
१२ औं राष्ट्रिय जनगणनाको अन्तिम चरणको नतिजा हालै सार्वजनिक भएको छ । तर १२ औं राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक भएपछि केही जातिका ‘मसिहा !’ हरुको नीद हराम भएको छ, मन्थिङ्गल रन्थनिएको छ, उनीहरुमा ठूलो छटपटाहट भएको देखिन्छ । केही जातिका ‘मसिहा हामी मात्रै हौं !’ भन्ने जातिका केही मानिसहरुमध्ये कथित् राई जातिका अगुवाहरुपनि रहेका छन् । उनीहरुले आपूm र आप्mनो जमातसहित गत २१ जेठमा पत्रकार सम्मेलन नै गरेर नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत रहेको राष्ट्रिय तथ्यांक कार्यलय (रातका) ले सार्वजनिक गरेको तथ्यांक सही नभएको जनाएको छ । खास गरी कथित् राई जाति हौं भन्नेहरुको टार्गेट सुरुदेखि किराती महाजातिभित्रका कुलुङलगायत अन्य जातिको अलग्गै तथ्यांक नआवोस् भन्ने रहेको थियो । तापनि विसं २०७८ मा भएको १२ औं राष्ट्रिय जनगणनाा १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्यांक आएको छ । हुन पनि कथित् राई जातिका अगुवालगायत अन्य जातिका अगुवा हौं भन्नेहरुले राष्ट्रिय तथ्यांक कार्यलय (रातका) ले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना सम्बन्धी तथ्याकको जसरी विरोध गरेका छन्, त्यो विरोधको कुनै तुक छैन । किनभने तथ्यांक ऐन-२०७९ अनुसार ‘कुन समुदाय वा जाति हो ?’ भन्ने सम्बन्धमा गणकलाई घर मुली वा घरका कुनै सदस्यले बताएको वा टिपाएको आधारमा परिक्षण गरेर तथ्यांक प्रकाशित गर्ने अधिकार र काम राष्ट्रिय तथ्यांक कार्यलय (तत्कालीन केन्द्रीय तथ्यांक विभागलाई) को हो । नकि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरुले भने बमोजिम गर्नैपर्ने वाध्यता रहन्छ, राष्ट्रिय तथ्यांक कार्यलयका प्रमुख, विभागीय प्रमुख तथा अन्य कर्मचारीहरुलाई ।
हुन पनि लगभग एक महिना लगाएर अर्बौ-अर्ब नेपाली जनताले तिरको रकम खर्च गरेर र, लाखौं मानव पुँजी खर्च गरेर गाउँगाउँ, टोलटोलबाट गणकले सार्वभौम जनता अर्थात् घर मुली वा घरका कुनै सदस्यले बताएको वा टिपाएको आधारमा परिक्षण गरेर तथ्यांक प्रकाशित गर्ने अधिकार र काम राष्ट्रिय तथ्यांक कार्यलय (तत्कालीन केन्द्रीय तथ्यांक विभागलाई) को हुँदाहँुदै कुनै एनजिओले यसो गर, उसो नगर नत्र भने…?! भनी गरेको अह्रनखटन धम्कीअनुसार हुन्छ ? सुन्दै अचम्म लाग्ने कुरो नेपालमै हुन्छ ! धन्य पो राष्ट्रिय तथ्यांक कार्यलय (रातका) ले राई यायोक्खा नामक एनजिओले यसो गर, उसो नगर भनी गरेको अह्रनखटनअनुसार गरेन छ । जबकि फेरि पनि दोहोर्याएर भन्नु पर्दा राष्ट्रिय तथ्यांक कार्यलय (तत्कालीन केन्द्रीय तथ्यांक विभाग) ले गाउँगाउँ, टोलटोलमा गणक घटाएर ल्याएको-आएको तथ्यांकलाई जस्ताको तस्तै सार्वजनिक गर्नु नेपाली सार्वभौम जनताप्रतिको उसको इमान्दारिता हो । त्यसो त कथित् राई जातिका अगुवा हौं भन्नेहरु सहित मगर, थारु, शेर्पा, गुरुङ, तामाङ, मधेसी जात समूह र भाषाका केही ‘महिसा !’हरुले पनि तत्कालीन केन्द्रीय तथ्यांक विभागमा पटक-पटक धाएर नयाँ जातिहरु आउनै नहुने आएमा…भनेर विरोधपत्र दिएको, नारा जुलुस प्रदर्शन गरेको, हुलहुज्जत समेत गरेको हुनाले केतविका तत्कालीन महानिर्देशक तथा विभागीय प्रमुख एवम् शाखा प्रमुख ज्युहरुले भाषाविद, मानवशास्त्री, समाजशास्त्री, धार्मिक समूहका नेता तथा धर्म, संस्कृतिविदहरुलाई समेत अध्ययन गर्न दिएर पछिल्लो चरणमा जनगणनाको तथ्यांक सार्वजनिक गरेको हो । यसरी हेर्दा जस्तै गोबर गणेश र लाटोले पनि बुभ्mने त्यति जाबो कुरो पनि कतिथ् राई जातिलगायत अन्य केही जातिका अगुवाहरुले भने नबुझेको देख्दा अथवा जानजान नबुझेको अभिनय गरेको देख्दा खस नेपाली भाषामा ‘मलमुत्र त्याग्नेलाई भन्दा देख्नेलाई लाज !’ भने जस्तो भएको छ । तापनि राई जातिका अगुवा हौं भन्नेहरुले राई ‘रोईलो !’ सुरु गरेका छन् । अझ भएन, यो राई ‘रोईलो !’ आगामी १० वर्षपछि त ‘ग्वाँ-ग्वाँ गर्दै, डाँको छाडेर रुनुपर्ने !’अवस्थामा पुग्ने देखिन्छ । किनभने विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक सार्वजनिक हुनुअघि पनि कथित् राई जातिवाला कामरेड र कामरेडनीहरुले कुलुङ जातिलगायत राईकरणमा परेका अन्य किराती जातिहरुको तथ्यांक अलग्गै नआवोस् भनी ठूलो प्रपञ्च गरेको थिए । त्यति मात्रै होइन, तत्कालीन केन्द्रीय तथ्यांक विभाग (केतवि) का तालुकवाला पदाधिकारी र अन्य सामान्य कर्मचारीहरुलाई समेत धम्क्याउने, केतविको भवन नै जलाउनेसम्मका गुड्डी हाँकेका थिए । तापनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको २८ हजार ६१३ जना जनसंख्या र ३३ हजार १७० जना भाषा वक्ता संख्याको तथ्यांक आएको थियो । त्यस्तै ११ वटा अन्य किराती जातिहरुको पनि थोरथोरै भए पनि अलग्गै जनसंख्याको तथ्यांक आएको थियो ।
भविश्यमा के हुन्छ ? अहिले नै भन्न सकिँदैन । किनभने आगामी १० वर्षसम्म आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) र आदिवासी जनजाति आयोग (आजआ) रहला ? मैले हेर्दा त नरहने संभावना नै धेरै देख्छु । हुन पनि ‘आजउराप्र’ र ‘आजआ’ रहेन भने हामीलाई अरु सहज हुनेछ । किनभने यी दुवै (आजउराप्र र आजआ) रहँदासम्म राई, थारु, मगर, तामाङ, नेवार, लिम्बु, शेर्पालगायत नै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) का साथै आदिवासी जनजाति आयोग (आजआ) हाँक्न पुग्ने अथवा उनीहरुले लबिङ गरेको मान्छे नै आयोग र प्रतिष्ठानको अध्यक्ष, उपाध्यक्ष, कार्यकारी निर्देशक, सञ्चालक परिषदको सदस्य, कथित् विज्ञ भनिने सदस्यहरु नियुक्त हुने हुनाले उनीहरुले फेरि पनि हामीलाई दलन मलनमा पारिरहने छन् ।
माथि नै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांकमा पनि कुलुङ लगायत अन्य किराती जातिहरुको अलग्गै जातिगत तथ्यांक नआवोस् भनेर कथित् राई जातिका अगुवा हौं भन्नेहरुले केके गरेका थिए ? भनी धेरै ठाऊँमा लेखिएको छ । त्यसो भए तापनि विसं २०६८ को १२ औं राष्ट्रिय जनगणनामा १, कुलुङ २८ हजार ६१३ । नाछिरिङ ७ हजार १५४ । याम्फु ६ हजार ९३३ । चाम्लिङ ६ हजार ६६८ । आठपहरिया ५ हजार ९७७ । बान्तावा ४ हजार ६०४ । थुलुङ ३ हजार ५३५ । मेवाहाङ ३ हजार १०० । बाहिङ ३ हजार ९६ । साम्पाङ १ जार ६८१ । खालिङ १ हजार ५७१ । लोहोरुङ १ हजार १५३ गरी १२ वटा किराती जातिहरुको अलग्गै जातिगत तथ्यौक आएको थियो ।
त्यस्तै विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या ३३ हजार ३८८ रहेको छ भने कुलुङ भाषाका वक्ता संख्या ३७ हजार ९१२ रहेको छ । त्यस्तै आप्mनो पूख्यौंली भाषा ‘कुलुङ’ हो भनी लेख्नेको संख्या ४० हजार ४७९ रहेको छ । बान्तावा जातिको जनसंख्या १५ हजार ७१९ । चाम्लिङ जातिको जनसंख्या १२ हजार १७८ । याम्फु नौ हजार १११ । नाछिरिङ जातिको जनसंख्या सात हजार ३०० । बाहिङ जातिको जनसंख्या छ हजार ५४७ । थुलुङ जातिको जनसंख्या छ हजार २३९ । खालिङ जातिको जनसंख्या पाँच हजार ८८९ । आठपहरिया जातिको जनसंख्या पाँच हजार ८७८ । मेवाहाङ जातिको जनसंख्या पाँच हजार ७२७ । साम्पाङ जातिको जनसंख्या चार हजार ८४१ । लोहोरुङ जातिको जनसंख्या दुई हजार ५९८ रहेको छ ।
विगतमा भएका तीन वटा जनगणनाको तथ्यांक हेर्दाखेरि २०५८ मा भएको १० औं राष्ट्रिय जनगणनामा ६० गत जेठ १९ गते जात वा जाति होइन है हजुरहरु, गोरखापत्र दैनिकका सम्पादक तथा समाचार प्रमुखहरु । त्यसैले हामी कुलुङलगायत राईकरणमा परेका, पारिएका अथवा राई लेख्दा, भन्दा ठूलो होइन्छ भनेर आपैm पनि राई लेख्न र भन्न थालेका किराती महाजातिभित्रका २८ भन्दा बढी स्वतन्त्र जातिहरु विगत २०५७/०५८ देखि जातीय स्वपहिचानका लागि खास गरेर आदिवासी जनजाति सूचीमा सूचीकृत गरियोस् भनी नेपाल सरकार, नेपालका राजनीतिक दल, तिनका नेता, आदिसँग भेटेर हामे कुरो बुझाउने, माग राख्ने आन्दोलन गर्ने, जनवकाल गर्ने र लबिङ गर्ने गर्दै आएको हो, छ । तर यही कथित् राई जाति नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुकै एक पक्षीय कुरो मात्रै सुनेर नेपाल सरकार, नेपालका राजनीतिक दल, तिनका नेता, आदिले हाम्रो माग जायज हो तर…भन्दै सूचीकृत गर्ने काम गर्न सकिरहेका छैनन् । तयसैले समाचार दिँदा समाचारको…अनुसार पनि दोस्रसो पक्षको भनाइ वा.. पनि राखेर समाचार दिने, प्रकाशित गर्ने हो कि ? जे होस्, एबीसीअनुसार सँग भेटेरको मात्रै समाचार मात्रै दिनु भएन । त्यसैले गोरखापत्र दैनिक जस्तो पूरानो र जनविश्वास रहेको अनि गोरखापत्र दैनिकले सूचना र समाचार सम्प्रेषण गर्दा सही सूचना र समाचार मात्रै गर्छ भनी नजनताले विश्वास गरेको पत्रिकाले नै यस्तो समाचार ससम्प्रेषण गर्दा, दिँदा कस्तो असर पर्ला ? त्यसैले समाचार दिँदा, प्रकाशित गर्दा विचार गरेर मात्रै दिनुपर्यो, प्रकाशित गर्नु पर्यो, गोरखापत्र दैनिकका सम्पादक तथा समाचार प्रमुख ज्युहरु । खासमा राई भनेको जात वा जाति नभएर पद, पदवी पगरी मात्रै हो । जस्तै प्रधानमन्त्री मन्त्री, सचिव, उपसचिव, प्रधानन्यायधीश, न्यायधीश, वकिल, सांसद, मेयर, वडा अध्यक्ष, हबल्दार, खरदार, सरदार, मुखिया शाखा अधिकृत आदि भने जस्तो । साथै राई शब्दको व्युत्पत्ति राया, राय राइ हो । यो शब्दले सुरुमा कणर्ाली प्रदेशमा राजा भन्ने अर्थ जनाउँथ्यो । पूर्वचाहिँ सेनकालपछि मात्रै राया, राय, राइ प्रयोग भएको देखिन्छ । ऊ वेला सेन राजाहरुले स्थानीयसतरका प्रभावशाली किरातीहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीको रुपमा नियुक्त गर्ने गरेका थिए । अन्त्यमा भन्नै पर्दा कथित् राई जातिवाला राई कामरेड तथा राईनी कामरेडनीहरु, कहिलेसम्म अर्थ न बर्थको ‘राई रोईलो !’ गर्नु हुन्छ ? वेला छँदै सोच्नु होस् है ?! खस नेपाली भाषामा अलि पूरानो र जात वा जाति विशष्ोलाई होच्याएर भन्ने एउटा उखान छ ‘अर्ति भनेको घर्तीको पनि मान्नु पर्छ ।’ त्यसैले हजुरहरुले मेरो सुझाव वा सल्लाह मान्नु हुन्छ भने हामी वास्तवमा ‘एक जाति राई २८ भाषी राई होइनौं’ किनभने वास्तवमा राई जाति होइन, जाति हुनलाई त अरु जातिको भन्दा भिन्नै मातृभाषा, पिता पूर्खाले खाईखेली आएको ऐतिहासिक भूमि, इतिहास, वंशावली, वेशभुषा, परम्परागत कानुन, हामी भन्ने भावना, अरु जातिको भन्दा भिन्न चाडपर्व, रहनसहन, रीतिथिति, चालचलन आदि हुनु पर्छ, जुन हामीसँग छैन । अचम्म के भने हाम्रो (राईको) अलग्गै मातृभाषा नभएकैले गर्दा बान्तावा जातिको भाषामा हाम्रो एनजिओ नाम ‘यायोक्खा’ राखेका छौं भनी सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर अहिलेसम्म सबैसबैलाई एक जाति राई २८ भाषी राई भन्दै घुमराहमा पार्न सकेकोमा, सफल भएकोमा हामी गौरववान्तित छौं, तर अब नसक्ने भयौं । सूर्यलाई कहिल्यै हत्केलाले छेक्न सँिदैन भन्थे, हो रहेछ भनी स्वीकार गर्नु होस् । साथै ‘राई !’ जाति होइन ‘राई !’ जात, समूह वा वर्ग बनाएर अगाडि बढ्नु होस् । किनभने कुनै पनि जात, समूह वा वर्गका लागि अलग्गै मातृभाषा, वेशभुषा, संस्कार, संस्कृति, रहनसहनन, धर्म, चाडपर्व परम्परागत कानुन, हामी भन्ने भावना आदिको जरुरत पर्दैन । कि कसो हौ, राई तथा राईनी लुङा (ईः आखे ग हौ, लुङा तरेबा, तरेमा से) ज्यु हरु ?!














































