सगरमाथा-एभरेस्ट-चोमोलुङमा हिमाल विश्वकै अग्लो हिमाल हो भन्नेमा आजभोलि कसैको पनि विमति रहेको छैन । तथापि पनि सगरमाथा कति अग्लो ? र सगरमाथाको असली नाम के हो ? भन्ने सम्बन्धमा चाहिँ विगतका दिनमा अमेरिका र केही पश्चिमा देशहरुले विवाद झिकिरहन्थे । तर पछिल्लो पटक विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रुपमा नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा सगरमाथाकोे नयाँ उचाई ८,८४८.८६ मिटर मानेको छ । तथापि पनि लिखित रुपमा चाहिँ सगरमाथाको उचाई ८,८४९ मिटर लेख्ने गरिन्छ । सगरमाथाको उचाईको घोषणा नेपालका तकालीन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यु र चीनका महामहिम राष्ट्रपति सी चिनपिङज्युले जुम मिटिङमार्पmत एकआपसमा शुभकामना सन्देश साटासाट गरेपछि नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले संयुक्त रुपमा सगरमाथाकोे उचाई ८,८४८.८६ मिटर घोषणा गर्नु भएको थियो ।
त्यसअघि ‘सगरमाथा-एभरेस्ट-चोमोलुङमा’ को आधिकारिक उचाईमा एक रुपता थिएन । किनभने नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाई ८,८४८ मिटर मान्ने गरेको थियो भने चीन सरकारले ८,८४४.४३ मिटरलाई आधिकारिक मान्ने गरेको थियो । हुन पनि नेपाल तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरुले ८,८४८ मिटरको प्रमाणपत्र पाउँथे भने, चीन तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरुले चाहिँ ८,८४४.४३ मिटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।
हुनत विश्वको सबैभन्दा अग्लो हिम शिखर ‘सगरमाथाको आधिकारिक नाम अब सगरमाथा नभएर ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने माग पनि सुन्ने गरिन्छ, सुनन थालिएको छ । तथापि यो माग धेरै नै सानो र मसिनो गरी सुनिने गरेको छ । किनभने नेपालका मुलधारका मिडिया र बुद्धिजीवीहरुले सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने माग सुन्ने बित्तिकै यो त ‘भोटे नाम (तिब्बती !) होइन र ?’ भनी प्रश्न गर्ने गरेका छन् । अर्को भनेको सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनु पर्छ भन्ने बित्तिकै ‘जातीय नामको गन्ध आयोे !’ भन्ने भनाइ पनि कताकती सुन्ने गरिएको छ । तर सगरमाथा हिमालको फेदी (दक्षिणी पाटो, नेपालतर्पm) मा आदि-अनादि कालदेखि रहँदै, बस्दै आएका आदिवासी जनजातिहरुले बोलाउँदै र पुकार्दै आएको असली र पूरानो नाम ‘चोमोलुङमा’ नै हो । नेपालका प्राचीन जातिहरुमध्ये एक ‘कुलुङ जाति’ले सगरमाथा हिम शिखरलाई ‘सोम्फोरोछा‘’ भन्छन् । तापनि राज्य पक्षका मिडिया, इतिहासकार, बुद्धिजीवी, विश्लेषक, प्रा., प्रा.डा., लेखक, आदिले ‘चोमोलुङमा’ नाम स्वीकार गर्न सकिरहेका छैनन् । तापनि पछिल्लो पटक कनकमणि दीक्षित, कुन्द दीक्षितलगायत केही लेखकले सगरमाथा हिमालबारे लेखेको आप्mनो लेख रचनाहरुमा सगरमालाई ‘सगरमाथा-चोमोलुङमा-चोमोलोङमा’ लेख्नु भएको देखिन्छ । इतिहास जेजस्तो भए तापनि आजभोलि ‘चोमोलुङमा’लाई ‘चोमोलुङमा’ नामले भन्दा ‘सगरमाथा र एभरेस्ट’ नामले नै बढी चिनिन्छ, यथार्थ हामीले स्वीकार गर्नैपर्छ । यो प्रसंगलाई यही छाडौं ।
सगरमाथाको उचाईको कुरो गर्दाखेरि यसअघि नेपाल सरकारले सन् १९५५ मा भारतले पत्ता लगाएको ८,८४८ मिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकारले चाहिँ ८,८४४.४३ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका र केही पश्चिमा देशहरुले चाहिँ सगरमाथाको उचाई ८,८५० मिटर मान्दै आएका थिए । सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) नेपाल र चीनले विज्ञहरुले सगरमाथा हिम शिखरको उचाई बढेको भन्ने भनाइलाई आधिकारिक रुपमा मान्यता दिएको थिएन । तर पछिल्लो पटक विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रुपमा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाकोे नयाँ उचाई आठ हजार ८,८४८.८६ मिटरलाई मान्यता दिएको छ ।
विश्वकै अग्लो हिम शिखर सगरमाथाको आर्थिक पक्षबारे केही लेख्ने जमर्को गरिने छ । सगरमाथा आरोहण र यसको कमाईको कुरो गर्दा सन् २०२१ को वसन्त ऋतुमा नेपाल सरकारले आरोहण अनुमतिपत्र जारी गरेवापतको सलामी रकम मात्रै ६३ करोड ५२ लाख ४९ हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै गरेर सन् २०२२ को वसन्त ऋतुमा चाहिँ सगरमाथा हिमालब आरोहणका लागि अनुमतिपत्र जारी गरेवापत सलामी रकम ७० करोड ३४ लाख ३० हजार सलामीवापत आमदानी भएको थियो भने यो वर्ष (सन् २०२३) को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पर्वतारोहीलाई अनुमति जारी गरेवापत् ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँ सलामीवापत प्राप्त गरेको छ ।
यसरी हेर्दा हरेक वर्ष लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एक पटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने !’ अठोट र सपना साँचेर विश्वका सयौं पर्वतारोहीहरु नेपाल आई रहेका छन् । खासमा भन्ने हो भने कसलाई पो विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आप्mनो ईज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आप्mनो देशको नाम विश्वभरि पैmलाउन र अजर अमर राख्न मन नहुँदो हो ? तर आजभोलि विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर आप्mनो ईज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आप्mनो देशको नाम विश्वभरि पैmलाउन र अजर अमर राख्नभन्दा पनि जसरी भए पनि सगरमाथा चढ्नैपर्ने र सगरमाथा आरोहणको व्यापार गर्ने क्रम अचाक्ली बढेकोले गर्दा धेरै पनि जसो वातावरणविद, भूगर्भविद, खोजकर्ता, पर्वतारोही र वैज्ञानिकहरु चिन्ता व्यक्त गर्न थालेको धेरै भई सकेको छ । जसले गर्दा सगरमाथा आरोहण गर्नका लागि आप्mनो व्यक्तिगत स्वास्थ्य, शारिरीक तन्दुरुस्ती, शरिरमा स्टामिनाको कमी र हिमाल चढेको (खास गरी ७ हजार, ८ हजार मिटरन्दा अग्लो हिमाल) चढेको अनुभव नभए तापनि जसरी पनि सगरमाथा चढेरै छाड्ने जिद्धिपनसहित अनभवहीन पर्वतारोहीहरुको पनि भीड लाग्न थालेको देखिन्छ ।