बढेको जीवन बीमा पोलिसी र घटेको एजेन्ट संख्या               

  निनाम लोवात्ती
63 Shares

निनाम लोवात्ती

गत साउन ३० गते ‘अर्थ सन्सार’ अनलाइनमा आएको समाचारअनुसार असार मसान्तसम्ममा नेपालमा ४१ दशमलब २१ प्रतिशत नेपालीहरुले जीवन बीमा गरेका छन् । तर, त्यो संख्या एकै प्रकारका (सावधिक जीवन बीमा) जीवन बीमा पोलिसी नभएर विभिन्न प्रकारका जीवन बीमा पोलिसीहरु हुन् । किनभने, जीवन बीमामा चार प्रकारका क्याटगोरीहरु रहेका हुन्छन् । जस्तो म्यादी जीवन बीमा, लघु म्यादी जीवन बीमा, वैदेशिक रोजगार जीवन बीमा र सावधिक जीवन बीमा । त्यस्तै गत कात्तिक ३ गते, विसं २०७९ को मितिमा ‘इन्स्योरेन्स खबर’ अनलाइनमा प्रकाशित भएको अर्को एक समाचारअनुसार नेपालमा जीवन बीमा गराउने अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका मध्ये ४२ प्रतिशत अभिकर्ताले आप्mनो लाईसेन्स नवीकरण गरेनन् । समाचारमा जनाईएअनुसार माथिको तथ्यांक २०७९ असोज महिनाको अन्तिमसम्मको हो ।

यसरी तथ्य-तथ्यांकहरु हेर्दा एकातिर बीमा गर्ने बीमितहरुको संख्या बढेको देखिन्छ भने, बीमितहरको घर-आँगनमा गएर मानिसहरुलाई बीमा गराउन प्रोत्साहित गर्ने-दिने अभिकर्तामध्ये ४२ प्रतिशत संख्या निष्क्रिय रहेको देखिएको छ । जीवना बीमा सम्बन्धी जानकारहरुका अनुसार जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ता (एजेन्ट) मध्ये यसरी ४२ प्रतिशतले आप्mनो लाईसेन्स नै नवीकरण नर्गनुको कारण के हो भने, ‘नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, बीमा गराएवापत आउने कमिसनले गुजारा गर्ने, जीवनमा आई पर्ने आर्थिक कठिनाईलाई समाधान गर्ने एक माध्यम बनाउने, सर्वसाधारण मानिसहरुलाई जीवन बीमाबारे बुझाउने, जीवन बीमा सम्बन्धी महत्वपूणर् ज्ञान दिनुका साथै व्यापक रुपमा जनचेतना पैmलाउने कार्यमा सहभागी हुनेभन्दा पनि आपूmले गर्ने जीवन बीमाको कमिसन अरुलाई किन दिने ? भनी आप्mनो जीवन बीमा गरेको कमिसन आपैm खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेका हुनाले त्यसता अभिकताृ अर्थात् एजेन्टहरुले आप्mनो अभिकार्तको लाईसेन्स नवीकरण नगरेका हुन् ।’

हुनत यसरी मानिसहरुलाई उल्टो बुद्घि दिने पनि जीवन बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरु नै हुन भन्ने भनाइ रहेको छ । त्यस्तो उल्टो बुद्धि दिने अभिकर्ता पनि कस्ता अभिकर्ता हुन् ? किनभने, मैले (यो लेखको पंक्तिकारले) नेपालमा ठीक-ठीकै बिक्ने दुई वटा दैनिक पत्रिकामा कार्यरत कामरेडहरुलाई जीवन बीमा गरौं न भनी आग्रह गर्दा उनीहरुले आप्mनो साथीहरुले अरुलाई किन कमिसन खान दिन्छौ, “त्यत्रो कमिसन आउँछ !” त्यसैले तिमी आपैm तालिम गरेर अभिकर्ता बन, ‘आप्mनो, आप्mनो परिवार र आप्mनो नातागोताको जीवन बीमा पनि आप्mनै कोडमार्पmत गर, कमिसन त मालामाल ! भनी निःशुल्क बुद्घि ‘बरो’ गरे रे ! भनी सुनाएका थिए । अब त राष्ट्रिय बीमा समितिले पनि सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई आप्mनो लाईसेन्स नवीकरण गर्नक गत असोज मसान्तसम्मको म्याद दिएको थियो । सो मितिसम्म विभिन्नि जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) अभिकर्ताले मात्रै आप्mनो लाईसेन्स नवीकरण गरेका छन् । यसरी नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएका अभिकर्ता (एजेन्ट) मध्ये ४२ प्रतिशतले आप्mनो लाईसेन्स नै नवीकरण नर्गनुको खास कारण के हो त ? सम्बन्धित सरोकारवाला निकायहरुले खोज्नुपर्ने देखिन्छ । किनभने, यो पंक्तिकारले देखेअनुसार र अनुभव गरेअनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, त्यसैले (बीमा गराएवापत आउने कमिसनले) गुजारा गर्ने, आर्थिक रुपमा जीवन बीमा अभिकर्ता भएरै आप्mनो आर्थिक संकटलाई भरथेग गर्ने एक सशक्त माध्य बनाउने, जीवन बीमा सम्बन्धी ज्ञान अरुलाई पनि लिने दिने र आपूmले जीवन बीमाका सम्बन्धमा नजानेका अथवा जान्न, सिक्न बाँकी रहेका कुरोहर जानने बुभ्mने, जीवन बीमाका सम्बन्धमा व्यापक रुपमा जनस्तरमा जनचेताना पैmलाउने आदि उदेश्य लिएरभन्दा पनि आपूmले गर्ने जीवन बीमाको कमिसन अरुलाई किन खान दिने ? भन्ने माथि एक प्रसंगमा भनिएझैँ एक छिनको क्षणिक फाइदा मात्रै हेर्ने प्रविद्यि-प्रविद्घि भएका (छोटो बुद्घि भएका अभिकर्ता बन्नेहरु !) अभिकर्ता बन्नेहरु धेरै भएकोले गर्दा हो । त्यसैले त हाल (गत वर्ष) सम्म दुई लाख ५० हजार जनाले जीवन बीमा सम्बन्धी तालिम लिएर जीवन बीमा अभिकर्ता बनेको तथ्यांक रहेको देखिए तापनि ती मध्ये एक लाख पाँच हजार जना जीवन बीमा अभिकर्ताहरुले आप्mनो लाईसेन्स नवीकरण गरेनन् । यो संख्या आगामी दिनमा झनै घट्ने देखिन्छ ।

हालसम्म यो पंक्तिकारले जीवन बीमा एजेन्ट भएर काम गरेको अनुभव र मेरो व्यक्तिगत विचारको आधारमा केही भन्नु पर्दा वा लेख्नु पर्दा लाईफ इन्स्योरेन्स कम्पनी, ननलाईफ इन्स्योरेन्स कम्पनी र रि-इन्सयोरेन्स कम्पनीका साथै सम्बन्धित सरोकारवाला निकायले लाईफ, ननलाईफ र पुनर्बीमा, तीनै क्षेत्रमा बीमा अभिकर्ता बन्न चाहनेहरुका लागि केही न केही पूर्व सर्त लागू गर्नुपर्ने र, ती पूर्व सर्तहरु पूरा नगरेको खण्डमा अर्को वर्ष स्वतः लाईसेन्स खारेज हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । उदाहरणका लागि यहाँ केही नमुनाहरु प्रस्तुत गरौं । जस्ते मानौं कि कुनै व्यक्ति जीवन बीमा सम्बन्धी तालिम लिएर अभिकर्ता बन्यो । त्यसरी जीवन बीमा अभिकर्ता बनेपछि उसले (अभिकर्ताले) एक वर्षमा कम्तिमा ५० हजार प्रिमियम ल्याउनैपर्ने वा ३ जना व्यक्तिलाई जीवन बीमा गराउनैपर्ने सीमा वा पूर्व सर्त राख्न सकिन्छ । अन्यथा अर्को वर्ष उसको लाईसेन्स नवीकरण स्वतः खारेज हुने अथवा लाईसेन्स नवीकरण नहुने व्यवस्था गर्न सकिन्छ । निचोडसहित भन्नु पर्दा समग्र बीमासँग सम्बन्धित निकायले यो छोटो लेखमा उल्लेख गरेअनुसार केही व्यवस्थाहरु गर्न सकेको खण्डमा एकैचोटि-एकैपटक ४२ प्रतिशतसम्म जीवन बीमा अभिकर्ताले आप्mनो लाईसेन्स नै नवीकरण नगर्ने प्रविद्घिमा पनि स्वतः कमी आउला कि ? साथै नेपालमा कार्यरत जुनसुकै जीवन बीमा कम्पनीहरुले आप्mनो कम्पनीमा यति संंख्यामा अभिकर्ताहरुले तालिम लिएका छन्, भनी अरु जीवन बीमा कम्पनीको भन्दा आप्mनो  कम्पनीको संख्या धेरै देखाउनका लागि मात्रै भन्दा पनि कम संख्या भए पनि जीवन बीमा राम्रो सँग बुझेको वा बुभ्mन चाहने, अभिकर्ता तालिम लिई सकेपछि कम्तिमा आप्mनो, आप्mनो परिवार र नजिकका नातागोताको पनि जीवन बीमा गराउने सक्ने, जुनसुकै समयमा पनि बीमित हुन चाहने व्यक्तिले बोलाएको समयमा उपस्थित हुन सक्ने साथै तालिम अवधिभर समय दिएर सुन्ने धैर्यता भएका र भित्री मनैदेखि सिक्न चाहने मानिसहरुलाई मात्रै जीवन बीमा एजेन्ट बन्न प्रोत्साहित गर्ने हो कि ? अन्यथा जो पायो त्यो व्यक्तिलाई अभिकर्ताको तालिम दिँदा बीमा कम्पनीको कापी र कलमको मात्रै नाश हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार