ट्याक्टरले दुई बालिका किचेर फरार चालक पक्राउ

  नयाँ बुलन्द
476 Shares

 

पाँचथरः हिलिहाङ गाउँपालिका ७ नम्बर वडास्थित भारपामा बुधबार बिहान ट्याक्टरले किचेर दुई बालिकाको मृत्यु भएपछि फरार रहेका चालक पक्राउ परेका छन् ।

मेची राजमार्ग अन्तर्गतको उक्त स्थानमा बिहान ९:१५ बजे मे १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर जय भवानी आधारभूत विद्यालयमा गइरहेका थिए । विद्यालय  जानेक्रममा चालकको छेउमा रहेको सिटबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृत्यु हुनेमा ९ वर्षीया गंगा सुवेदी र १३ वर्षीया पुजना सुवेदी रहेका छन् ।

बालुवा बोकेको ट्याक्टरको डालीमा चढेका ११ जना विद्यार्थी मध्ये ११ वर्षीया रेश्मा बराईली र १० वर्षीया सोनिया अधिकारी घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा पाँचथरमा ल्याई उपचार भइरहेको बताइएको छ ।

ट्याक्टर चालक कुम्मायक १ स्याब्रुम्बा निवासी १९ वर्षीय प्रेम बहादुर कामी (घिमिरे) तत्काल फरार थिए । प्रहरीले खोजी कार्य तीब्र बनाए पश्चात् दिउँसो २:५५ बजे फिदिम नगरपालिका ११ नम्बर वडाको हेवाखोला ‘ए’ आयोजना नजिकै खोलामा नुहाउँदै गर्दा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार