विसं २०७८ को पछिल्लो जनगणनाअनुसार नेपालमा १४२ जातजाति १२४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा दसैँ नेपालको सबैभन्दा धेरै संख्यामा जातजातिका मानिसहरुले मान्ने चाड-पर्व हो । हुनत नेपालका कुनकुन जातजाति वा वर्गका मान्छेहरुको दसैँलाई आप्mनो मौलिक चाड-पर्वका रुपमा मान्ने गर्छन् ? यो पंक्तिकारलाई थाहा भएन ।
तापनि विगत लामो समयदेखि राज्यले नै प्रवद्र्घन गरेर नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक समूह र वर्गमा हिन्दु धर्म अन्तर्गत धर्म मान्नैपर्ने नमानेमा सजाँय भोग्नुपर्ने देश निकाला हुनुपर्ने, मारिनुपर्ने सम्मका घटनाहरु भएका थिए । खास गरी गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको भगौलिक एकीकरणको अभियानललाई उनका भाइ, भतिजा र छोरा-बुहारीहरुले पूरा गरेपछि वा निश्चित सिमानामा पुगेर रोकिएपछि ती भूगोलभित्रका सबै जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय र वर्गलाई हिन्दु धर्म अन्तर्गत ल्याउने, हिन्दु धर्म मान्न लगाउने, धर्म मान्नैपर्ने नमानेमा विभिन्न सजाँयहरु भोग्नुपर्ने जस्तै स्थानीयस्तरमा शासन चलाउन नियुक्ति गरिएका “-सुब्बा राई, मुखिया, देवान, गोवा, चौधराई, पटवारी आदि व्यक्तिहरु सो पदबाट खोसिनुपर्ने, देश निकाला हुनुपर्ने, मारिनुपर्नेसम्मका घटनाहरु भएका थिए । उदाहरणका लागि धनकुटाका ‘राई !’द्घय रिदामा रामलीहाङलाई मारिएको थियो । स्मरण रहोस्, उनीहरु आठपहरिया किरातीहरु थिए ।
यो प्रसंगलाई अहिले यत्तिमै टुंग्याऊँ ?!…
विभिन्न देश र ठाउँअनुसार दशहरा, बडा दसंै, दसैं, मोहनी, कालरात्री शारदीय चाड आदिका नामले चिनिने दसैंको अवसरमा हिन्दु धर्मालम्बीहरुले पुज्ने नव दूर्गा (९ देवीहरु) को नाम र ती देवीहरुका बारेमा यो छोटो लेखमा उल्लेख गरिएको छ।
हुनत दसैं चाड हिन्दुहरुको मात्रै नभएर सबै नेपालीहरुको हो भन्नेहरु पनि ब्रगेल्ती भेटिन्छन् । तर, दसैं, तिहार, राम नवमी, जनैपूणर्िमा, ऋषि पञ्चमी आदि हिन्दु धर्मसँग सम्बन्धित चाडबाडहरु कसरी सबै नेपालीहरुको हुन सक्छ ? किनभने नेपालमा हिन्दु धर्मालम्बी बाहेक किरात, क्रिश्चियन, मुस्लिम, बौद्घ, बहाई, जैन, शिख, प्राकृति (प्रक्रिति पूजक) र धर्म नै नमान्नेहरुको पनि बसोवास रहेको छ । जे होस्, कोही कोही त वास्तवमा दसैं हिन्दुहरुको चाड पनि होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ-तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख नै लेखेका थिए । उता १२ असोज २०७६ मा पनि एक दैनिक पत्रिकामा डा.मदन रिमालले ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । जसको आशय ‘दसैँ सबै नेपालीहरुको चाड हो !’ भन्ने रहेको थियो । त्यस्तै एक जना ‘राई !’ सरलेचाहिँ ‘दसैँ किराती राई ! हरुको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट !’ खाले (खासै तथ्य, तर्क र प्रमाणबिना नै लेखेका) लेख लेखेका थिए । यसरी हाल आएर दसैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भई रहेको छ । दसैँ कसको हो, कसको होइन ? भन्ने सम्बन्मा ठूलै गलफत्ती भई रहेको छ, संभवतः भविश्यमा पनि यस बारेमा गलफत्ती भई नै रहने छ ।
तथ्य, प्रमाण, उदाहणहरु र परम्परा आदि हेर्दा दसैँ भनेको बिना कुनै धकचक हिन्दु धर्मालम्बीहरुको महान चाड हो ! भन्न सकिन्छ । जस्तै आर्य/खस समूहका मान्छेहरुले (खासगरी बाहुन, क्षेत्री, ठकुरी, दशनामी, शाह, राणा, हमाल, राणाभाट आदिले) दशमीको दिन रातो रंगले मुसेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । जो आदिवासी जनजातिहरुले वाध्यताले वा रहरले दसैँ मनाउँथे/मनाउँछन् । तर, उनीहरुले बाहुन-क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टिको !’ लगाउने गर्छन् । अझ नेपालका कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातजातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । अर्थात् आर्य/खसहरुले रातो माटो (रंग) ले घर लिपपोत गर्छन् भने आदिवासी जनजातिहरु सेतो माटो (कमेरो माटो) ले घर लिपपोत र्छछन् । त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा मुख्य दसैँ मान्ने गरिन्थ्यो भन्ने भनाइ पनि बलियो गरी गढेको छ । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो । अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।
त्यस्तै दसैँ आर्य खस वा बाहुन क्षेत्रीहरुले मनाउने चाड हो कि ? आदिवासी जनजातिहरु लगायत सबै नेपालीहरुले मनाउने चाड हो ? भनी बेजोडले बहस र छलफल चल्दै गरेको त माथि नै उल्लेख भएको छ । तर, पनि दसैँ कसरी सबै नेपालीको चाड हुन सक्ला ? किनभने, यहाँ ईस्लाम धर्मालम्बीहरुको पनि बसोबास छ । किरात धर्मालम्बीहरुको पनि बसोबास छ । बौद्ध धर्मालम्बीहरुको पनि बसोबास रहेको छ । क्रिचियन धर्मालम्बीहरु प्नि छन् । अझ बौद्ध धर्मालम्बीहरु त काटमार नै गर्दैनन् भने, किरात धर्मालम्बीहरु आप्mनो पिता-पूर्खालाई ‘गाई-गोरु’को मासु चढाउँछन् । नेपालका कतिपय जातिहरु त प्रकृति पूजकहरु पनि छन् ।
जसले जे भने तापनि दसैँ चाडको अवसरमा दसैँ आसपासको ३ महिनामा मात्रै मात्रै देशको वर्षभरिको सम्पूणर् आर्थिक कारोबरको ४२ प्रतिशतदेखि ४५ प्रतिशत (लगभग आधा !) रकम बराबारको व्यापार हुने गरेको भनी यसै ‘कारोबार दैनिक’मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दसैँ केवल एक शुद्घ रुपको चाड वा पर्व मात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार !’ पनि हो भन्नुपर्ने हुन्छ । जसले दसैँ भन्ने बित्तिकै राजनीतिक हतियारको रुपमा प्रयोग हुने र छोटो समयमा अर्थतन्त्रको ठूलो चलखेल हुने अर्थ-राजनीतिको रुपमा पनि प्रयोग हुने गरेको छ भन्दा कसैले विमति नराख्लान् कि ?!
१, हिन्दु धर्मालम्बीहरुले दसैँको अवसरमा नव रात्रको पहिलो दिन जुन दिन घटस्थपना सुरु गरिन्छ सो दिन शैलपुत्रीलाई सम्झने र शैल पुत्रीको पूजा गर्ने गरिन्छ । स्मरयीण छ, नव दूर्गा मध्येकी एक शैल पुत्री देवीले दाहिने हातमा त्रिशुल र देब्रे हातमा कमलको फुल लिएकी हुन्छिन् भने उनी साँढेमाथि विराजमान रहेकी हुन्छिन् ।
२, नव रात्रको दोस्रो दिन ब्रह्मचारिणीलाई सम्झने र पूजा गर्ने गरिन्छ । दसैंको अवसरमा हिन्दु धर्मालम्बीहरुले पुज्ने ९ देवीहरुमा दोस्रो दिन पुजिने ब्रह्मचारिणी देवीले दाहिने हातमा जप माला र देब्रे हातमा कमन्डलु लिएकी हुन्छिन् भने भुइँमा उनी उभिएकी हुन्छिन् ।
३, नव रात्रका तेसे दिन पुजिने चन्द्र घण्ट देवीको १० वटा हातहरु रहेका छन् । देवी चन्द्र घण्टको हातमा धनुबाण, त्रिशुल, गदा, घण्ट, तरबार, कमलको फुल आदि रहेको हुन्छ भने उनी बाघमाथि विराजमान हुन्छिन् ।
४, नव रात्रको चौथो दिन पुजिने कुशमन्डु देवीको चार वटा हातहरु रहेका छन् । जुन हातहरुमा कमन्डलु, धनुबाणा, कलश, अमृत, चक्र, गदा, तीर, जप माला रहेको हुन्छ यी देवी पनि बाघमाथि नै विराजमान रहेकी हुन्छिन् ।
५, नव रात्रको पाँचौ दिन पुजिने सकन्द माता देवीको हातमा दुई हातमा कमलको फुल हुन्छ भने काखमा बालक कुमार (स्कन्द) लाई एक हातले सम्हालेर राखेको हुन्छ भने यी देवी चाहिँ सिंहमाथि विराजमान रहेकी छिन् ।
६, नव रात्रको छैठौं दिनमा कात्यानी देवीलाई पुजिन्छ । कात्यानी देवीको हात चार वटा भए तापनि देब्रेतिरका दुई हातले कमलको फुल र खड्ग बोकेको हुन्छ भने दाहिनेतिरको दुवै हातले आशिर्वचन-ध्यान मुद्रा गरेको देखिन्छ भने यी देवीको वाहन पनि सिंह (बाघ !) नै रहेको छ ।
७, नव रात्रको सातौं दिन देवी काल रात्रीको पूजा गर्ने गरिन्छ । यी देवी अरु देवीहरु भन्दा बिल्कुलै फरक रहेकी छिन् । किनभने यी देवी आधा नाङ्गो छिन् भने तीन आँखा रहेको (निधारको कालो टिको समेत) छ । यी देवीको चार हातमध्ये देब्रे हातमा खुँडा र भाला (रड) रहेको छ भने दहिने हात मुद्रा आकारमा रहेको छ । यी देवीलाई खास गरीकन रातको समयमा मात्रै पूजा गर्नुपर्ने भन्ने विश्वास रहेको छ । त्यसैले पनि यी देवीको नाम ‘काल रात्री’ रहेको होला । साथै यी देवीले आप्mनो वाहनको रुपमा गधा चढेकी हुन्छिन् ।
८, नव रात्रको आठौं दिन महागौरी देवीलाई पुज्ने गरिन्छ । चार हात भएकी देवी महागौरीको दाहिनेतिरको एक हातमा त्रिशुल र देब्रेतिरको एक हातमा डमरु रहेको हुन्छ । यी देवी अभय र भद्र मुद्रामा बसेक िहुन्छिन् भने यी देवीको वाहन सेतो रंगको साँढे रहेको छ ।
९, नव रात्रको नवौं दिन सिद्घि दातृ देवीको पूजा गर्ने गरिन्छ । यी देवीलाई सूर गण, असुर गण, देव गण, यक्ष गण, गन्दर्भ गण र स्वयम् देवीहरु गणले पनि आजा-पूजा गर्ने गर्छन् । यी देवीको हातमा शंख, चक्र, गदा रहेको छ । यी देवी चाहिँ कमलको फुलमाथि विराजमान रहेकी छिन् ।