विश्वका प्रायः सबै जसो जात वा जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि रहेको हुन्छ । त्यसमा पनि आदिवासीहरुको त अझ उत्पत्ति अर्थात् थातथलो र उनीहरुका ऐतिहासिक भूमि मात्रै नभएर अन्य जातजातिको भन्दा भिन्न अथवा फरक अथवा भनौं आफ्नो छुट्टै मातृभाषा, धर्म, भेषभुषा, चालचलन, संस्कार, संस्कृति, चाडपर्व, रहनसहन, परम्परागत कानुन, मूल्य-मान्यता आदि हुन्छ ।
यो लेखमा नेपालका प्राचीन जातिमध्ये किरात महाजाति भित्रका एक जाति (समुदाय) कुलुङ जातिका बारेमा छोटो चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ हो भने हालको भगौलिक विभाजनअनुसार ‘महाकुलुङ’ भन्नाले एक नम्बर प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल, सत्तो, पावै आदि गाविसहरु पर्छन् । यी भू-क्षेत्र हाल महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छ । स्मरणीय छ, हिन्दु धर्म, हिन्दु दर्शन र हिन्दु मिथकअनुसार पनि किरातीहरुको इतिहास देउताको पालाभन्दा अघिदेखि देखिन्छ । जस्तो कि हिन्दु धर्म ग्रन्थ महाभारतमा समेत किरातीहरुका बारेमा उल्लेख हुनुलाई उदाहरण लिन सकिन्छ भने अहिले ‘किरात संवत्’, यले दोङ-५०८१ चालू छ । त्यस्तै कुलुङ समुदायको जीवनचक्रअनुसार आगामी पुस १५ गतेदेखि यले दोङ-५०८२ सुरु हुन्छ । जसरी विक्रम संवत्को पहिलो महिनाको नाम ‘वैसाख’ रहेको छ, त्यसै गरी ‘चाक्चाकूर’ भनी कुलुङ समुदायको जीवन-चक्रअनुसारको पहिलो महिनाको नाम रहेको छ ।
हुन पनि विभिन्न देशी/विदेशी लेखक तथा विद्धानहरुले लेखेको किताबमा सोलुखुम्बु जिल्लामा अवस्थित छेस्खाम, बूङ र गूदेल (गूङ्तेल), सत्तो (हाल सोताङ) र पावै गरेर पाँच गाविस (दूधकोशी पारिका) का गाउँहरुलाई ‘महाकुलुङ’ भनेर लेखेको भेटिन्छ । पछिल्लो संरचनाअनुसार यी गाउँ-ठाउँलाई ‘महाकुलुङ’ गाउँपालिका र ‘सोताङ’ गाउँपालिका बनाईएको छ । हुनत नढाँटीकन भन्ने हो भने, ‘महाकुलुङ’का यी कुलुङे’हरुको सुखद भन्दा पनि दुःखद कथा-व्यथाहरु नै धेरै रहेका छन् । आधुनिकतासँगै आएको भौतिक निर्माणका वस्तुहरुलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरु जे कुरोहरुमा रमाएका छन्, रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्दैन । हुनत अहिलेको अवस्था पहिलेको जस्तो छैन । किनभने काठमाण्डौदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरी, पावै, सोताङ हँुदै बूङ, छेस्खामसम्म नै हिउँद याममा जिपमार्पmत यात्रा गर्न सक्छन् । पहिले चाहिँ महाकुलुङका कुलुङहरु आफ्नो गाउँ-घर पुग्नका लागि सल्लेरीबाट दुई-तीनदिन पैदल हिंँड्नु पथ्र्यो ।
उता आधुनिक जमानाको छिटो छरितो यात्रा हवाई यात्राको लागि नेपालकै धेरै वटा विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु र कागेलडाँडाका साथै महाकुलुङको गुदेलमा समेत बन्ने पाँचवटा हुने) चारवटा भएको जिल्ला पनि हो, सोलुखुम्बु । तापनि यी चारवटा विमानस्थलमध्ये तेङ्बोचेमा हाल विमान बस्दैन (उक्त विमानसथलमा बस्न सक्ने पिलाटस् पोर्टर धेरै वर्षअघि दुर्घटना भएर सकिएपछि हाल केही धनी विदेशी पर्यटकहरुलाई चार्टर सेवाका लागि हेलीकप्टर बस्ने र धनी व्यापारीहरुले सामान कार्गो गर्ने हेलीप्याड जस्तो भएको छ ।) बाँकी तीन विमानस्थलहरु प्रयोग गर्दा पनि महाकुलुङका कुलुङ समुदायले लगभग दुई वा तीन दिन पैदल हिंँड्नै पर्ने हुन्छ । हुन त ‘महाकुलुङ’को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि गृहकार्य स्वरुप सर्भे भैसकेको छ । यसरी हेर्दा सोलुखुम्बु जिल्ला निकट भविश्यमै पाँचवटा विमानस्थल भएको जिल्ला हुँदैछ । खासमा प्रस्टसँग भन्नु पर्दा कुलुङ जातिलाई हालसम्म कथित् ‘राई’ जातिमा जबरजस्ती गाभिएको अववस्था छ । त्यसैले त अहिलेसम्म पनि ‘कुन जाति/थर हो ?’ भनेर सोध्नेहरुलाई कुलुङ जाति हो भन्यो भने उनीहरु ‘कुलुङ त राई होइन र ?’ भनी प्रश्न गर्ने गर्छन् । वास्तवमा राई जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पद, पदवी अथवा पगरी मात्रै हो, थियो । त्यही भएर कुलुङ जातिले आफ्नो समुदाय कथित् ‘राई’ जाति नभएर अलग जाति हो, त्यसैले कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनी जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिको पमा सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन र जनवकालत गरेको पनि लगभग २१ वर्ष पूरा भएको छ ।
डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो ।’ यस हिसावले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जातिहरुको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरु पनि छन् । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ भन्ने त माथि नै पनि वणर्न गरिएको छ । नेपालका अरु जातजातिमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसरी नै कुलुङ जातिभित्रै विवाहवारी गर्ने प्रचलन छ । किनभने, कुलुङ जातिभित्रै ३ सय ६० भन्दा बढी थर/उपथरहरु छ । स्मरणीय छ, कुलुङ जातिले थरलाई ‘पाछा’ र गोत्रलाई ‘दप्पीनङ’/‘दप्स्नीङ’ भन्ने गर्छन् । तापनि दुःखका साथ भन्नु पर्दा हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान छ । यसरी हेर्दा महाकुलुङ क्षेत्रमा ऐतिहासिक भूगोल, मातृभाषा, मौलिक भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, चालचलन, रहनसहन, गरगहना, कला, संस्कृति, मौलिक बाजागाज आदि हालसम्म जीवितै रहेको छ । आधुनिक विकासले भने गति लिन सकेको छैन, भन्न सकन्छ, महाकुलुङ क्षेत्रमा । आनुधिक विकासले गति नसक्नुमा भगौलिक रुपमा महाकुलुङ क्षेत्र एकदमै विकट र कुनामा हुनु पनि अर्को अप्ठ्यारो वा समस्याको पमा लिनुपर्ने हुन्छ । साथमा राज्य वा राज्य पक्षका मानिसहरुले उपेक्षा गर्नु त छँदैछ । त्यही भएर विभिन्न कालमा (नेपालको भगौलिक एकीकरणपछिको राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, लोकतन्त्रकाल अथवा गणतन्त्रकाल आईसक्दा पनि) यहाँका कुलुङहरु अन्य जातजाति र विभिन्न राजनैतिक दलको भोट बैंक मात्रै बन्ने गरेको यथार्थ वा भनौं वास्तकिता हो । सुन्दा र पढ्दा नमीठो लागे तापनि शिक्षा र चेतनाको स्तरमा पनि अन्यत्रका कुलुङहरुभन्दा महाकुलुङ क्षेत्रका कुलुङहरु केही पछाडि नै छन् । यसो हुनुमा महाकुलुङ क्षेत्र विगत लामो समयदेखि ‘होमोजेनोस्’ वा भनौं कुलुङहरुको एकल वस्ती हुनु नै हो ।
अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैं महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि लागी परेका छन् । त्यसका लागि विभिन्न राजनैतिक दलमा संगठीत भएका पनि छन् । तर, कहिलेकाँही राजनीति र आप्mनो दल वा दलको नेताका कारण पनि आपूmआपूmमै भैmझगडा गर्नु भने उनीहरुका लागि युक्तिसंगत लाग्दैन । किनभने, ‘तेरो पार्टी एस्तो मेरो पार्टी उस्तो, तेरो पार्टीले यस्तो गर्यो मेरो पार्टीले उस्तो गरयो, तेरो नेता एस्तो मेरो नेता उस्तो !’ भनेर ससानो निहुँमा आपस्तमा भैmभगडा गर्ने, टउका फोडाफोड गर्दा खाखिरमा जजसको टाउका फुटे पनि वा सहिद भए पनि कुलुङकै टाउका फुट्ने हो, कुलुङनै सहित हुने हो । त्यसैले आजको २१ औं शताब्दी भनिएको जमानाका कुलुङ युवायुवतीहरुले यो कुरो जत्रि स्क्दो छिटो बुभ्mनुपर्ने देखिन्छ । सक्नुहुन्छ भने, बरु तपाईहरुले ‘बाहुन बुद्धि !’ लगाएर सबै कुलुङहरु सबै राजनैतिक दलमा लाग्नुहोस्, एकै घरपरिवारका कुलुङ सबै पार्टीको सदस्य बन्नुहोस्, गाउँठाउँ र समाजले पाउने विकास र फाइदा पनि सबै मिलेर लिनुहोस्, फलानो पार्टीले दिएको विकास चाहिदैन, फलानो नेताको पैसा (विकास बजेट) चाहिँदैन !?’ नभन्नुहोस् ।
त्यसो तत्कालीन छेस्खाम गाविस वडा नम्बर १ का पूराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका नेता, समाजसेवी तथा ‘राई !’ पदवी वा पगरी पाएका नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरुमा भोट माग्न आउने तल्लो भेगका नेता तथा कार्यकर्ताहरुले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ !’ भनेको अझै पनि झल्झली सम्झन्छन् । त्यो बेला तल्लो भेगका मान्छेहरुले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरु !’ भन्दा कुलुङहरु हाल ‘कथित् दलित !’ भनिने जातका मान्छेभन्दा पनि सानो र तल्लो जात पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन् । तर, भोट भने, त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर ‘कुलुङे भाङ्ग्रेहरु !’ भन्नेहरुलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । जे भए तापनि महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा भने धेरै नै चेतना र जागरण आई सकेकोमा नरमान गर्व गर्छन् । उनी थप्छन्, ‘अबका युवा पुस्ताले महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र ज्ञान, विज्ञान, सूचना, संञ्चार र विकास निर्माणको पथमा डोर्याउन अघि सर्ने छन् ।’
महाकुलुङ क्षेत्र किन र कसरी एकल जातीय वस्ती वा समाजशास्त्रीय भाषामा भन्नु पर्दा “इन्डोग्यामस” भयो ? निश्चय नै यो विषय जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा (खेतीपाती गरेर खाने) प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगभन्दा पनि पर ‘सुपर सोनिक’ र ‘हाईपर सोनिक युग’मा पुगेको मानिन्छ । त्यसो त केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । लत्ताकपडाहरु पनि आपैm बुनेर लगाउँथे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलु लगायत विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । तर, त्यसो भन्दैमा कुलुङ जातिमा यसरी काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । यो पंक्तिकारसँगको एक भेटमा पहिले महाकुलुङ क्षेत्रको गुदेल गाविसको चोचोलुङ गाउँमा बसेका र, हाल बुङमा बसाई सरेर आएका रामकाजी सेन्च्युरी बिक भन्छन्, ‘मैले स्वयम् चोचोलुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन्) का कुलुङले फलाम लगायत काँसा-तामाको काम गरेको देखेको थिएँ भनी बताएका थिए । उनले थाल-बोटुको बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ्खो/लिक्खो) देखेको भनी बताएका थिए ।