झापाः समाजसेवी लक्ष्मी प्रसाद बस्नेतको “हरि धर्मको संक्षिप्त परिचय” पुस्तक सार्वजनिक भएको छ ।
शनिबार हरि भक्त सेवा संघ शाखा कार्यालय अर्जुनधारा ९ झापाको हरि मन्दिर भवनमा आयोजित समारोहमा प्रमुख अतिथि संघका पूर्वकेन्द्रिय अध्यक्ष सत्यनाथ भट्टराईले विमोचन गरेका हुन् ।
बयबृद्ध तेजमान बस्नेतको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा अतिथि हरि मन्दिर समिति अध्यक्ष शान्ता विष्ट,समाजसेवी चिरन्जीवी अधिकारी,प्रकाश थेवे,खविन थेवे,पूर्ण बहादुर पौडेल,टंक बहादुर पौडेल,बिष्णु बस्नेत,चन्द्र बस्नेत,निर्मल भट्टराई,मन्दिरलाई आर्थिक सहयोग गर्ने माया भट्टराई,स्थानीय शिक्षकलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि भट्टराईले “हरि धर्मको संक्षिप्त परिचय” पुस्तकले लेखक बस्नेतको थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गरेका थिए । प्राणी जगतको सृष्टिमा मानव जाती सर्व श्रेष्ठ प्राणी भएका कारण सत्य,साँचो,असल र सत्कर्मको बाटोमा डिंड्नु पर्छ भन्ने लगायतका विषय समेटेर ज्ञानवर्दक धार्मिक पुस्तकको तयारी गर्ने सराह्रनीय कार्य प्रति बस्नेतलाई अतिथि भट्टराइले शुभकामना र सम्मान व्यक्त गरेका छन् ।
हिन्दु धर्म भित्रको एउटा शाखा मानिने हरि धर्म बारे लिखित पुस्तकमा हत्या हिंसा,धुम्रपान मध्यपान निषेध,विशुद्ध सहकारी,सरल जीवनको मार्गदर्शन गर्न,भावी पिंडीलाई अर्ती,उपदेश,सुझाव,धर्मका बारेमा ज्ञान दिने साथै यस धर्म सम्बन्धि सन्देश फैलाउने उदेश्यले निर्मित पुस्तकलाई प्रशुराम भट्टाईले सम्पादन गरेका छन् । लेखकले सरल भाषामा गहन अभिव्यक्ति पस्केको १६४ पृष्ठको निःशुल्क वितरण गरिने पुस्तकमा हरि धर्मका गुरु अडिमर्दन भट्टराईको तस्वीरसहित धर्म र कर्म,आत्मा र भौतिक शरीर,धर्मका १० विषय उल्लेख गरिएको छ भने अन्त्य भागमा गुरु भक्तिमा आधारित आरती भजन पनि समेटिएको छ । धर्मगुरु अडिमर्दनले स्थापना गरेको प्रथम यज्ञलाई सम्पादक भट्टराईले अन्तिम पृष्ठमा कविता स्वरुप प्रस्तुत गरेका छन् ।
ताप्लेजुङको तिरिङ्गेमा २००९ सालमा शेर बहादुर र भक्ती माया बस्नेतको कोखबाट जेठा सुपुत्रका रुपमा जन्मिएका लेखक बस्नेतले आफ्ना स्वर्गीय मातापिताको समर्पणमा श्रीमती इन्द्रमाया पौडेलको सहयोगमा पहिलो संस्कारण तीन सय प्रति धार्मिक पुस्तक प्रकाशन गरेका हुन् । उनको जन्म स्थान ताप्लेजुङबाट भारतको बिरपाडा,मणिपुर हुँदै हाल झापाको अर्जुनधारामा स्थापित हुँदासम्म कहिले चोरी,डकैती त कहिले आगलागीको शिकार बन्दै सर्वस्व हरण भएर पनि जीवन संघर्ष गर्दै आफ्ना भोगाइ,अनुभव,अध्ययन,अनुसन्धान,बुद्धि विबेक र ज्ञानलाई आत्मसाथ गर्दै धार्मिक पुस्तक लेख्न पहिलो पटक प्रयास गरेको अनुभव सुनाए । ७१ वर्षीय बस्नेतले २०१७ सालमा तीन कक्षासम्मको अध्ययन गरेका हुन् ।
लेखकका दुई छोरा र एक छोरी छन् । छोरी तर्फका नाती रोशन कुँवरले हजुरबुबाले लेखेको पुस्तकमा शुभकामना परिचय दिएका छन् । बाल्यकालमै पितृ वियोगमा परेका कुँवरलाई पिताको वियोगको अनुभूति हुन नदिने गरी संरक्षण गरेको र सधै सत्मार्गमा हिंड्ने प्रेरणा दिएकोमा गर्व महसुश गर्दै पुस्तक लेखन प्रति बृद्ध हजुरबुबाको उत्साह र योगदानको प्रशंसासहित थप उन्नतीको कामना गरेका छन् ।