै नभएर ‘‘प्रकाश पूअर, मनि राई, ‘दीनदुःखी’, प्रकाश राई, प्रकाश राई दीन, प्रकाश कुलुङ दीनदुःखी, तेह्रथुमे जेठा, तेह्रथुमे राई, विद्रोही गाउँले, एमके राई सुब्बा, निनामहाङ, निनामहाङ कुलुङ, निनामहाङ कुलुङ किरात, पिल्मोछा कुलुङ, उखरमाउलो राई, केहीनजान्ने कुलुङ, निनामहाङ कुलुङ किरात, एमके कुलुङ, विहोसी गाउँले लगायत धेरै नामले लेखेँ, लेख्दै आएँ, यो सत्य हो । अब लागौं, तिनै भूपध्वजका बारेमा । जसले अहिले आएर म लगायतलाई (हामी सबैलाई) कुलुङ होइन भनी लेख्छ, बोल्छन्, हामी कुलुङ नभएको प्रमाणपत्र दिन्छन् । सायद उनले आप्mनो तुष मेटाउनका लागि पनि तयसो गर्छन् । त्यतिले मात्रै नपुगेर उनले आप्mनै मूतको न्यानोमा सूकला समेत गर्छन् । अझ त्यो भन्दा बढी त हाम्रा अस्थाई सत्रुहरु जो छन्, उनीहरुले नबुझेर भन्दा पनि जानी बुझीकनै हामीलाई डलर खान ‘राई !’ फुटाएको वा फुटाउन आँटेको भनी बिना प्रमाण, अनर्गल, तथ्यहीन र एकलकाँटे ढंगले आरोप लगाउँछन्, त्यस्ताको मानो खाएर हैंसेमा होस्टे गरिरहेका छन्, भीपध्वजले । हो, अब उनका बारेमा छोटोमोटोमा जानकारी लिनेतर्पm लागौं ।

हुन पनि कुलुङ जातिका कुलंघारहरु कथित् ‘राई !’ जातिवालाहरुलाई त्यस्ता कुलंघार केही कुलुङ बिछट्टै मात्रै नभएर असाध्यै राम्रो र कर्तव्य-निष्ठ पनि लाग्छ ?! त्यसैले गर्दा त होला, विसं २०७७ पुस १४ मा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को पत्रकारिता पाठशाला स्तम्भमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको फिचर/लेख प्रकाशित भएको थियो । कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश राईले लेखेको सो फिचरमा असाध्यै राम्रोसँग फुल बुट्टा भरेर लेखिएको छ । तर, ‘राई यायोक्खा नामक एनजिओका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश राईले भूपध्वज थोमरोस् (राई !) बारे लेख्दा वास्तविक कुरो बिरालोले आप्mनो विष्टा लुकाएँ भैmँ धेरै कुरो लुकाएर वा भनौं उनका नकारात्मक कामहरु खासगरी भूपध्वज आपूm जन्मसिद्घ कुलुङ भएर पनि कुलुङ संघ र कुलुङ समुदायकै विरुद्घ जताभावी गर्दै, बाल बोलीमा भन्नु पर्दा ‘आची खाएर !’ हिँडेको देख्दादेख्दै सो बारे छिसिक्क उल्लेख नगरी ‘अन्टसन्ट’ लेखेका छन् । अझ भूपध्वजलाई ‘डेन्टिङ-पेन्टिङ समेत गरेर प्रस्तुत गरेका छन् । त्यसैले भूपध्वजका बारेमा वास्तविकता के हो त ? विसं २०५०/०५१ देखि चिनजान भएको आधारमा र, सुरुमा मलाई कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, संस्कृति आदिबारे बुझाउने गुरु ! पनि उनै भूपध्वज भएकोले गर्दा उनको बारे थाहा भएका धेरथोर कुरो लेख्दै छु । भलै बाल बोलीमा भन्ने हो भने, उनै गुरु अर्थात् भूपध्वज ज्युले ‘आची खाएर …!’ जे होस्, भूपध्वजबारे यहाँ छोटकरीमा केही प्रस्ट्याउन प्रयास गरिएको छ । हुन त यो प्रस्टीकरण लेख ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’मै धेरै पटक पठाएको हँु । तर, धेरै पछिसम्म नछापिएपछि फोन गरेर सोध्दा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ले लगभग प्रकाशित गर्न नसक्ने आशय ! व्यक्त गरेका थिए । जबकि उनी पनि जनआस्था साप्ताहिक लगायतमा प्रुफ रिडर (भाषा सम्पादक) हुँदै गोरखापत्र दैनिकमा प्रुफ रिडर (भाषा सम्पालदक) हुँदै हाल पत्रकारिता फाँटमा कार्यरत रहेका छन् ।

त्यसो त गणेश राई पनि कस्ता पत्रकार हुन् ? उनले गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उनले विगतमा पे्रषित गरेको/छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिलाई हेर्दा बुभ्mन सकिन्छ । तर अहिले चाहिँ त्यतातिर नजाऊँ । किनभने, गणेश राईले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उनले पे्रषित गरेको/छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिले फेरि पनि दोहोर्याएर पढेमा पत्रकारिता पढेका कुनै पनि पत्रकारले थाहा पाई हाल्ने छन्, जान्ने सुन्नेहरुले भनेअनुसार पत्रकारितामा ‘फाइभ डब्लु वान एच’ भन्ने सामान्य सिद्घान्त हुन्छ । (अहिले त पत्रकारितामा सिक्स डब्लु वान एच लागू भएको छ अरे !) त्यस्तै पत्रकारले आप्mनो समाचारलाई सलल…बगाउने हो अरे, आप्mनो विचार वा भनाइ समाचारमा थोपर्ने होइन । तर, गणेश राईको पत्रकारिता कस्तो छ भने…हुन पनि एक पटक त यो पंक्तिकार (म आपैm) पनि (विसं २०६९ ताका) कान्तिपुर दैनिकमा गणेश राईले लेखेको समाचार भएको कान्तिपुर दैनिक बोकेरै केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक उत्तम नारायण मल्ल सरको कार्य कक्षमा गएको थिएँ । मैले उहाँलाई कान्तिपुरमा प्रकाशित समाचार देखाउन नपाउँदै मेरो आगमन र आशय बुझेर होला उहाँले ‘…त्यही त कुलुङजी, कान्तिपुर धेरै बिक्ने पत्रिका भनेर कान्तिपुरबाट पत्रकार मगायौं, तर…’ भनी उत्तम नारायण मल्ल सर पनि हैरान हुनु भएको अवस्था थियो । त्यतातिर यो भन्दा धेरै नजाऊँ । मेरो कुरोलाई नपत्याए केन्द्रीय तथ्यांक विभाग गएर उत्तम नारायण मल्ल सरको नम्बर मागेर अभैm पनि सोध्दा भई हाल्छ । किनभने उहाँले अहिले अवकास पाई सक्नु भएको छ ।

जे होस्, गणेश राईले जुन व्यक्ति/भुपध्वज थोमरोस् (राई !) लाई आधार मानेर वा विषय बनाएर फिचर लेख्नु भएको छ, भूपध्वज थोमरोस् (राई !) वास्तवमै त्यस्तै हुन् त ? त्यसैले सो बारेमा कुलुङ जाति वा समुदायका बाहेकका मान्छेहरुलाई भूपध्वज थोमरोस् (राई !) भन्ने व्यक्ति कस्ता हुन् ?, को हुन् ? भन्ने बारे वास्तविकता थाहा नहुने भएकोले गर्दा केही नलेखी रहन सकिन/सकिन्न पनि । त्यसैले वास्तवमा भूपध्वज थोमरोस् (राई !) को हुन् ? कस्ता मान्छे हुन् ? भन्ने बारेमा अरु जातजाति र समुदायका मानिसहरुले पनि वास्तविकता थाहा पाउन् भनी यो लेख/प्रस्टीकरण लेख्दै छु । त्यसो त ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को ‘पत्रकारिता पाठशाला’ भन्ने अलग्गै स्तम्भ नै रहेकोले यो पंक्तिकारलाई व्यक्तिगत रुपमा धेरै खुशी लाग्थ्यो/लाग्छ । तर, मेरो प्रस्टीकरण/लेखले महत्व नपाउनु अर्कै कुरो भयो । हुन पनि मेरो प्रस्टीकरण लेख छाप्नुको सट्टा भूपध्वज थोमरोस् (राई !) ले नै फेरि ‘शरण राई !’को नक्कली नाममा पठाएको अर्को लेख ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’मा छापियो । त्यसैले राई सर/राईनी म्याडमहरुको एकतर्फी ध्येय नै जसरी हुन्छ, ‘कुलुङ जातिलाई बिगारसिङ !’ गर्ने मकसद रहेको हो कि ? भन्ने रहेको देखिन्छ । किनभने, ती शरण राई सक्कली हुन् कि ? नक्कली ? को हुन् ? केही खुलाईएको छैन, लेखको साथमा उनको (शरण ‘राई !’ को फोटा पनि छापिएको छैन । यदि शरण ‘राई !’ सक्कली लेखक नै हुन् भने शरण राईको फोटा, ईमेल र मोबाईल नम्बर उपलब्ध गराउन ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र राईलाई किन र के को आपत्ति ?

हुन त गणेश राईले भने जस्तै सुरुमा भूपध्वज थोमरोस् (राई !), पहिले त भूपध्वजले ‘राई !’ लेख्दैन थिए, कतै गणेश राईले आपैm ‘राई !’ थपेका हुन् कि ? जे होस्, यसबारे पनि धेरै टाउको नदुःखाऊँ ! सुरुका केही वर्ष भूपध्वजले कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, कुलुङ वंश, कुलुङ संस्कृति, कुलुङ इतिहास आदि बारे केही न केही लेखेका हुन्/गरेका हुन् । तर, त्यति मात्रै होइन, भूपध्वजले कुलुङ-कुलुङबीच पटकपटक फुट ल्याउने काम गरेका थिए/छन् । जस्तो कि उनले सुरुमा महाकुलुङका कुलुङ र हामी बाहिरका कुलुङहरुबीच एक हुन दिएनन्, सँधै भाँजो हाली रहे । त्यस्तै धरानका (लाहुरे समुदाय) कुलुङ र हामीहरु बीच पनि जहिल्यै एक हुन नदिने प्रयास गरी रहे । अझ भनौं उनले यस्तो गलत कामका लागि नाईटोदेखिको बल लगाए । यसै क्रममा एक पटक त कस्तोसम्म भयो भने, मलाई धरानमा कुलुङहरुको सम्मेलन छ, ‘सूक्तूम’मा शुभकामना सन्देश लेखी दिनु पर्यो प्रकाशजी भने । होला त नि भनी लेखे । तर, उनले भएको कुलुङ छाडेर अर्को गठन गरेछन् । त्यही वर्षको हिउँद याममा भूपध्वजले धरानका (लाहुरे समुदाय) कुलुङहरु ((वीरचन्द्र रिन्हो फोपा लगायत) लाई काठमाण्डौको त्रिचन्द्र कलेजमा बोलाएको भन्ने महाकुलुङका कुलुङ साथीहरुले थाहा पाए । त्यसपछि महाकुलुङका साथीहरुले हामी (चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, वाईबी कुलुङ, म… लगायत) लाई खबर गरे । त्यसपछि महाकुलुङका कुलुङ साथीहरु र हामी धरानका (लाहुरे समुदाय) लाई भेट्न तुरुन्तै कमलादी साइडको (घण्टासँगैको) भवनमा गयौं । त्यहाँ भूपध्वज समेत सबै भेला भएका रहेछन् । महाकुलुङका एक जना कुलुङ साथीले जो भूपध्वजको नाता पर्नु हुन्छ,उहाँले धरानका (लाहुरे समुदाय) का अगाडि नै भूपध्वजको ‘नाथ्री फुट्ने गरी दोक्च्याए/पच्काए’ । त्यसपछि बल्ल धरानका (लाहुरे समुदाय) ले पनि भूपध्वजबारे वास्तविक कुरो बुझे र, तुरुन्तै भूपध्वजलाई छाडेर धरानका (लाहुरे समुदाय) का मानिसहरु पनि हामीसँगै डिल्ली बजारमा रहेको कुलुङ संघको कार्यलयमा आउनु भयो । त्यसपछि नै हो, तीनवटा रहेको कुलुङहरुको संघ एक भएको । हो, त्यसपछि उनी अर्थात् भूपध्वज भन्ने मान्छेको स्वरुप लिएको … ले जसरी पनि कुलुङहरुलाई बिगार्छु ! भनी घोषित रुपमै ‘बिगारसिङ !’ कामहरु मात्रै गर्दै हिँडिरहेका छन् । तर, कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का हर्ताकर्ताहरुका लागि त भूपध्वज जस्ता व्यक्ति ‘ढुंगो खोज्दा देउता मिलेसरह !’ भएको छ । त्यो हामीलाई राम्रोसँग थाहा छ ।

त्यसैले त कतिथ् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँ’को “मदनश्वरी राई पुरस्कार” दिलाउनु भयो । तर, उनको हालत अहिले कुलुङ समुदायमाझ कस्तो छ ? गणेश … राई ज्युले सोलुखुम्बु जिल्लाको महाकुलुङ लगायत कुलुङहरुको बाक्लो वस्ती भएका जिल्लाहरु भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङ लगायत जिल्लाहरुमा गएर भूपध्वजबारे सोधखोज गरेर भूपध्वजबारे वास्तविक तस्बीर झल्किने गरी अर्को एक फिचर/लेख लेख्नू होला ।

हुन पनि सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने/बुझाउने महाकुलुङको तत्कालीन गुदेल-८ नाम्लुङका यीनै भुपध्वज हुन् । तर, भूपध्वज जस्तो मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काजिप्रका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनश्वरी राई पुरस्कार”मा बिकेर र, आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेका छन् । फलतः कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा नानाथरी लेख्द/बोल्दै हिँडेका छन् । तर, विचरा भुपध्वज राई ज्यु ! को ज्ञान, विवेक, चेतना र बुझाईको स्तर हेरौं त !? जे भए तापनि भूपध्वजको यस्तो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने ‘मुतको न्यानो !’ भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकारका नजरमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ हुन्छन् । त्यसैले त गणेश राईले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भुपध्वजका बारेमा ‘अन्ट-सन्ट !’ (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । भनिन्छ, ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् । हेरौं गणेश राई, दीपेन्द्र राई, दमन राई नारायण राई लगायत राईवादी कामरेडहरुले कहिलेसम्म भूपध्वजलाई बोक्ने रहेछन्, डेन्टिङ-पेन्ङि गरेर प्रसतुत गर्ने रहेछन् ???

खासमा, उनी (भूपध्वज) आपूm जन्मसिद्घ कुलुङ हुन् । तर, उनी आपूm कुलुङ भएर पनि (उनी थोमरोस थरका कुलुङ हुन् । कुलुङले थरलाई पाछा भन्ने गर्छन् ।) यसो गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …, …सम्मलाई कस्तो असर हुन्छ ? भविश्यमा आउने पुस्ताका कुलुङ समाजले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने/बुभ्mने अरु कोही छैन ! भन्ने अह्म भएका/बोकेका भूपध्वज ज्युलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?? अर्को भनेको जहाँ पनि, जहिले पनि कुलुङलाई बिगारसिङ ! मात्रै गर्दै हिँड्दा कयौं पटक ठाऊँका ठाऊँ गएर महाकुलुङ लगायतका कुलुङ वन्धुहरुले ‘भूपध्वजको ‘नाथ्री फुट्ने गरी दोक्च्याएका !’ पनि छन् । त्यस्तै केही वर्ष अघिदेखि संखुवासभा, मोरङ, सुनसरी, भोजपुर लगायत जिल्लाका गाउँठाउँमा जाँदा भूपध्वज ज्युलाई खाना र वास समेत दिन छाडेका छन् ।

तर कुलुङ जातिका यस्ता कलंंकहरु नै कथित् राई जातिका बुद्घिजीवी, लेखक, पत्रकार, प्रा., डा., प्राडा, विज्ञ, विद आदि लगायत अगुवा भनिनेहरुलाई प्यारो लाग्छ, । किनभने, कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) कुलुङ जाति लगायत सबै खम्बुका सन्तानहरुलाई लाद्न पाएका छन् । त्यसो त कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) लादेपछि वा लाद्न चाहेपछि नै हो, कुलुङ जातिका अगुवाहरुले विसं २०४८/०४९ तिरै कुलुङ जातिको अलग्गै संगठन बनाएको । त्यसैले पनि राई यायोक्खाका हर्ताकर्ताहरुमा कुलुङ जातिका अगुवाहरु र समग्र कुलुङ जातिप्रति ठूलो ‘द्घेष र रिसराग’ रहेको प्रस्टै देखिन्छ । त्यसैले त ‘भूपध्वज कुन बारीमा फलेको मुला हो ?’ भन्ने राम्रोसँग थाहा भए तापनि यसो ‘डेन्टिङपेन्टिङ’ गरेर भए तापनि जानीबुझीकन गणेश … ‘राई !’ ज्यु लगायत कथित् ‘राई !’ जातिवालाहरुले ‘तुवाचुङ’ लगायत अन्य न्युज पोर्टलहरु र छापामाध्यमहरुमा भूपध्वजका बारेमा यसो अन्ट-सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन्, कतै कोड पनि गरिदिन्छन् । तर, वास्तविक जानकारी वा भनौं स्रोत व्यक्ति भने अर्कै हुन्छ । कठै बरा !

एक ठाऊँमा त गणेश राईले आप्mनो लेखमा प्रसंगै नआउनु पर्ने ठाऊँमा पनि जबरजस्ती “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, आइएनजिओबाट सहयोग लिने, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का रुपमा किरातभित्र याक्खा छुट्टिन पुगे । सुनुवार छुट्न गए । कुलुङ लगायतले …” भनी लेखेका छन् । हुनत गणेश राई कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ को केन्द्रीय सदस्य र केन्द्रीय सचिव पनि भएको नाताले सीसीओ, डीफीड, जाईका, जीटीजेड, नर्वेजियन फन्ड, डानिडा-ह्युगो, युएसआईडी, एक्सन एड, युके एड, युएसएड, आईएलओ आदिबाट र आदिवासी जनजाति उत्थथान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति आयोगबाट ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले ल्याएको हिसाव किताब हेरेर नै र, अनुभव भएर नै “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, आइएनजिओबाट सहयोग लिने, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का…भन्ने कोलम जबरजस्ती घुसाएर लेखेका होलान् । किनभने, विसं २०६२/०६३ को परिवर्तपछि गठन भएको राई यायोक्खाको कार्य समितिमा एक जना राईको नाममा ‘एनजिओ को-अर्डिनेसन कमिटि’ नै गठन भएको थियो । सो नेम प्लेट देखेपछि यो पंक्तिकारले तत्कालै गोरखापत्र दैनिकमा राई यायोक्खाले जातीय स्वपहिचान खोजी रहेका कुलुङ जाति-समुदायका अगुवाहरुलाई डलर खान ‘राई !’ फुटाउन लागे ! भनी आरोप लगाउँछन् तर, डलर भने उनीहरु नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा विभिन्न आइएनजिओबाट ल्याएर खान्छन् !’ भनी लेखेको थियो । स्मरणीय छ, त्यसपछि यायोक्खाले सो ‘नेम प्लेट’ नै हटायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार