विगतका वर्षझैं गत असोज ३ गते सरकार, राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामसाथ काठमाण्डौस्थित टुँडीखेल (सैनिक मञ्च) मा संविधान दिवस मनाए । त्यस क्रममा देशका शासक जात र शासक वर्गका मान्छेहरुले त खुशी मनाउने नै भए । तर, उक्त कार्यक्रममा ‘सुझो न बुझो टिकी ट्यास-ट्यास !’ भनेभैmँ संविधान दिवस मनाउन उपस्थित भएका सरकार प्रमुख, राज्य प्रमुख र राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपाके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुलाई मनोरञ्जन दिलाउने र खुशी बनाउने काम भने आदिवासी जनजाति र मधेसी मूलका केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारहरुले दिलाएका थिए । सो कार्यक्रमको दृश्य विभिन्न टेलीभिजन च्यानलहरु र यु-ट्युबहरुमा हेर्दा र विभिन्न असोज ४ गते विभिन्न पत्रपत्रिकामा छापिएको फोटोहरु हेर्दा लाग्थ्यो कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधान चौथो वर्ष पूरा भएर पाँचांंै वर्ष लागेको अवसरमा संविधान दिवस मनाउन पाउँदा सरकार प्रमुख, राज्य प्रमुख, राज्य पक्षका मान्छेहरु र तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुभन्दा ती कलाकार भाइबहिनीहरु धेरै खुशी छन् ! त्यसैले उनीहरु मन खोलेर उफ्रीपाफ्री गरी रहेका छन् ! अथवा भनौं त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन लिईरहेका छन्, नाचगानमा रमाई रहेका छन् ।
२०७२ साल असोज ३ का दिन जारी भएको नेपालको नयाँ संविधान, जुन संविधानप्रति असन्तुष्ट रहेकाहरु त्यसमा पनि अझ आदिवासी जनजाति र मधेसी (राज्यको भाषामा सानो समूह !) ले भने सुरुदेखि नै विसं २०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधान प्रति असहमति राख्दै ‘मा विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन्, गर्ने गर्थे । तर यो वर्ष उनीहरुले विसं २०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधान प्रति असहमति राखेर कुनै न कुनै कार्यक्रम गरे कि, गरेनन् ? यो लेख लेखकलाई थाहा भएन । हुनत विसं २०७२ को संविधान जारी भएदेखि राज्य र राज्यपक्षका मान्छेहरुले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । त्यसैले यो वर्ष पनि उनीहरुले त्यसै गरे । साथै यो वर्ष त राज्यले ३ दिनसम्म हर्षोल्लास र भव्यताका साथ संविधान दिवस मनाउन उर्दी जारी गरेको छ । त्यसो त संविधान दिवस मनाउनका लागि राज्यले आम नागरिकलाई सार्वजनिक बिदा दिएरै (कहिले १ दिन, कहिले २ दिन, सरकार प्रमुखको मुडअनुसार !) भव्यताका साथ संविधान दिवस मनाउँदै आएका छन् भने, आदिवासी जनजाति र मधेसीहरु भने सुरुदेखि नै सो दिन सानो भए पनि एक समूहले आफ्नो समुदाय र वर्गका लागि ‘कालो दिन-कालो दिवस’ मनाउँदै आएका थिए ।
राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा त विसं २०७२ असोज ३ मा जारी भएको संविधान नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट संविधान हो । त्यसो भए तापनि किन केही व्यक्ति वा समूहले सो संविधानको विरोध गर्दै ‘कालो दिन-कालो दिवस’ कालो दिवस मनाउने गरेका छन् त ? उनीहरुले फगत विरोधका लागि विरोध गर्न मात्रै त्यसो गरेका हुन् ? पक्कै पनि त्यस्तो त होइन होला ? किनभने विसं २०७२ असोज ३ मा पछिल्लो पटक जारी भएको नयाँ संविधानमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरु रहेका छन् । त्यसै गरी २९ वटा धाराहरु आदिवासी जनजातिका लागि विभेदकारी छन् भने ३९ वटा धाराहरु आदिवासी जनजातिलाई बहिष्करण गर्ने खालका छन् । जबकि यही संविधानको पाँच वटा धारा चाहिँ नेपालका शासक वर्ग वा जात मानिएका आर्य-खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् । त्यस्तै गरेर धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको छ । मानौं कि, विसं२०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कँुदिएको अक्षर हो ! -सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप ।
अझ भएन शासकहरुका लागि नेपाल, दक्षिण एसिया, एसिया र समग्र विश्वै उत्कृष्ट भनिएको संविधान जारी भएको आठ वर्ष पूरा भएर नौं वर्ष लाग्दा पनि नयाँ संविधानमा व्यवस्था गरिएका कतिपय काम र कारवाहीहरु लागू गर्न र कार्यन्ययन गर्नुपर्ने कयौं कानुनहरु बनेको छैन, ऐन, नियम, नियमावली, विनियम, कार्यविधि आदि तर्जुमा भएकै छैनन् । जसले गर्दाखेरि यो व्यवस्थाप्रति नै आम मानिसहरुमा वितृष्णा जाग्न थालेको छ । तथापि पनि नेपालका राजनीतिक दलहरु, तिनका नेता नेता तथा कार्यकर्ताहरु अनि बौद्घिक भनिएका, बुद्घिजीवी भनिएकाहरु चाहिँ विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधानलाई विश्वकै उत्कृष्ट भन्न छाडेका छैनन् । हुनत हाम्रो देश नेपालमा कोही मानिसमा ‘आलोचनात्मक चेत (आचे)’ हुनु पनि ‘डेन्जर माने खतरा !’ नै हुन्छ । तर पनि म (यो पंक्तिका लेखक) राज्य र राज्य पक्षका मिडिया तथा अनुदारवादी मान्छेहरुबा बीच नचिनिएको साधारण मानिस भएको हुनाले यत्ति कुरो लेख्दा, बोल्दा नै ‘डेन्जर माने खतरा !’ नहोला कि ?!
यसै सन्दर्भमा यहाँ डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर-२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, …विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनैतिक पर्वहरुमा जनजातीय धार्मिक/सांस्कृतिक झाँकीहरु प्रयोग हँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । हाम्रो देश नेपालमा पनि २०७२ साल असोज ३ का दिन जारी भएको नेपालको नयाँ संविधानपछि सरकार र सरकारी पक्षका मानिसहरुले हरेक वर्ष काठमाण्डौको टुँडीखेलमा “हो” भन्दै उफ्री रहेका छन् भने “होइन” भन्नेहरु चाहिँ…आजको दिनसम्म हर्क गुरुङ जीवितै रहनु भएको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनैतिक दलमा रहेका तर, आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हितका लागि केही प्राप्त गर्न अधिकतम प्रयास गर्नु भन्दा आप्mनो दल र तिनका नेताहरुको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ गर्ने आदिवासी जनजाति मूलका नेताहरुप्रति कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला, तिनीहरुलाई केकस्तो अर्ति बुद्घि दिन चाहनु हुन्थ्यो होला ? भन्ने सम्बन्धमा हामीले कल्पना मात्रै गर्न सक्छौं ।
अन्त्यमा डाक्टर हर्क गुरुङले ‘…छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,…विविध पक्षमा…पन्जाबको भाँगडा र नागाहरुको नाच…तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् भनेभैmँ म पनि आपूm एक्लै भए पनि २०७२ साल असोज ३ का दिन जारी भएको संविधान सबै सही छैन, सबै सही “होइन” भनी उफ्रेर है त…