
पंक्तिकारले केही वर्ष अघिदेखि नेपालबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टलमा राई के हो ? किरात के हो ? खम्बू के हो ? भन्ने सम्बन्धमा लेख्दै आएको यहाँहरुलाई विदितै छ । हुन पनि आजभोलि किराती महाजातिभत्रका विभिन्न उपजाति मानिएका जातिमध्ये ‘राई !’ एक हो भनिन्छ । खासमा ‘राई !’ सुरुदेखि नै नेपालका जात वा जाति थिएन-होइन भन्ने त ध्रुव-सत्य हो । त्यसैले यो पंक्तिारले विगत लामो समयदेखि लगातार रुपमा ‘राई !’ नेपालका जात वा जाति थिएन-होइन भनेर फुटकर लेख रचनाहरु लेख्दै आएको छ । ‘राई !’का बारेमा वास्तविकता जे भए तापनि तत्कालीन श्री ५ को सरकारले नेपालमा बसोवास गर्ने आदिवासी जनजाति भनी ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८’ अन्तर्गत सूचीकृत गरेको ५९ पछि थपिएको एक जाति (राना थारु) गरी ६० वटा जातिको सूचीमा ‘राई !’ पनि रहेको छ ।
तर जति अनुभवी सुन व्यवसायीले सयौं पटक ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले नेपालका कुनै पनि जात वा जाति जनाउँथेन । किनकि ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय, राया, राइ’ हो भने ‘राय, राया, राइ’ शब्दले कणर्ाली भेगमा ‘राजा’ भन्ने जनाउँथ्यो । इतिहास हेर्ने हो भने नेपालको पूर्वी क्षेत्रमा ‘राय, राया, राइ’ वा ‘राई’ शब्दको प्रयोग सेन शासन कालभन्दा पर गएको देखिदैन । सेन राजाहरुले आप्mनो शासन कालमा विजयपुरमा शासन गरे ताका पूर्वका किराती पूर्खा बुद्घिकणर्ले ‘राय’ पद पाएका थिए । जो हाल नेपालमा चलेको पद ‘प्रधानमन्त्री’ अथवा ‘मन्त्री’ भने जस्तै रहेको ‘पद’ थियो । बुद्घिकणर् ‘राय’ अहिलेको नेपालको भूगोलअनुसार तेह्रथुम जिल्लामा पर्ने छ-थर भेगका एक थरी लिम्बुहरुको वंश अथवा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (शाह राजाहरु र श्री ३ महाराज/राणा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाए । ती भूगोलका किरातीका सन्तान जो स्थानीयस्तरका टाठाबाठा, पहुँचवाल र हुनेखानेहरु थिए, उनीहरुलाई स्थानीयस्तरका छोटे राजा वा शासक बनाउन विभिन्न पद, पदवी र पगरी सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ करातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरुलाई ‘राय’/‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । यस्तो पद/पदवी/पगरी पाएका मान्छे वा उनका सन्तानलाई ‘जिम्मुवाल/जिम्मावाल’ अथवा ‘तालुकदार/तालुकी’ पनि भन्ने गरिन्छ । पछि गएर त बाहुन, क्षेत्री, गुरुङ, मगर, माझी, दनुवार, नेवार लगायत नेपालका विभिन्न जातजातिका हुनेखाने मानिसहरुले पनि यस्तो ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी वा भनौं पगरी पाउन थाले । ऊ वेला त्यस्तो पद, पदवी वा पगरी पाएका मानिसहरु र तिनका सन्तान-दर सन्तानहरुलाई अहिले पनि फलानो ‘जिम्मुवाल/जिम्मावाल’ अथवा ‘तालुकदार’ भनी सम्बोधन गर्ने प्रचलन हटेको छैन । स्मरण रहोस्, ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी/पगरी पनि धेरै खालका हुन्थे ।
जस्तै ५ पगरी, ९, पगरी १२, पगरी १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मको ठूलो ‘पदवी/पगरी’हरु थिए । यस्तोे ‘पदवी/पगरी’ पाएका ‘राई’का सन्तानहरु काठमाण्डौमै पनि प्रशस्तै भेटिन्छन् । ‘सुब्बा’ पनि सानो ‘सुब्बा’ (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), ठूलो ‘सुब्बा’ (जसलाई मौजे सुब्बा भनिन्थ्यो) मौलोमा राँगा मार हान्न पाउने ‘सुब्बा’ । अमाली ‘सुब्बा’ (कानुन मात्रै हेर्ने ‘सुब्बा’ । यस्तो (कानुन मात्रै हेर्ने) ‘सुब्बा’को जेठो छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ । त्यस्तै माथि एक प्रसंगमा भनियो कि, पछिल्लो समयमा नेपालमा जुनसुकै जात वा जातिका टाठाबाठा मानिसहरुले पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पद, पदवी वा पगरी पाएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, हरि रोकाको २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एक अनुभुतिजन्य लेख ।
अहिले आएर राई जाति हौं भन्नेहरु मध्ये केही व्यक्तिले आप्mनो असली जातीय स्वपचिान बुझेरभन्दा पनि राईको संख्या धेरै देखाएर भीडको राजनीति गर्न (संख्या देखाएर राजनीतिक फाइदा लिन/दिन) आपूm ‘राई !’ भएका छन्, कुलुङ लगायत अरुहरुलाई पनि ‘राई !’ नै बन्न बलजप्mती गरी रहेका छन् । जस्तै उदाहरणका लागि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा तथ्यांकमै आई सकेका कुलुङ जाति लगामयत अन्य १२ जातिलाई पनि कथित् ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गर्ने गर्छन्/गरी रहेका छन् । त्यसैले भीडको जमात देखाएर राजनीतिक नियुक्ति लगायत अन्य फाइदा लिन पल्केका राईवादी कामरेडहरु ‘१० चुला, १० राई !, १० खोला’को सुनको कसी पनि लगाउन खोज्छन्, ती कामरेडहरुलाई साँच्चै जातीय स्वपहिचान स्थापित गर्ने, भाषा, धर्म, रीतिथिति, संस्कार, संस्कृति, रहनसहन, भेषभुषाको सम्बद्र्धन गर्ने आत्मनिणर्यको अधिकार लागू गर्ने, समतामूलक समाज निर्माण गर्ने चाहना भएको भए, समानुपातिक समावेशीताको चाहना भएको भए राईवादी कामरेडहरुले निश्चय नै कुलुङ लगायत राईकरणको मारमा परेका १६ खम्बुका सन्तानहरुलाई जबरजस्ती ‘राई !’ बन भन्ने थिएनन् होला ! तर, हाम्रो भनाइ (कुलुङ समुदायका अगुवाहरु) को भनाइ के मात्रै हो भने, अब हामी विगतमा शासकहरुले दिएको ‘राई !’ पदवी वा पगरीलाई होइन, ‘सके कुलुङ आदि भनेरै जिनिऊँ, नभए १६ खम्बुको चिनारीमा जाऔं, त्यसो पनि नभए, उसो पनि नभए जो कोहीले आ-आप्mनो आत्मनिणर्यको अधिकारको प्रयोग गरौं’ भन्ने हो । स्मरणीय के छ भने, आत्मनिणर्यको अधिकार भन्दैमा कुलुङ जातिका अगुवाहरुले ‘हामी कामी हौं, कुलुङ होइनौं !’ भनेका छैनौं । त्यसैले हालसम्म थाहा नभएर, रहरले, वाध्यताले अथवा जोर-जबर जस्तीले हामीले आप्mनो नामको पछाडि ‘राई !’ भन्दै वा लेख्दै आएको भए तापनि अबदेखि जो कोहीले आ-आप्mनो आत्मनिणर्यको अधिकारको प्रयोग गरौं । त्यही भएर ‘राई ! हुने/लेख्न चाहनेहरु ‘राई !’ नै लेख्नु होस्, त्यसमा हाम्रो विरोध वा विमति छैन, थिएन । त्यस्तै राईवादी कामरेडहरुले पनि हामी (कुलुङ) लाई हाम्रो आप्mनो असली जातीय स्वपचिान ‘कुलुङ’ भनी चिनिन दिनु होस् ।
अहिलेसम्म ‘राई !’ के हो ? जात वा जाति हो कि, पदवी/पगरी मात्रै हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने ईनेगिनेका राई बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्राडा, …विद, …विज्ञ भनिनेहरु समेत प्रस्ट छैनन् । यस्तो भएपछि जानाजान ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ दिने नेपाली पत्रकारहरुलाई के भन्नु र सैले त उनीहरु ‘सुझो न बुझो टिकी ट्याँस्-ट्याँस !’ भनेभैmँ एक जाति ‘राई !’ २८/२९ भाषी ‘राई !’ भनी ‘सुगा रटाई !’ गरेर समाचारहरु दिई रहेका छन्, लेखहरु छापिई रहेका छन् । ‘राय’/‘राई !’ शब्द हालको प्रधानमन्त्री वा मन्त्री जस्तै पद वा पगरीको रुपमा प्रयोगमा आएको हो । साथै शाह-राणाहरुको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरुले मात्रै आप्mनो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भुपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’/‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै ढाक्रे/रैती दुनियाँ ! (सर्वसाधारण जनता) ले आप्mनो नामको पछाडि लेख्न पाएका थिए, भूमिसुधार ऐन-०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रुपमा लागू भएपछि ।
हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए । तर, पनि किन ‘राई !’ पदवी वा पगरी बाहेकका यी उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मानिसका सन्तान, दरसन्तानहरुले चाहिँ आप्mनो ‘जात’ वा ‘जाति’ उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् होला ? यस विषयमा पनि नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीहरुले खोज-अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
नढाँटीकन भन्नु पर्दा कुलुङ जातिका अगुवाहरुले ०५७/५८ देखि नै कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने, कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति-थलो महाकुलुङ, हामी भन्ने भावना, पूख्र्यौली हाँगाबिँगा, वंश-परम्परा, मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, परम्परागत कानुन, चाडपर्व, गरगहना, चालचलन आदि छ भने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन्, त्यसैले कुलुङ-कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । स्मरण रहोस्, ०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको थियो भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या ३३ हजार ३८८ आएको छ । त्यस्तै कुलुङ भाषा वक्ता चाहिँ ३७ हजार ९१२ रहेको छ । उता आप्mनो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ ।