मेरो देशको कुरा ‍… (कविता)

  गोबिन्दराज ओझा (राजन)
140 Shares

मेरो देशको कुरा गर्दै छु

विदेशमा बस्दा समेत मेरो देशलाई सम्झन्छु

आफ्नो घर आफै बनाउनुपर्छ

स्वदेशलाई स्वर्ग ठान्नुपर्छ

सुख दुखमा पनि आफ्नै देशमा रहनुपर्छ

 हामी जहाँ बसे पनि मनमा नेपाल साँच्नुपर्छ

स्वदेशमा पनि स्वदेशी भएर बाँच्नुपर्छ

जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी ले मन छुनुपर्छ

हिमाल, पहाड ,तराईका फाटहरूमा भ्रमण गर्नुपर्छ

खेती किसानी गर्नुपर्छ तर्तरी बगाई पसिनाका थोपाहरू बगाउनुपर्छ

सबैमा एकताको भावना विकास हुनुपर्छ

सपनीमा पनि देशको बारेमा सोच्नुपर्छ

  राष्ट्र प्रतिको घर्म सम्झनुपर्छ

काम गर्दाको मिठो आनन्द मनमा लिनुपर्छ

त्यसैले हरदिन हररात खटिएर काम गर्नुपर्छ

कहिल्यै नछुट्ने, साइनो गाँस्नुपर्छ

आफ्नो घर आफै बनाउनुपर्छ

आफ्नो घर आफै बनाउनुपर्छ

सुख दुखमा पनि आफ्नै देशमा रहनुपर्छ

 हामी जहाँ बसे पनि मनमा नेपाल साँच्नुपर्छ

 

-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार