नेपालका आदिवासी जनजाति आन्दोलनः हो भन्नेहरु उफ्रिदै गर्छन्, होइन भन्नेहरु…

  निनाम लोवात्ती  215 पटक हेरिएको

निनाम लोवात्ती

मथि राखिएको शीर्षक मेरौ आप्mनो मौलिक नभएर डाक्टर हर्क गुरुङले आप्mनो किताब ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर-२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,…विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन्’ भन्ने वाक्यांशबाट लिएको हुँ, राखेको हुँ । हो, अहिले नेपालका आदिवासी जनजातिहरुको हकमा डाक्टर हर्क गुरुङले आप्mनो किताब ‘जनजाती सेरोफेरो’मा लेखेको जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,…विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन्’ भन्ने झैँ भएको छ, अथवा भनौ. ठ्याक्कै मिलेको देखिन्छ ।

जस्तो कि लगभग दुई महिनाअघि १ नम्बर प्रदेशको नाम साटाकसुटुक तरिका (छापामार शैलीमा) ले राज्य पक्षका अनुदारवादी रुझान राख्ने नेपालका ठूला दलहरु जस्तै नेकपा (एमाले), नेपाली कांग्रेस र आप्mनै खास राजनीतिक अडान नभएको ‘जता मल्कु उतै ढल्कु’ पाराको नेकपा (माके) ले १ नम्बर प्रदेशको नाम साटाकसुटुक तरिकाले ‘कोसी प्रदेश’ राखेपछि शासक पक्षधरका आदिवासी जनजातिहरु पूर्वमा भई रहेको ‘कोसी प्रदेश’ खारेजी र त्यसको सट्टा पहिचान जनित नयाँ नाम राख्नुपर्ने आन्दोलनलाई थाहा नभएझैँ गर्दै, केही पनि भएको छैन भनेझैँ ‘तैँ चुप, मैँ चुप !’ छन् भने जातीय स्वपहिचान र समावेशीकरण पक्षधरका आदिवासी जनजातिहरु लगभग दुई महिनादेखि आन्दोलनरत छन् । यसरी नेपालका आदिवासी जनजातिहरु दुई पक्षमा उभिएका छन् । र, डाक्टर हर्क गुरुङले भनभेmँ ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ,…विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हा पनि समा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन्’ भने झैँ भएको छ, पूर्वी नेपालमा ।

हुनत नेपालमा आदिवासी जनजाति मूलका विभिन्न नेताहरु जो समग्र नेपालको आदिवासी जनजाति आन्दोलनमा लागेका, आप्mनो समुदायका लागि भनी केही हदसम्म आन्दोलन पनि गरेका तर, उनीहरु विभिन्न राजनैतिक दलमा रहेका कारण आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हित र जातीय स्वपहिचनभन्दा पनि लागि के गर्नु पर्छ ? भनी प्रस्ट नभएकाहरु ऋरुका लागि नै अह्रौटे, भरौटे बन्नमै गर्व गरिरहेका छन् । त्यसैले यस्ता नेताहरुले आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायका लागि केही न केही प्राप्त गर्ने, गराउने भन्दा पनि आप्mनो दल र तिनका नेताहरुको हनुमानगिरी गरेर, झोलेपोके बनेर केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ (व्यक्तिगत स्वार्थका लागि) गर्नेहरु धेरै रहेका छन् । फलतः हरेक वर्षको असोज ३ गते सरकार, राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामका साथ काठमाण्डौस्थित टुँडीखेलको सैनिक मञ्चमा संविधान दिवस मनाउँछन् । त्यस्तो कार्यक्रममा देशका शासक जात र शासक वर्गका मान्छेहरु सहभागी हुन्छन् । त्यसरी संविधान दिवस मनाउन राष्ट्र प्रमुख र राज्य प्रमुख नै उपस्थित हुन्छन् । साथै राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपोके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरु आदिवासी जनजाति, मधेसी, दलित आदिका पनि केही अगुवाहरु त्यस्तो कार्यक्रममा सहभागी हुन्छन् । तर, त्यस्तो कार्यक्रममा मनोरञ्जन दिलाउने र खुशी बनाउने काममा भने आदिवासी जनजाति, मधेसी मूल (मधेसका थारु, धिमाल, झाँगड, सन्थाल, राजवंशी, मेचे, गनगनई आदि) का केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारहरुकै बाहुल्यता हुने गरेको देखिन्छ । ती झाँकी हेर्दा लाग्छ, विचरा ती अबोध कलाकार भाई बहिनीहरुमा राजनैतिक चेतना नभए पनि उनीहरु सरकार र राज्य पक्षका मानिसभन्दा धेरै खुशी छन्, त्यसैले उनीहरु दिल खोलेर उफ्रीपाफ्री गरिरहेका छन्, त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन दिईरहेका छन्, नाचगानमा रमाई रहेका छन् ।

तर, हरेक वर्ष नेपालकै असन्तुष्ट पक्षका आदिवासी जनजाति र मधेसी (राज्यको भाषामा सानो समूह !) ले भने सुरुदेखि नै असोज ३ का दिन मनाईने दिवसप्रति असहमति राख्दै विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन् । राज्य पक्षले विसं २०७२ साल असोज ३ मा जारी भएको संविधानलाई नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट मान्छ । तर, राज्य पक्षका मान्छेहरुले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधान विरुद्ध कालो दिवसको रुपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रुपमा कार्यक्रम गरी कालो दिवस मनाई आएका छन् । हुनत विसं २०७२ को संविधान जारी भएदेखि नै राज्य र राज्यपक्षका मान्छेहरुले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । त्यसैले यो वर्ष (आउँदो असोज ३) पनि उनीहरुले त्यही गर्ने छन् । तर, नेपालका आदिवासी जनजाति, दलित तथा मधेसीहरु र, राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधान जो छ, त्यसमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरु रहेका छन् । त्यस्तै विश्वकै उत्कृष्ट भनिएको हालको संविधानमा २९ वटा धाराहरु आदिवासी जनजातिहरुका लागि विभेदकारी छन् । विसं २०७२ को संविधानमा सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरु आदिवासी जनजातिहरुलाई बहिष्करण गर्ने खालका छन् । उता ५ वटा धाराले भने नेपालका शासक मानिएका ‘आर्य-खस’ समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् भने, धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको/उल्लेख गरिएको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कुँदिएको अक्षर हो !

-सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार