चाईनीज पर्यटक उडान थप्ने कि ?

  निनाम लोवात्ती
259 Shares

निनाम लोवात्ती

हुनत नेपाली पर्यटनको इतिहास हेर्दा अहिले (२२, २३ वर्षको अवधिमा) त हामीले नेपालमा वर्षेनी २० लाख, २५ लाख, ३० लाख ३५ लाख, ४० लाख,…लाख पुर्याउने नारा दिन थालेका छौ । तर, कसरी त्यत्रो संख्यामा वार्षिक रुपमा विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने ? हामीसँग योजना र नीतिगत निणर्यहरु चाहिँ छैन । भएका केही योजनाहरु पनि कार्यन्ययनमै आउँदैनन् । यसै सन्दर्भमा यो लेखमा नेपालमा चिनियाँ पर्यटकको संख्या कसरी बढाउने ? चिनियाँ पर्यटकको कुरो गर्दा चीन सरकारको मातहत रहेको र चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित एक संस्था ‘चाईना आउटबाउन्ड टुरिज्म रिसर्च ईन्स्टिच्युट (कोटरी) ले हालै प्रकशाति गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १७० मिलियन चिनियाँ नागरिक पर्यटक भएर घुम्न निक्लिएका थिए । त्यस्तै सो वर्ष चिनियाँ पर्यटकहरु विश्वका विभिन्न देश घुम्ने क्रममा २५४ दशमलब ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । हुन पनि धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरु विश्वमा घुम्न निक्लने र विश्वकै धेरै खर्च गर्ने पर्यटकमा चिनियाँ पर्यटकहरु दरिएपछि आप्mनो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि विभिन्न देशले चिनियाँ पर्यटकका लागि अनेक खाले सहुलियत र प्याकेज ल्याएको देखिन्छ । जस्तो पूर्वी युरोपमा अवस्थित एक देश अल्बानियाले केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा घुम्न दिने गरेको छ ।

हामीले पनि धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउन चीन सरकारसँग चीनको ठूलो र धेरै जनसंख्या भएका सहरमा  हवाई उडान गर्न आग्रह गर्न सकिन्छ । जस्तै चोङकिङ , साङघाई , बेईजिङ, चेङदु, ग्वाङ्जाओ, सेनजेन, बुहान, सुजोउ, लिनयी, हार्बिन, सिजिया,  जुवाङ, ह्वाङ् जाओ, झेङचोउ, सियान, ग्वाङजोङ, हान्झाङ, क्विङ्ताओ, बाओदिङ, बेईपाङ । बेनजोउ आदि सहरहरु । माथि उल्लेख गरिएका चिनियाँ ठूला सहरमा ८० लाख भन्दा बढी चिनियाँ जनताको वसोबास रहेको छ । यसो कल्पना गरौं त !? शून्य दशमलब १ प्रतिशत मात्रै चिनियाँहरु नेपालमा पर्यटक भएर भ्रमण गर्न आए भने कति होला ? त्यस कामका लागि चिनियाँ एयरलाईन्सहरु साउथ चाईना एयर, चाईना ईस्टर्न, एयर चाईना, हाईनान एयरलाईन्स, शाङघाई एयरलाईन्स, साङदोङ एयरलाईन्स, सिचुआन एयरलाईन्स आदिलाई हप्ताको ८-१० उडान हप्तामा गराउन सके कस्तो हुँदो हो । चीनले सरकारीस्तरमै नेपाल चियिाँ नागरिकहरुलाई ‘नेपाल जाऊँ अभियान चलाएा सुनमा सुगन्ध नै हुन्थ्यो । हामी यो काम चीन सरकारलाई भनेर आग्रह गरेमा संभव हुने का नै हो । हवाई उडानको कुरो गर्दा चीनबाट नेपाल हप्तामा २२-२३-२४-२५-२६-२७ उडानसम्म गराउन पाए अझ राम्रो हुन्छ । नेपालबाट पनि नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स लगयात अन्य एयरलाईन्स कम्पनीलाई चीनको विभिन्न सहरमा उडान गर्न प्रोत्साहित गर्न सकिन्छ ।

त्यसो त सन् २००३ देखि मात्रै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल आउन थालेका हुन् । सो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढी रहेको थियो । तर कोरोना महामारीका कारण गत  तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) धेरै ठूलो संख्याा चिनियाँ पर्यटकको आगमन दर घट्यो । अब हामीले अबको केही वर्षमै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमी रहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटक नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् , नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा सोच्नुपर्ने देखिन्छ ।

त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका  छन् । जस्तै चिनियाँ पर्यटकहरु नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरु बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरु ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय पर्यटकहरु भन्दा चिनियाँ पर्यटकहरु बाट फाइदै फाइदा देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ/दस दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नु पर्छ । समग्रमा हेर्दा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक सकेसम्म कम खर्च गर्ने खालका छन् । तर, चिनियाँ पर्यटकहरु ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्ष अघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन-डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित संघ-संस्थाहरुले गरेको विभिन्न अनसन्धान गरेर निकालेको तथ्यांकहरुमा चिनियाँ पर्यटकहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने/दरिने गरेका थिए । हाल कोरोना महामारीले गर्दा यी सबै तथ्य-तथ्यांक केलाईएको छैन । हुनत अबका दिनमा चिनियाँहरु संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा भ्रमणमा गर्न निक्लने पर्यटकमा दरिने छन्, विगत देखि नै उनीहरु विश्वका धेरै विदेश भ्रमण गर्ने पर्यटकमा दरिएका छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म ! चिनियाँ पर्यटकको संख्या र र खर्च गराई दुवैलाई अन्य देशका पर्यटकले उछिन्ने छैनन् !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार