सोमबारदेखि पवित्रहाङमा कप, सम्पूर्ण तयारी पूरा

  नयाँ बुलन्द
511 Shares

फाइल तस्वीर

माङसेबुङ : इलामको माङसुबङमा सोमबारदेखि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजना हुने  प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ‍समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामाले गर्नेछन् । उद्घाटनमा किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको उपस्थिती रहनेछ ।

प्रतियोतिताको उद्घाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच हुनेछ ।

प्रस्तावित आङमानन्द रंगशाला संचालन हुने  प्रतियोगितामा नेपाल र भारतका १० महिला फुटबल टिमहरुको सहभिगता रहनेछ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा सहभागी छन् ।

यस्तै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफएफसी दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले नगद एक लाख एक सय ६७ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल ३ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार