नाम मात्रैको भएपनि संघीयता लागू भयो, अतिक्रमित स्थान नामहरु पुनः स्थापित भएनन्     

  निनाम लोवात्ती
203 Shares

निनाम लोवात्ती

एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीब्ररुपले चलिरहेको छ भने स्थान नामहरुमा पनि यो कुरा लागू भएको पाइन्छ । नेपालका अधिकांश स्थानहरुको स्थानीय नामहरु द्रुत गतिमा बाह्य नामहरुले अतिक्रमण गरेको देखिन्छ । विषेशतः हिन्दु देवी-देउताका नाम, खस-नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरुको नाम लगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरु भने, आप्mनो मौलिक नामबाट अपभ्रंशित् हुँदै गई रहेको पनि देखिन्छ ।

जस्तो उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा र सन्दकफुलाई नै लिऊँ । ती स्थानका असली नाम पूरै परिवर्तन गरेर क्रमशः दीपेन्द्र (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर र सन्दकपुर बनाइएको छ । यी नामहरु लाप्चा आदिवासीको मातृभाषामा रहेको स्थानीय स्थान नामहरु हुन् । त्यस्तै तेहृथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंगुवा खोला भनिन्छ), झरनाको नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन मेयङ लुङ बजारभित्रै पर्ने ‘तुम्भुङला’ तम्फुला भएको छ । र, तेहृथुमकै ‘सुम्दोवा’ गाउँ ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुमलुङटार’ पनि अपभ्रंषित भएर हाल ‘तुम्लिङटार’ भएको छ । जुन विश्वकै होँचो उपत्यका पनि हो । हुनत अपभ्रंशित भएका सबै स्थानका स्थान नामहरु पुनः स्थापित गर्नका लागि स्थानीय निकायहरु नै जस्तै महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र गाउँ पालिकाहरुले खटेर लाग्नुपर्ने अर्थात् स्थानीय निकायहरुले ने जुनुजुन ठाउँगाउँ, गाउँ, टोल, बाटोघाटो  डाँडाकाँडा आदिको नामहरु अपभ्रंशित भएको छ, ती नामहरुलाई मातृभाषीहरुकै नाममा लेख्न-लेखाउन सक्छ ।

तर, स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरुमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुक्स तेल’ (खरबारी गाउँ !) र सत्तो-सोत्तो हाल सोताङ) गाउँहरु भने, क्रमशः सोताङ र शिबटार/कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि विदेशी (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ-थियो । खोज्दैजाँ दा नेपालभरि नै स्थानीय नामहरु, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका वा रहिआएका स्थानीय नामहरु नेपालीकरण-खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । अन्य धेरै उदाहरणहरु रहे तापनि , पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छँाँगो’ हाल ‘डेवि’ज फल्स’ भएको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) छागाँबाट खसेर वेपत्ता भएपछि/मरेपछि ! ‘डेवि’ज फल्स’ भएकी हुन् !

अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरु पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरुको नाम पनि खुबै अतिक्रमणमा परेका छन् । त्यस्ता केही हिमालहरुको नाम तल उल्लेख गरिएको छ । १, सेवालुङ (कञ्चनजंघा) । २, फक्ताङलुङ (जान्नु-कुम्भकणर्) । ३, सेसेलुङ (मकालु) । ४, चोमोलुङमा (सगरमाथा खस-नेपाली भाषाको नाम र एभरेष्ट अंग्रेज-अंग्रेजी भाषाको नाम) । ५, आम्पा मारे (गौरीशंकर) । ६, ख्वाप्स्लाङ-कार्पो (गणेश हिमाल) । ७, उर्कीमा (बाडेन पावेल-स्काउटका जन्मदाताको नाममा) । ८, जाक्सम्बा (पासाङल्हामु चुली-प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाममा) । ९, धाम्पुस (थापा पिक) । १०, झोङ-री (पिसाङ पिक) । ११, प्याङगेन पुथाङ (मनास्लु) । १२, ङादी चुली (डाक्टर हर्क चुली) आदि । यसरी जर्वजस्त ढंगले स्थाननामहरु अतिक्रमित र अपभ्रंषित हँुदै गएका छन भने नयाँ नाम राख्ने क्रममा विवाद र होर्डिङ बोर्ड फालाफालसमेत भएको उदारणहरु प्रशस्तै छन । जस्तो तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण  गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरुले ‘शिव चोक’ बनाएरै छाडे । यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८-१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत सहजै स्वीकार गर्न सकेको देखिदैन । जुन कुरो प्रदेश नम्बर १ को नाम राख्ने सम्बन्धमा पनि लागू भएको देखिन्छ ।

त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नाम समेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ-म्यानमार’ भैसकेकोले पनि देखाउँछ । यसरी विदेशीहरुले आप्mनो भाषामा राखेको केही सहरहरुको नामहरु यहाँ उल्लेख गरिएको छ । जस्तो कि, भारतको बम्बई सहर हाल ‘मुम्बई’ भएको छ । त्यस्तै मद्रास सहर ‘चेन्नाई’ भएको छ । कलकत्ता सहर ‘कोलकाता’ भएको छ । उता बर्मा भनी चिनिने देश पनि हाल ‘म्यामाँ-म्यानमार’ भैसकेको छ भने बर्माको राजधानी रंगुन पनि ‘याँगु-यांगुन’ भएको छ । हुनत म्यामारको राजधानी याँगुनबाट पनि…। त्यसैले नेपालमा पनि चर्को रुपमा जातजाति र भाषाभाषीको कुरा गर्नेहरुले यसबारेमा अभैm पनि पहल कदमी लिने हो कि ? खासमा संघीयताको मर्म अनुरुप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुम्लुङटार, कञ्चनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि पुनः नामाकरण नगर्ने ? त्यतिमात्रै होइन, नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेका र रहिआएका स्थान नामहरु पुनः स्थापित गराउन किन ढीला गर्ने ? उसो त ‘काठमाण्डौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरु ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ भनी स्व. धनबज्र बज्राचार्यद्धारा लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको छ ।

त्यसैले नेपालमा संघीयता लागू भए/आएसँगै ती अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुको नाम पनि पुनः स्थापित होओस् भन्ने कामना गरौं । माथि उल्लेखितबाहेक नेपालभरि नै नेपालका आदिवासी जनजातिहरुका मातृभाषामा रहेका जति पनि अपभ्रंषित भएका र अपहरित भएका स्थान नामहरु छन्, ती सबै स्थान नामहरुको स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरुले पुकार्ने नामहरु नै पुनः स्थापित गरिनु/लेखिनु/उच्चारण गरिनु पर्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारहरुले नै समन्वय गरेर र, संघीयता लागू भएसँंगै विगतमा एकल जातीय सोचका कारण र सजिलोका कारण पनि त्यो बेला खसकरण र हिन्दुकरणमा परेर विस्थापित वा अपभ्रंष भएका आदिवासी जनजातिका मातृभाषामा रहेका सम्पूणर् स्थान नामहरु पुनः उनीहरुकै भाषामा नामाकरण गर्ने घोषणा गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार