शिक्षाविद् युद्धप्रसाद लामिछानेको नजरमा सिंहदेवी मा.वि.आमचोक

  नयाँ बुलन्द
2.3k Shares

प्रजातन्त्रको शुभबिहानीले मुलुकभरी शैक्षिक जागरणको लहर फैलियो ।

यहि सौभाग्यमा पहाडकी रानी भनेर चिनिएको इलाम जिल्लाको पश्चिमी भेगमा पर्ने आमचोक पनि अछुतो रहेन। तत्कालिन ने.का.नेता गणेश रिजाल साथै आमचोकका अग्रज अभिभावकहरु हरिभक्त पौडेल,टीकाराम ढकाल,दलबहादुर पौडेल,महासिंहपाण्डे,बिष्णुकान्त लामिछाने,मधुसोधन लामिछाने,लक्ष्मीभक्त लामिछाने,मतपसिंह पाण्डे,हरिप्रसाद लुईटेल, गुण्डा गिरी, रंगलाल सुवेदी(सन्ततिहरुले वहाँको नाममा विद्यालयको परिसरमा प्रवेशद्वार समेत बनाई दिए),नैनसिंहपाण्डे,धनवीर खड्का,असारसिंह लिम्बू,कविराज लिम्बू,नारायण थापा(कोलबोटे),केशरबहादुर कार्की,हेमकर्ण कार्की,जसकर्ण दर्नाल,इन्द्रवीर लकान्द्री,मनबहादुर राई,रणबहादुर राई,मानबहादुर पुलामी र दुर्गा रिजाल (मेहेलबोटे) हरुको प्रयासले वि.सं. २००८ सालमा श्री सिंहदेवी मिडिल स्कुल स्थापना भयो। आमचोकमा सिंहदेवी मिडिल स्कुल स्थापना हुँदैगर्दा विद्यालयको नेतृत्व लिन मणिकुमार प्रधान पहिलो हेडमास्टर हुनुभयो।

क्रमशः नरेन्द्रबहादुर पौडेल,देउनारायण प्रधान,गोबिन्द प्रधान,बलबहादुर थापा,धर्म गौतमहरुले हेडमास्टर भएर मिडिल स्कूलको नेतृत्व लिनुभयो। यहाँका अग्रज अभिभावक,शिक्षक र स्थानीय जनप्रतिनिधिहरुको अथक प्रयासमा हेडमास्टर धर्म गौतमको नेतृत्वमा वि.सं.२०२१ सालमा सिंहदेवी मिडिल स्कुल स्तरोन्नति भएर सिंहदेवी हाई स्कुलको रुपमा स्वीकृति भई १० कक्षासम्म विद्यार्थीहरुले अध्ययन गर्ने सौभाग्य पाए। विद्यालय हाईस्कूल भइसकेपछि हेडमास्टरको रुपमा बीरवल श्रेष्टले नेतृत्व लिनुभयो। त्यसपछि क्रमशः शम्भू श्रेष्ट,रामदेवशर्मा,धर्मबहादुर पाण्डेहरुले हेडमास्टरको रुपमा विद्यालयको नेतृत्व लिनुभयो। २०२४ साल वैसाख १ देखि रामदेव शर्माको हेडमास्टरको नेतृत्वमा सिंहदेवी नि:शुल्क हाईस्कूलको रुपमा विद्यालय चल्यो। जब राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८) इलाम जिल्लामा वि.सं. २०३० मा लागू भयो त्यतिखेर यो हाईस्कूल खुम्चेर निम्न माध्यमिक विद्यालय हुन पुग्यो र प्रधानाध्यापकको रुपमा धर्मबहादुर पाण्डेले नेतृत्व लिनु भयो। त्यसपछि प्रधानाध्यापकको रुपमा रमेशप्रसाद रेग्मीले विद्यालयको नेतृत्व लिनुभयो। वहाँ र तत्कालिन आमचोक गाउँपञ्चायतका प्रधानपञ्च एवं विद्यालय सहयोग समितिका अध्यक्ष टीकाराम ढकालज्यूको विशेष पहलमा क्षे.शि.नि.पूर्वाञ्चलको निर्णयले वि.सं.२०३२ सालमा माध्यमिक तहको स्वीकृति पायो। त्यसपछि भानुभक्त भट्टराई यस विद्यालयको प्रधानाध्यापकको रुपमा नेतृत्व लिनु भयो। अनि जगत बहादुर बोहोरा,चित्रदेव कट्टेल,केशवप्रसाद रिजाल,त्रिलोचन रेग्मी,दधिराम लामिछाने,जगतबहादुर नेपाली,जयनारायण राई,नारायण खड्का र मोतिखर पोख्रेलले प्रधानाध्यापकको रुपमा नेतृत्व लिंदै आउनु भएको छ। शिक्षक,अभिभावक,प्रधानाध्यापक ,जनप्रतिनिधि, विद्यालय ब्यबस्थापन समिति र स्थानीय पार्टी नेताज्यूहरुको अथक प्रयासमा २०६५ सालमा विद्यालयले १२ कक्षासम्मको अध्ययन अध्यापन गर्ने स्वीकृति पायो। विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्नुपर्ने आवश्यकता खड्किएकोले शिक्षक,प्रधानाध्यापक,बुध्दिजीवी,जनप्रतिनिधि तथा अग्रज अभिभावकहरुको अग्रसरतामा २०७६ साल माघ २१ देखि २९ गतेसम्म पूर्वशिक्षक अनिरुद्र लामिछानेज्यूको अध्यक्षतामा श्रीमद्भागवत पुराण सप्ताह महायज्ञ आयोजक समितिले सफलता पूर्वक महायज्ञ सु-सम्पन्न गरियो। कृषि सम्बन्धित प्राबिधिक शिक्षा र भौतिक संरचना ब्यबस्थित गर्न यस महायज्ञले निक्कै सहयोग पुर्यायो। वि.सं. २०७६ साल देखिनै  कृषि प्राविधिक शिक्षाको पढाइ संचालन भयो। विद्यालयको विभिन्न क्षेत्रको मूल्याङ्कन गरि नेपाल सरकारबाट नमूना मा.वि.को रुपमा वि.सं. २०७८ सालमा घोषणा भई विभिन्न संरचनाहरु तयार भइरहेछन् र हुनेछन्। विद्यालय विकासको लागि जनप्रतिनिधि र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुको देन कम छैन।  विद्यालय संचालक समिति,सहयोग समिति र ब्यबस्थापन समितिका अध्यक्षज्यूहरुको नामावली यस प्रकार छ ।

१)हरिभक्त पौडेल २)डम्बर ब. राई ३)टीकाराम ढकाल ४)नारायण थापा(कोलबोटे) ५)चन्द्रबहादुर पाण्डे ६)दधिराम ढकाल ७)थुमनाथ लामिछाने ८) बमबहादुरकार्की(लुङसुङदाङ) ९) टेकबहादुर पाण्डे  १०)शेखरचन्द्र लामिछाने ११)प्रेमराज लिम्बू(लुङसुङदाङ) १२)यामप्रसाद अधिकारी १३)…… १४)अनिरुद्रलामिछाने(संयोजक जेष्ठ सदस्य बि.ब्य.समिति) १५)लक्ष्मण घतानी (वर्तमान समयमा पनि यामप्रसाद अधिकारी बि.ब्य. समिति अध्यक्ष हुनुहुन्छ)।

जनप्रतिनिधिज्यूहरु १)प्रधानपञ्च हरिभक्त पौडेल  २) टीकाराम ढकाल  ३)चन्द्रबहादुर पाण्डे  ४)गुण्डा गिरी ५)धर्म बहादुर पाण्डे ६)असार सिंह लिम्बू(थेगिम)  ७)गा.बि.स. अध्यक्ष बमबहादुर कार्की ८) नयाँ संरचना पछिको फाकफोकथुम गा.पा. अध्यक्ष राम श्रेष्ट र हाल ९) दीपेन्द्र खनाल हुनुहुन्छ । विद्यालयको ब्यबस्थित वातावरण सृजना गर्न जनप्रतिनिधिज्यूहरु अहोरात्र खटिरहनु भएको देखिरहेका छौं । भरखरै विद्यालयको ऐतिहासिक उपलब्धीनै भन्नुपर्छ। विद्यालय परिसरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ फाल्गुन २३,२४ र २५ गते जिल्लाभरका खेलाडीहरुलाई ब्यबस्थित रुपमा प्रतिस्पर्धा सम्पन्न भयो।यसको श्रेय फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल,३नं.वडा समितिका अध्यक्ष दीपेन्द्र लिम्बू,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला,बि.ब्य.समिति अध्यक्ष यामप्रसाद अधिकारी तथा प्रधानाध्यापक,शिक्षक,आमचोकबासी,खेल संचालक तथा इलाम जिल्लाका पालिकाहरु र खेलाडी भाईबहिनीहरु र स्थानीय विद्यार्थीहरुलाई जान्छ। यसकार्यले फाकफोकथुम गाउँपालिकाकै इज्जत बढेकोछ।

सिंहदेवी माध्यमिक विद्यालयको भबिष्य उज्जल छ। आउँदा दिनहरुमा सिर्जनशील नेतृत्वकारी नक्षेत्रहरुको उपस्थितिले विद्यालयको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुनेछ।

धन्यवाद,

युद्धप्रसाद लामिछाने

पूर्व विद्यार्थी एवं शिक्षक -सिंहदेवी मावि आमचोक,इलाम

पूर्वसदस्य-जिल्ला शिक्षा समिति,इलाम

हाल शिवसताक्षी नपा वडा नम्बर २ बेङ्डुक्रा,झापा

(पुर्ख्यौली थलो फाकफोकथुम -३ आमचोक,इलाम)

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार