फाल्गुनन्द गाउँपालिका अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्बाङको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

  नयाँ बुलन्द
861 Shares

पाँचथर:  फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृज हाङ आङ्देम्बे र  उपाध्यक्ष ठाकुर सिं नेम्बाङले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका क्षेत्रहरुसमेत परेपछि आलोचना भइरहेको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो ।

‘अखण्ड भारत’ को नक्सामा बंगलादेश, पाकिस्तान र अफगानिस्तानकासमेत भू-भाग राखिएको छ । जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ । बंगलादेश र पाकिस्तानले औपचारिक रुपमा भारतसंग जवाफ मागेपनि नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

भारतले मनोमानी रुपमा नक्सा सार्वजनिक गरेपछि नेपालले पनि ग्रेटर नेपालको नक्सा प्रचलनमा ल्याउनुपर्ने आवाज उठिरहेको छ । यहीबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।  देशका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिले कार्यक्षमा नक्सा राख्दा मातृभुमि प्रतिको माया झल्कने सर्वत्र चर्चा बनेको छ ।

यसैबीच, प्रथम आमन्त्रित फाल्गुनन्द गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता उद्घाटनको अवसरसंगै अध्यक्ष आङ्देम्बे र  उपाध्यक्ष  नेम्बाङले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।  जेठ ३१ देखि संचालन भएको अध्यक्ष कप भलिबल प्रतियोगिता असार २ गते समापन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार