माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा पालिकास्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत तिनवटा विधामा प्रतियोगिता संचालन भएका छन् ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता, ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि पाठ्यक्रममा आधारित हाजिरिजवाफ प्रतियोगिता र ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि सुचना प्रविधिको प्रयोग र महत्चको विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन भएको छ ।
माङसेबुङ गाउँपालिका युवा तथा शिक्षा, युवा तथा खेलकुद शाखको आयोजनामा भएको प्रतियोगितामा चित्रकला प्रतियोगितामा छात्रतर्फ गजुरमुखी आधारभूत विद्यालय माङसेबुङ १ र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय माङसेबुङ ५ भालुटार प्रथम भएको छ ।
हाजिरीजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय प्रथिम, ईभाङ माध्यमिक विद्यालय द्वितीय र रत्नदेवी आधारभूत विद्यालय तृतीय भएका छन् ।
त्यस्तै वकृत्वकला प्रतियोगितामा महेन्द्रोदय माध्यमिक विद्यालय प्रथम, ईभाङ माध्यमिक विद्यावय द्वितीय र चिसोपानी माध्यमिक विद्यालय तृतीय भएका छन् ।
विजेता तथा उपविजेताहरुलाई कप र प्रमाणपत्र प्रदान गरिएको थियो ।
माङसेबुङ गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानलगायतको उपस्थिती थियो ।
कार्यक्रमको संचालन युवराज दाहाल र स्वागत युवराज खनालले गरेका थिए ।
यसैबीच सोही कार्यक्रमका अवसरमा २०७८ को माध्यमिक शिक्षा परिक्षा (एसईई) मा संस्थागत विद्यालयका तर्फबाट जिल्ला प्रथम भएकी नवप्रतिभा ऐकेडेमी माङसेबुङ ६ की छात्रा गृस्मा राईलाई नगद ५० हजार रुपैयाँसहित गाउँपालिकाले सम्मान गरेको छ । सामुदायिक विद्यालयतर्फ चिसोपानी माध्यमिक विद्यालय माङसेबुङ ६ का छात्र प्रजल रोक्का र महेन्द्रोदय माध्यमिक विद्यालय माङसेबुङ १ की छात्रा सोनिया योङहाङलाई नगद ५ हजारसहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
यता एसईई उत्तीर्ण विद्यार्थीलाई गाउँपालिकाले सम्मान गर्ने क्रममा सामुदायिक विद्यालयलाई भन्दा संस्थागत विद्यालयलाई प्राथिमकता दिएको भन्दै आलोचना सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उकानका लागि सामुदायिक विद्यालयलाई नै प्राथमिकता दिनुपर्नेमा संस्थागत विद्यालयलाई प्राथमिकता दिएको भन्दै गाउँपालिकाको आलोचना भएको हो ।
संस्थागत विद्यालय नवप्रतिभा ऐकेडेमीको तर्फबाट २०७८ को एसईईमा ‘ए प्लस’ जिपीए प्राप्त गरेकी गृस्मा राई जिल्ला प्रथम भएकामध्येका एक हुन् । उनले गाउँपालिकाबाट ५० हजार नगद पाएकी छन् । उता सामुदायिक विद्यालय चिसापानी माध्यमिक विद्यालयको तर्फबाट २०७८ को एसईईमा ‘ए’ जिपीए प्राप्त गरेका प्रजल रोक्काले ५ हजार र महेन्द्रोदय माध्यमिक विद्यालयकी सोनिया योङहाङले नगद ५ हजार मात्र प्राप्त गरेका छन् ।