धनकुटा महोत्सवमा भिड अनियन्त्रित भएर नौ जना भन्दा बढी घाइते

  नयाँ बुलन्द
784 Shares

इलाम: धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले बताए। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।-धनकुटा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार