आज जेठ १५, २०८० का दिन नेपालमा १६ औं गणतन्त्र स्थापना दिवस मनाईँदै छ । विसं २०६२०६३ को राजनैतिक परिवर्तनपछि विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि विसं २०६५ मा संविधनसभाबाट विधिवत ढंगले लगभग २४४-४५ वर्ष लामो समयसम्म नेपालमा शासन गरेको शाह वंशीय राजतन्त्र हटेर-हटाएर गणतन्त्र ल्याएको-आएको हो । त्सयपछि हरेक वर्षको जेठ १५ गते सरकारले सार्वजनिक रुपमा राष्टिय विदा दिएर भव्य रुपमा गणतन्त्र दिवस मनाउने गरेको छ । सोहीअनुसार यो वर्षको जेठ १५ पनिविभिन्न कार्यक्रम गरेर १६ औं गणतन्त्र दिवस मनाई रहेकोको, मनाएको छ ।
यसै सन्दर्भमा भन्नु पर्दा हाम्रो देश नेपालमा एक थरि मान्टछेहरु हर्षेल्लासका साथ १६ औं गणतन्त्र दिवस मनाई रहेका छन् भने अर्का थरि मान्छेहरु पूर्वको (पहिलेको १ नम्बर प्रदेश) को नयाँ नाम ‘कोसी प्रदेश’लाई खारेज गरेर अर्को पहिचान झल्किने नाम राख्नु पर्छ भनेर आन्दोलन गरिरहेका छन् । हुन पनि बहुमतको नाममा एकतर्फी ढंगले (प्रदेशसभामा सामानय छलफलसमेत नगरी) लगभग साढे दुई-तीन महिना अघिदेखि पहिले १ नम्बर प्रदेश नाम रहेको प्रदेशको नाम राज्य पक्षका मानिसहरुले पहिलेको १ नम्बर प्रदेश भनिन्थ्यो, सो नाम फेरेर नयाँ नाम ‘कोसी प्रदेश’ राखे, साटाकसुटुक्कै छापामार शैलीमा । त्यसले नेपालका आदिवासी जनजाति, भाषिक समुदाय, अल्पसंख्यक रहेकाहरु, धार्मिक अल्पसंख्यक, उत्पीडित समूह आदि साहै्र दुखिःत भए, त्यति मात्रै होइन, उनीहरु आकोशित पनि भए । तर नेपालका आदिवासी जनजाति, भाषिक समुदाय, धार्मिक अल्पसंख्यक, उत्पीडित समूह आदिप्रति अनुदारवादी रुझान राख्ने नेकपा (एमाले), नेपाली कांग्रेस र आप्mनै खास राजनीतिक अडान नभएको ‘जता मल्कु उतै ढल्कु’ पाराको नेकपा (माके) का ठूला नेताहरु भने भित्रभित्रै खुसी भए । जे होस्, नेपालका आदिवासी जनजाति, भाषिक समुदाय, धार्मिक अल्पसंख्यक, उत्पीडित समूह आदिप्रति अनुदारवादी रुझान राख्ने नेकपा (एमाले), नेपाली कांग्रेस र आप्mनै खास राजनीतिक अडान नभएको नेकपा (माके) लगायत राजनीतिक दलहरुले १ नम्बर प्रदेशको नाम साटाकसुटुक तरिकाले ‘कोसी प्रदेश’ राखेपछि शासक पक्षधरका आदिवासी जनजातिहरु चाहिँ पूर्वमा हाल भई रहेकोे ‘कोसी प्रदेश’ नाम खारेजी र त्यसको सट्टा पहिचान जनित नयाँ नाम राख्नुपर्ने आन्दोलनबारे केही थाहा-पत्तो नभएझैँ गर्दै, केही पनि भएको छैन भनेझैँ ‘तैँ चुप, मैँ चुप !’ छन् । यसरी नेपालका आदिवासी जनजातिहरु दुई पक्षमा उभिएका छन् । र, डाक्टर हर्क गुरुङले ‘जनजाति सेरोफेरो’ नामक किताबको ‘जनजातीय विविधताको …छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,…विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हा पनि समा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन्’ भनेझैँ भएको छ, नेपालका आदिवासी जनजातिहरुका सन्दर्भमा पनि ।
नेपालमा आदिवासी जनजाति मूलका विभिन्न नेताहरु जो समग्र नेपालको आदिवासी जनजाति आन्दोलनमा लागेका, आप्mनो समुदायका लागि भनी केही हदसम्म आन्दोलन पनि गरेका तर, उनीहरु विभिन्न राजनैतिक दलमा रहेका कारण आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हित र जातीय स्वपहिचनभन्दा पनि लागि के गर्नु पर्छ ? भनी प्रस्ट नभएकाहरु ऋरुका लागि नै अह्रौटे, भरौटे बन्नमै गर्व गरिरहेका छन् । त्यसैले यस्ता नेताहरुले आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायका लागि केही न केही प्राप्त गर्ने, गराउने भन्दा पनि आप्mनो दल र तिनका नेताहरुको हनुमानगिरी गरेर, झोलेपोके बनेर केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ (व्यक्तिगत स्वार्थका लागि) गर्नेहरु धेरै रहेका छन् । फलतः हरेक वर्षको असोज ३ गते सरकार, राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामका साथ काठमाण्डौस्थित टुँडीखेलको सैनिक मञ्चमा संविधान दिवस मनाउँछन् । त्यस्तो कार्यक्रममा देशका शासक जात र शासक वर्गका मान्छेहरु सहभागी हुन्छन् । त्यसरी संविधान दिवस मनाउन राष्ट्र प्रमुख र राज्य प्रमुख नै उपस्थित हुन्छन् । साथै राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपोके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरु आदिवासी जनजाति, मधेसी, दलित आदिका पनि केही अगुवाहरु त्यस्तो कार्यक्रममा सहभागी हुन्छन् । तर, त्यस्तो कार्यक्रममा मनोरञ्जन दिलाउने र खुशी बनाउने काममा भने आदिवासी जनजाति, मधेसी मूल (मधेसका थारु, धिमाल, झाँगड, सन्थाल, राजवंशी, मेचे, गनगनई आदि) का केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारहरुकै बाहुल्यता हुने गरेको देखिन्छ । ती झाँकी हेर्दा लाग्छ, विचरा ती अबोध कलाकार भाई बहिनीहरुमा राजनैतिक चेतना नभए पनि उनीहरु सरकार र राज्य पक्षका मानिसभन्दा धेरै खुशी छन्, त्यसैले उनीहरु दिल खोलेर उफ्रीपाफ्री गरिरहेका छन्, त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन दिईरहेका छन्, नाचगानमा रमाई रहेका छन् ।
तर, हरेक वर्ष नेपालकै असन्तुष्ट पक्षका आदिवासी जनजाति र मधेसी (राज्यको भाषामा सानो समूह !) ले भने सुरुदेखि नै असोज ३ का दिन मनाईने दिवसप्रति असहमति राख्दै विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन् । राज्य पक्षले विसं २०७२ साल असोज ३ मा जारी भएको संविधानलाई नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट मान्छ । तर, राज्य पक्षका मान्छेहरुले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधान विरुद्ध कालो दिवसको रुपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रुपमा कार्यक्रम गरी कालो दिवस मनाई आएका छन् । हुनत विसं २०७२ को संविधान जारी भएदेखि नै राज्य र राज्यपक्षका मान्छेहरुले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । त्यसैले यो वर्ष (आउँदो असोज ३) पनि उनीहरुले त्यही गर्ने छन् । तर, नेपालका आदिवासी जनजाति, दलित तथा मधेसीहरु र, राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधान जो छ, त्यसमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरु रहेका छन् । त्यस्तै विश्वकै उत्कृष्ट भनिएको हालको संविधानमा २९ वटा धाराहरु आदिवासी जनजातिहरुका लागि विभेदकारी छन् । विसं २०७२ को संविधानमा सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरु आदिवासी जनजातिहरुलाई बहिष्करण गर्ने खालका छन् । उता ५ वटा धाराले भने नेपालका शासक मानिएका ‘आर्य-खस’ समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् भने, धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको/उल्लेख गरिएको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कँुदिएको अक्षर हो !
-सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप ।