१२ औं जनगणनाको नतीजा र जस राई, मोर्गान सुभाङ्गी राई, बाली राई, ऐश्वर्य राई, मोहमद ईस्तियाक राईहरु…

  निनाम लोवात्ती
455 Shares

निनाम लोवात्ती

केही समय अघि विसं २०७८ मा भएको १२ औं रागिट्रय जनगणनाको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । सो तथ्यांकमा नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तथ्यांक समेटिएको छ । स्मरणीय छ, त्यसअघि १२ औं जनगणनाको तथ्यांक दुई पटक सार्वजनिक गरिएको थियो । तापनि सो वेला जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तथ्यांक भने आउन सकेको थिएन । त्यसको कारण चाहिँ नेपालमा रहेका आदिवासी जनजाति लगायत केही जातिका ठेकेदार हामी मात्रै हौं भनी जातिको नाममा एनजिओ चलाएर बसेकाहरु रहेका थिए । किनभने उनीहरुले तत्कालीन केन्द्रीय तथ्यांक विभाग (केतवि) र हालको केन्द्रीय तथ्यांक कार्यलय (केतका) महानिर्देशक, उपहानिर्देशक, शाखा प्रमुख लगायत सम्बन्धित कर्मचारी लाई भेटेर हामीले भनेको बाहेक अरु जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तथ्यांक आउनै हुँदैन ! आई हालेमा…भनी सम्झाउन, बुझाउन, त्यतिले मात्रै नपुगेर विरोध गर्न, घुर्की लाउन धम्क्याउन गएका थिए । त्यसमा अहिलेसम्म ‘राई !’ जात वा जाति नै हो भनी लिँडेढिपी गरिहने र राईको धेरै जनसंख्या र भीड देखाएर खान पल्केका केही राई सर-राईनी म्याडमहरुको एकदमै विशेष जोडबल भनेको पहिले अन्धाधुन्द सूचीकृत भएका कथित् ५९ जातिबाहेक अरु जातजाति आउनै हुँदैन भन्ने रहेको थियो ।

हुनत अभैm पनि ‘जसले राई जात वा जाति होइन भन्दैछ, ‘उसको नागरिकताको प्रमाणपत्र मात्रै होइन जग्गा-धनी (लाल) पूर्जा, स्कूल-कलेज-विश्वविद्यालयको सर्टिफिकेट, निजामती कर्मचारी परिचपत्र, नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीमा जागिर खानेहरुको परिचयपत्र, पेन्सन-पट्टटा, वृद्धभत्ता थाप्नेहरु परिचयपत्र, तेस्रो लिंगी वा भिन्न क्षमता भएको परिचयपत्र आदिमा समेत ‘राई !’ छ भनी ताहुर-माहुरका साथ अन्टसन्ट भाषा बोल्दै, कू-तर्क गर्ने कथित् ‘राई !’ को वकालत गर्दै हिँड्ने ‘राई !’ जातिवाला कामरेडहरुको ठूलै समूह र भीड पनि विगत लामो समयदेखि संस्थागत ढंगले लागेका छन् । जसले साँच्चै नै बिना अध्ययन-अनुसन्धान आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, विद्धान, प्राज्ञ, विज्ञ, कार, विद, वरिष्ठ आदिका फुर्को झुन्ड्याएका वा झुन्ड्याउन लगाएका हुन् कि ? भनी शंका गर्नुपर्ने देखिन्छ । किनभने साँच्चै पढन्ते-लेखन्ते भएको, भनिएको हो भने त…जे होस्, यसरी ‘राई !’ जात वा जाति नै हो भनी वकालत गर्दै हिँड्ने ‘राई !’ कामरेडहरुको ‘राई यायोक्खा नामको (समाजकल्याण परिषद दर्ता नम्बर-२६५६ र काजिप्रका/रजिस्टर्ड नम्बर-३२८/०४९/०५० रहेको संस्था जुन छ नि, त्यसका हर्ताकर्ताहरुले ‘अब चाहिँ साँच्चै हामे टिङ्टिङे हल्लियो ?!’ भन्ने बुझे भैmँै लाग्छ । किनभने पछिल्लो जनगणनाको तथ्यांक सार्वजनिक हुने बित्तिकै उनीहरु प्रधानमन्त्री, विभागीय मन्नी, सांसद, आदिवासी जनजाति महासंघ, संवैधानिक रुपमा खडा भएको आदिवासी जनजाति आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदि धाए । पनि सञ्चालनमा रहेको छ । तर जान्नेसुन्नेहरुका अनुसार संवैधानिक रुपमा खडा भएको आदिवासी जनजाति आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले कुनै राजनीतिक दलको भातृ संगठन वा शुभेच्छुक संस्थाले जस्तो कथित् राई जातिवाला कामरेडहरु (अथवा अरु कुनै जात वा जातिको) को कुरो सुनेर, उनीहरुको कुरो मानेर पछिल्लो पटक केन्द्रीय तथ्यांक कार्यलयले सार्वजनिक गरेको तथ्यांकको विरोधमा प्रेस विज्ञप्ति जारी गर्यो, त्यसलाई कसैले पनि निको मानेका छैनन् । त्यसैले अब त आदिवासी जनजाति आयोग (आजआ) र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) को प्रयोजन पनि सकिएको हो कि ? भनी प्रश्न उठाउन सकिन्छ । प्रश्न उठाउन सकिने मात्रै होइन, यी निकायहरु खारेज गराउनेतर्पm पहल नै लिनुपर्न देखिन्छ ।

तर राई जातिका संस्थाका हर्ताकर्ता राई सर राईनी म्याडमहरु केकति कारणले कथित् ‘राई !’ जात वा जाति हो ? अकाट्य प्रमाण, तथ्य-तथ्यांक, इतिहास, वंश-परम्परा आदिसहित खुलस्त ढंगले आधारसहित सार्वजनिक रुपमा तर्क गर्नु, लेख्नु, बोल्नु, अन्तर्वार्ता दिनु, आप्mनो भनाइहरु राख्नुको सट्टा एकल काँटे ढंगले लिँडेढिपी गर्दै अभैm पनि खालि ‘एक जाति राई, २४, २५, २६, २७, २८,…, भाषी राई !’ वकालत गरिरहन्छन् । यो भनेको उनीहरुका लागि ‘दिन कटनी र माना पचनी गर्दै सोझा, सीधा किरातीहरुलाई उल्लु बनाएर पैसा झार्ने मेलो’ गर्नु मात्रै हो । तथापि पनि जानाजान राईकरणमा परेको, पारिएको वा अन्जानमै, आपैmले पनि राई लेख्दा, भन्दा असली राई अर्थात् तालुकवाला राई जस्तै ठूलो मान्छे होइन्छ भनेर सबैको आ-आप्mनो असली जातीय स्वपहिचान हुँदा हुँदै पनि ‘राई !’करणमा परेका सिंगापुर प्रहरी, बेलायती सेना, ब्रुनाईका राजाको राजप्रासादमा सर्विस बाँकी जीवनमा थप आर्थिक उन्नति हुने आशाले सर्विस गरिरहेका, देश-विदेशमा रगत-पसिना बगाएर श्रम गरिरहेका कमाई गरिरहेका हाम्रा बाजे, बोजु, बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, मामा-माइजु, काका-काकी, भाना-भाञ्जा, भतिज-भतिजी, साला-साली, भदा-भदैनीहरुले आप्mनो गाँस काटेर, छोराछोरीको पढाईलेखाईको खर्च घटाएर जसोतासो गरेर दिएको चन्दा रकम एवम् आर्थिक सहयोग लिनु र त्यसको सक्दो दुरुपयोग गर्नु उनीहरुको ‘एक मात्रै बहादुरी !’ भएको छ ।

तर पनि भविश्यमा कुनै दिन सिंगापुर प्रहरी, बेलायती सेना, ब्रुनाईका राजाको राजप्रासादमा सर्विस गरिरहेकाहरुका साथै देश-विदेशमा रगत-पसिना बगाएर श्रम गरिरहेका, कमाई गरिरहेका हाम्रा बाजे, बोजु, बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी काका-काकी, मामा-माइजु, भाना-भाञ्जा, भतिज-भतिजी, भदा-भदैनीहरुमा चेतना आएछ भनेदेखि उनीहरुले आ-आप्mनो व्यक्तिगत ईच्छा र चाहनालाई थाँती राखेर, गाँस काटेर, छोराछोरीको पढाईलेखाई खर्च घटाएर दिएको चन्दा र आर्थिक सहयोगको हर-हिसाव एक्उक गरेर अवश्य नै खोज्ने नै छन् भन्ने आशा गरौं ।

हुन पनि त्यत्रो पढालिखा भनिनेहरुले त्यो बेला ‘मुखिया’, ‘राई !’, ‘सुब्बा’, ‘देवान (दिवान)’ आदि “पद-पदवी-पगरी” पाएका ठालूबाहेक अरु (ढाक्रे वा रैती) हरुले त्यो वेला आप्mनो नामको पछाडि ‘मुखिया’, ‘राई !’, ‘सुब्बा’, ‘देवान (दिवान)’ लेख्न पाउँदैन थिए भन्ने नजानेकै, थाहा नपाएकै हुन् त ? अथवा सो कुरो जान्दाजान्दै पनि ‘जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नागरिकता, शैक्षिक प्रमाणपत्र, लालपूर्जा, बसाईँ सराई आदिमा के छ, राई छैन ? भनी लिँडेढिपी गरिरहेका छन् ? त्यसो हो भने त कुनै वेला नेपाला बेलायतका बाली राई नामका मान्छे नेपाल आएका थिए । उनी कसरी राई भए ? त्यस्तै गरेर भारतीय सिने क्षेत्रका कलाकार ऐश्वर्य राई छिन् । उनी कसरी राई भइन ? के उनी हाम्रा राई सर, राईनी म्याडमहरुका चेली वा दिदी बहिनी हुन् ? साथै नेपाल सरकारको केन्द्रीय (संघीय) मन्त्री भएका मोहम्मद इस्तियाक राई कसरी राई भए ? उता जिम्बाबेमा पनि एकपटक मोर्गान सुभाङ्गी राई नामक व्यक्ति प्रधानमन्त्र िभएका थिए । उनी कसरी राई भए ? अनि मंगोलियामा पुन्सागिईन-पुन्त्सागिइन जस राई नामक व्यक्ति पनि प्रधानमन्त्री भएको देखिन्छ । त्यहाँ कसरी राई प्रधानमन्त्री भए ? राई जातिवाला राई सर राईनी म्याडमहरुलाई यो प्रश्न गर्ने आँट गरँे है…?!

साथै कुनै बेला कथित् राई जाति र राई भाषाका बारेमा पनि वास्तविकता के हो ? भन्ने बारेमा लेखिने नै छ । इतिहास नै हेर्ने हो भने पनि पूर्वमा ‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा पर गएको देखिदैन । सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकणर् ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने ‘छ-थर क्षेत्र/भेग’का एक थरी (खेवा थरको) लिम्बुहरुको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (सेनकालमा हालको प्रधानमन्त्री वा मन्त्रीसरह र नेपालको भगौलिक एकीकरणपछि शाह राजाहरु र श्री ३ महाराज अर्थात् राणाहरुका पालामा तालुकदार वा भनौं जिम्मावालको रुपमा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको त इतिहास साक्षी छ । साथै हिजोसम्म शासकहरुले नै वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) भन्दै, लेख्दै आएको पनि हामीले बिर्सेको छैन । तर ती भूगोलका किरातीका सन्तान जो हुनेखाने, धनीमानी र स्थानीयस्तरका सरदार ! थिए, केन्द्रीय शासकका पक्का हनुमान बफादार थिए, भए उनीहरुलाई छोटे राजा वा शासक बनाउन विभिन्न पदवी र पगरीहरु सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत खम्बुका सन्तानहरुलाई ‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘राय’, ‘राइ’, ‘राई’/ ‘सुब्बा’ पदवी र पगरी दिईयो ।

स्मरण रहोस्, यस्तो “पद-पदवी-पगरी” पनि खालखालका हुन्थे । जस्तै ५ पगरी, ९ (यो पंक्तिकारले हालको खोटाङ जिल्लाको तत्कालीन नेर्पा गाउँ पञ्चायतको विभिन्न गाउँ हेर्ने ‘९ पगरी’को राईको कान्छो छोरो ललितपुरको मानभवन एरियामा भेटेको छ । यहाँ कान्छो छोरो नै किन भनिएको हो भने, राजा मरेपछि राजाको जेठो छोरो नै राजा भएजस्तै राई मरेपछि राईको जेठो छोरो नै राई हुन्थ्यो ।), ८ पगरी , पगरी १२, पगरी १६, …, …, पगरी, अमाली राई, साविक राई हुँदै ५२ पगरीसम्मको (ठूलो पदवी र पगरी) पाएको ‘राई’ वा त्यस्ता राईका जेठो छोरोहरु ब्रगेल्ती भेटिन्छ । त्यस्तै ’सुब्बा’ पनि सानो सुब्बा (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), अमाली सुब्बा (कानुन मात्रै हेर्ने, यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ ।) सुब्बा र, ठूलो सुब्बा अर्थात् मौजे सुब्बा मौलोमा राँगा मार हान्न पाउने सुब्बा थिए । ‘मुखिया’को त कुरै नगरौं । किनभने, पछिल्लो समयमा जुनसुकै जात वा जातिका मानिसहरु पनि ‘मुखिया’ भएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । यसबारेमा थप पुस्टिका लागि हेर्नुहोस्, लेखक हरि रोकाले २०६० मा हिमाल खबरपत्रिकामा लेखेको एक अनुभूतिजन्य लेख । जुन लेखमा हरि रोकाले आप्mनो ‘मुखिया’ बाबुका बारेमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार