हुनत सुरुमा यो लेख पहिलो पटक सम्बन्धित अनलाइन (नेपाल भ्यु) मै प्रकाशनार्थ पठाएको हो । र, सो अनलाइनले पनि पत्रकारिताको धर्म र मर्मअनुसार यो प्रतिउत्तर लेख वा भनौं प्रस्टीकरण लेखलाई व्यक्तिगत वा…असहमति वा विमति रहँदारहँदै पनि छाप्नुपर्ने थियो कि ? जस्तो लाग्छ । तर लामो पर्खाईमा पनि छापिएन, त्यसैले…। यो लेख गत पुस १६ मा ‘नेपाल भ्युज’ अनलाइनमा प्रकाशित यो लेख गत पुस १६ मा यसै ‘नेपाल भ्युज’ अनलाइनमा प्रकाशित ‘नेपालमा जाति सूचीकरणको वृतान्त !’ शीर्षकको लेखो जवाफमा आधारित रहेको छ । यत्तिका दिन पर्खँदा पनि नछापिएपछि अन्यत्र (नयाँ अनलाइन) मा पठाएको छु ।
‘नेपालमा जाति सूचीकरणको वृतान्त !’ शीर्षकको लेखमा आधारित रहेको छ । त्यसैले आचार संहिता र पत्रकारिताको सिद्यान्त, धर्म र, मर्मअनुसार मेरो यो प्रतिक्रियात्मक वा भनौं प्रस्टीकरण लेख ‘नेपाल भ्युज’ अनलाइनमा नछापिएपछि….। ‘नेपालमा जाति सूचीकरणको वृतान्त !’ शीर्षकको लेख ज्ञान बायुङ राई ज्युले लेख्नु भएको थियो । लेखको पुछारमा ‘लेखक अध्येता हुन्’ भनी परिचय दिईएको थियो । तर, ती लेखक अध्येता नै हुन् त ? भनी प्रश्न गर्न सकिन्छ । किनभने, उनले (लेखक+अध्येता भनिएका) ले यो लेख धेरै पटक, धेरै अनलाइनमा पठाएका थिए-पठाएका छन् । साथै ती सबै अनलाइनहरुले शीर्षक फेरेर वा तल-माथि गरेर, लामो-छोटो बनाएर छापेका छन् ।
यदि लेखक अध्येता नै हो भने त २८-२९ जना भन्दा बढी नेपालीहरुले र ३७-३८ जना भन्दा बढी विदेशी लेखक तथा खोजकर्ताहरुले ‘राई !’ जात वा जाति नभएर पद, पदवी, पगरी मात्रै हो भनी आप्mनो किताब, जर्नल, लेख, थेसिस आदिमा उल्लेख गरेको कसरी थाहा पाएनन्, वा देखेनन् ? जबकि यो ‘केहीनजान्ने कुलुङे ढाके्र !’ ले नै भेटेको छ, पढेको छ, सो सम्बन्धमा । बरु पद, पदवी वा भनौं पगरीका रुपमा यस्ता ‘राई !’ पाएका मान्छेहरु पनि स-सानादेखि ठूल-ठूला ‘राई !’हरु थिए । जस्तै पाँच पगरीका साना ‘राई !’ हुँदै आठ पगरी, नौ पगरी, १२ पगरी, १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मका ठूला ‘राई !’हरु भेटिएका छन् । त्यस्ता स-सानादेखि ठूल-ठूला ‘राई !’का जेठो छोरोहरु अहिलेसम्म काठमाण्डौ, सुनसरीको धरान, इटहरी, झापा, मोरङ, काठमाण्डौ, ललितपुर, भक्तपुर लगायत नेपालका विभिन्न सहर-बजारमा भेटिन्छन् । जस्तो यो पंत्तिकारको सम्पर्कमा नै संखुवासभाको पाङ्मा गाउँका ५२ पगरीका ठूला ‘राई !’ गंगाप्रसाद ‘राई !’का जेठो छोरो भवानी लोहोरुङ, संखुवासभाकै धुपुका अमाली (कानुन हेर्ने) ‘राई !’ जुद्घबहादुर ‘राई !’का जेठो छोरो डम्बर लोहोरोरुङ, भोजपुरको दिल्पा, नागी, अन्नपूणर् क्षेत्रका ५२ पगरीका ठूला ‘राई !’ परशुरम ‘राई !’का छोरा-नातिहरु जो नेपाली साहित्य, गीत, संगीत र राजनीतिमा जम्नु भएको छ, उहाँहरुले आप्mनो नामको पछाडि ‘राई !’ नलेखेर मुकारुङ लेख्नु हुन्छ । जस्तै श्रवण मुकारुङ, बुलु मुकारुङ, राजन मुकारुङ पृथ्वीराज मुकारुङ आदि । उहाँहरुलाई हाल काठमाण्डौमै भेटिन्छ । त्यस्तै भोजपुरकै बोया गाउँका ठूला ‘राई !’ का जेठो छोरो हुनुहुन्छ, ‘-डा. शिवकुमार राई ।’
त्यसैले अध्येता भनिएका लेखक ज्ञान बायुङ राई ज्युले यो लेख पढेर वास्तवमा ‘राई !’ त जात होइन रहेछ ! ‘हावामै आबा न चाबाको अध्येता भईएछ !?‘ भनी क्षमा याचनासहित अर्को लेख लेख्नु हुनेछ भन्ने आशा गरेको छु । त्यसपछि आप्mनो नाम र परिचयसँगै झुन्डयाएईने गरिएको वा झुन्ड्याईएको अध्येताको फुर्को…होला कि ? हुनत यसअघि पनि यी लेखक ज्युको नाम र परिचय दिँदा मानवशास्त्री, इतिहासवेत्ता…आदिको फुर्को लेख्ने गरेको देखेको छ, यो ‘केहीनजान्ने कुलुङे ढाके्र !’ ले ।
विषय प्रवेशः हुनत अहिलेको अवस्थामा ‘राई !’करणमा परेका हामी कुलुङ लगायत किराती महाजातिभित्रका अन्य किराती जातिहरुलाई राई भनेर नै अरु जातजाति, भाषाभाषी, धार्मिक समूह आदिले चिन्छन्, त्यसमा विवाद रहेन । जे होस्, नेपालका धेरै जसो मान्छेहरुलाई लाग्दो हो, यो ‘केहीनजान्ने कुलुङे ढाके्र !’लाई राई जातै हो वा पदवी पगरी भए पनि अब राईलाई जातै मान्नु पर्छ ! भन्ने राईहरु र कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ताहरु र राईको नाममा खाईजीवीका चलाई आएका राई विद्घान, विज्ञ, कार प्राज्ञ, बुद्घिजीवी, लेखक अध्येता आदिप्रति किन त्यत्रो रिस-राग अथवा द्घेष ? हो, यसो सोच्दा मैले किन राईवादी कामरेडहरु प्रति त्यत्रो रिस-राग गर्नु परेको होला ? अर्को शब्दमा भन्नु पर्दा ‘खाई न पाई छालाको टोपीलाई !’ भने जस्तै यो ‘केही नजान्ने कुलुङे ढाके्र !’ले वर्षौदेखि राई यायोक्खा नामक एनजिओ (स्मरण रहोस्, यायोक्खा शब्द बान्तावा जातिको भाषा हो, कुनै माईकालाल “राई !” भाषा होइन) का हताृकर्ताहरु र राईको नाममा खाईजीवीका चलाई आएका राई विद्घान, विज्ञ, कार प्राज्ञ, बुद्घिजीवी, लेखक अध्येता आदि विरुद्घ किन लेखी रहेको छु ? आपैm छक्क पर्छु । किनभने, मैले आप्mनो सुतीखेती छाडेर पनि भोलिका दिनमा हाम्रा किरातीहरुका सन्तानहरु जो जबरजस्ती ‘राई !’करणको मारमा परेका छन्, तिनका सन्तान दरसन्तानहरुले भविश्यमा सोधखोज गर्दा, अध्ययन अनुसन्धान गर्दा कतै, कसैले पनि किन किन विद्रोह गरेन छन्, प्रतिरोध गरेन छन्, किन केही लेखेन छन्, केही किन बोलेन छन् ? भन्ने नहोस् भनेर पनि मैले खाई-नखाई, भ्याई-नभाई जे जानेको, बुझेको र सकेको लेखिरहेको छु । “राई !” के हो ? भन्ने सम्बन्धमा प्रस्ट्याई रहेको छु । त्यसैले यो ‘केहीनजान्ने कुलुङे ढाके्र !’ ले किन घरिघरि “राई !” जातै हो भन्ने झुण्ड वा समूह सलबलाउने बित्तिकै, उनीहरुले छिसिक्क गर्ने बित्तिकै उनीहरुका विरुद्घ लेखिहाल्छ ? यसको गूढ रहस्य के छ ?’ भनी शंका, उपशंका नगरे हुन्छ ।
किन मैले कथित् “राई !” जात भनी रहेको छु ?
हो, किनभने खासमा नेपालमा “राई !” भन्ने कुनै जात वा जाति थिएन । तर, विसं २०२१ सालमा आएको भूमिसुधार ऐन २०२९-०३० सालदेखि गाउँगाउँ, टोलटोलमा लागू भएसँगै आम जनताले पनि आप्mनो नामको पछाडि “राई !” भन्न/लेख्न थालेका हुन्/पाएका हुन् । त्यसैले मैले कसैको व्यक्तिगत विरोध गरेको होइन, किनभने, केही अघिसम्म राई सर/राईनी म्याडमहरुले के भन्ने गर्नु हुन्थ्यो भने -‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा-धनी प्रमाण-पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल वा कलेज अथवा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र आदिमा समेत राई ! छ ।’ त्यसैले खासमा उनीहरुप्रति मेरो व्यक्तिगत रुपमा अतिशय दुराशय र नकारात्मक दृष्टिकोणका साथै सोच छैन । तापनि खासमा कुनै पनि जात वा जातिको जातीय चिनारी वा जातीय स्वपहिचान भनेको उसको जग्गा-धनीको प्रमाण-पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल वा कलेज अथवा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता, निजामती कर्मचार िपरिचयपत्र होइन भन्ने यो ‘केही नजान्ने कुलुङे ढाके्र !’को जिरह हो ।
राईवाला सर/म्याडमहरुले अहिले आएर चाहिँ -‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा-धनी प्रमाण-पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको वा कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र आदिमा समेत राई ! छ भन्न छाडेका छन् । जुन कुरोलाई राम्रो हो भन्नुपर्ने हुन्छ । हुन पनि भूmटको खेती कति दिन नै टिक्छ र ? त्यसैले त राई सर/राईनी म्याडमहरुले भन्ने गरेको -‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा-धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको वा कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचरी परिचयपत्र आदिमा के छ ? भन्ने प्रश्नले पनि समुदायस्तरमा प्रस्ट भएपछि/बुझेपछि ‘हावा खायो !’
हुन पनि विश्वको कुनै पनि जाति वा समुदायको जातीय स्वपहिचानको आधार उसको जग्गा-धनीको प्रमाण-पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको, कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता, निजामती कर्मचारी परिचयपत्र आदिले दिने होइन कि, सम्बन्धित जाति वा समुदायको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश, पिता-पूर्खाले खाई-खेली आएको भूमि, मातृभाषा, भेषभुषा, धर्म, हामी भन्ने भावना, परम्परागत कानून, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व, गरगहना, बाजागाजा आदिले दिने हो । निश्चय नै नागरिकता र पासपोर्टले सम्बन्धित व्यक्ति कुन देशको नागरिक हो ? भन्ने प्रमाण चाहिँ दिन्छ ।
“राई !”बारे प्रस्ट भएर जानु होस्
त्यसैले अब, अध्येता ज्ञान बायुङ राई ज्यु लगायत अन्य राई सर/राईनी म्याडमहरु वास्तवमा “राई !” के हो त ? यसबारे प्रस्ट भएर जानु होस् । मेरो मतलब “राई !” जात वा जाति नभएर पद, पदवी वा पगरी नै भए तापनि हामी अब यही “राई !” शब्दले चिनियौं, त्यसैले अब हामी यही “राई !” (जाति होइन । किनभने जाति वा हुनलाई उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश, पिता-पूर्खाले खाई-खेली आएको भूमि, मातृभाषा, भेषभुषा, धर्म, हामी भन्ने भावना, परम्परागत कानून, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व, गरगहना आदि हुनु अनिवार्य छ । तर, जात वा समूह हुनलाई त्यस्तो केही मापदण्ड चाहिँदैन ।) पद, पदवी वा पगरीलाई नै जात मान्छौं ! भनी पत्रकार सम्मेलन गरेर, आम मानिहरुलाई जानकारी दिएर सार्वजनिक रुपमा घोषणा गर्नुहोस्, ! यो काम गत जनगणना (विसं २०७८ को १२ औं) अघि नै गरेको भए बेटर हुन्थ्यो । साथै हामी कथित् “राई !” जाति हुन नचाहने कुलुङ लगायत अन्य किरातीहरुलाई पनि अबदेखि जबरजस्ती “राई !” जात मान ! भनेर लिँडेढिपी गर्दैनौं भनी सार्वजनिक रुपमा प्रतिवद्घता जनाउनु होस् ! यस विषयमा अब धेरै ढीलो नगर्नु होस् । त्यसैले “राई !” भन्नाले विगतमा पद, पदवी वा पगरी मात्रै जनाए तापनि अब “राई !” लाई नै जात मान्नु पर्छ ! भन्नेहरुसँग प्रश्न छ, ‘-यदि “राई !” जात वा जाति नै हो भने, “राई !” को वंश को हो ?, “राई !” को पुर्खाहरुको नाम केके हो ? आम मानिसहरुले “राई !” भनेर चिन्नुअघि “राई !” को कति पुस्ताले…बिताए ? “राई !” हरुको पिता-पूर्खाले सुरुमा चर्चेको/खाईखेली आएको ऐतिहासिक भूमि कहाँ छ/हो ? प्रस्ट्याएर जानुहोस् भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाके्र’को विशेष आग्रह रहेको छ ।
के साँच्चै एक जाति “राई !”, २८ भाषी “राई !” हुन्छ ?
राई सर राईनी म्याडमहरुले कताकती दिने ल.गडो तर्क यस्तो छ ‘-एक जाति राई, २८ भाषी “राई !”, विशिष्टता बोकेको “राई !” । यस्तो कूर्त गर्नेहरुमध्ये एक कथित् “राई !” जातिलाई आप्mनो मातृ संस्था मान्ने ‘…राई प्रज्ञा’ भन्ने संस्थाको अध्यक्ष जयकुमार राई ज्युले एक पटक बडो स्टाइलका साथ चेस्मा नाकको डाँडीमा झुन्ड्याएर बडो…स्टाइल र…हाऊभाऊका साथ ‘राई यस्तो ! राई उस्तो !’…हाँ-हाँ हुँ-हुँ गर्दै अन्तर्वार्ता दिनु भएको थियो । उहाँ लगायत “राई !” जातै हो भन्ने “राई !” ज्युहरुले “राई !” के हो त ? भन्ने सम्बन्धमा प्रस्ट पार्नु भन्दा पनि सर्व साधारणजनमा भ्रम छर्ने खालको अन्टसन्ट मात्रै बोल्ने गरेका छन्, लेख्ने गरेका छन् । हुन त प्रश्न गर्ने मान्छे (पत्रकार !) पनि त्यस्तै खालका छन् ! आगामी दिनमा यस्तो विज्ञ, अध्येता, विद, कार, प्राज्ञ आदि भनिने र भनाईने विज्ञहरुलाई यदि साँच्चै ‘एक जाति राई, २८ भाषी राई !’ र, विशिष्टता बोकेको राई ! हो-छ भने, म एक जाति राई हँु, तर मेरो मातृभाषा चाहिँ २८ वटा हो-छ भनेर, २८ वटा मातृभाषामा खररर…, ररर…, ररर…बोल्न सक्ने कुनै माईकालाल राई देखाउन सक्नु पर्यो भनी म चुनौती दिन चाहान्छु । पत्रकारको बिल्ला भिरेको तर, ‘राईवादी एक्टिभिस्ट!’हरुको जस्तो व्यवहार गर्ने राई पत्रकार ज्युहरुले पनि प्रस्टसँग प्रश्न गर्न सक्नु पर्यो भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाके्र !’ को विशेष आग्रह छ । किनभने, मलाई पनि २८ वटा राईको मातृभाषामा खररर…, ररर…, ररर…बोल्न सक्ने केही माईकालाल “राई !” छन् भने मलाई पनि त्यस्तो माईकालाल “राई !”सँग भेट गर्ने ठूलो रहर छ ।
“राई !”को ऐतिहासिक भूमि कहाँ हो ?
त्यस्तै जसरी कुलुङ जातिको पिता-पूर्खाले सुरुमा खाई-खेली आएको/चर्चेको भूमि हालको एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्र हो/छ, जसलाई “महाकुलुङ” भनेर चिनिन्छ । त्यस्तै अन्य किरातीहरुको पनि होला । तर, “राई !” को नि ? यदि “राई !” पनि पिता-पूर्खाले सुरुमा खाई-खेली आएको/चर्चेको भूमि छ भने, थाहा हुनेहरुले बताउनु पर्यो, लेख्नु पर्यो । “राई !”को ऐतिहासिक भूमि यहाँ हो/यो हो भनेर । त्यस्तै कुलुङ जातिलाई अरु समुदाय वा जातजातिले कुलुङ भनेर चिन्नुअघि वा हामी कुलुङ जातिहरु कुलुङ जाति भनी चिनिनु/जानिनुअघि हाम्रो पूर्खाहरु २३/२४ जना रहेका छन् । त्यसपछि पनि मुख्य चार वंश वा भनौं पूर्खाहरु रहेका छन् । ती पूर्खाहरु हुन् ‘-छेम्सी, ताम्सी, खप्दूलू (पिल्मो) र राताप्खू (सोत्तो) ।’ अनि मात्रै हामी कुलुङ जातिका रुपमा स्थापित भएका हौं । कुलुङ जातिका रुपमा स्थापित भएर पनि हाल कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी पाछा/उपपाछा (थर/उपथर)हरु रहेको छ । त्यही भएर नै कुलुङ-कुलुङबीच विवाह गर्ने गरिन्छ । नत्र त राईवादी कमरेडहरुले भने जस्तै ‘राई !’ जात र कुलुङ चाहिँ पाछा (थर) हो भने, कसरी एकै पाछा (थर) भित्र अर्थात् कुलुङ-कुलुङबीच विवाह हुन्छ ? कि “राई !” भन्नेहरु पशु समान हुन् ? अथवा “राई ! भन्नेहरुमा मुसलमानमा जस्तै दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने (एकै आमाको सन्तानबाहेक बाबु एकै आमा फरक भए पनि विवाह गर्ने) प्रचलन छ ? वास्तवमा यो बारेमा पनि “राई !” जातिका अगुवा, अध्येता, विद, विज्ञ, कार, प्राज्ञ भनिने राई सर राईनी म्याडमहरुले प्रस्ट्याउनुपर्ने जरुरी देखिन्छ ।
कहिलेसम्म ‘सुगा रटाई’ गरी रहने ?
हो, आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गरेको-गर्दै गरेको समयमा पनि “राई !” जात वा जातिवाला राई सर राईनी म्याडमहरुले एकोहोरो रुपमा २८ भाषी “राई !”, एक जाति “राई !” भनी एकोहोरो ‘सुगा रटाई’ मात्रै गर्नु भन्दै नचाहिँदो र आधारहीन बकवास वा भनौं प्रलाप मात्रै गरी रहनु भन्दा “राई !” बारे अब प्रस्ट भएर “राई !” पद, पदवी, पगरी नै भए तापनि आपूmहरु “राई !” भएरै जाने र, “राई !” हुन नचाहने, “राई !” भन्न नचाहने र, “राई !” ले चिनिन नचाहने कुलुङ लगायत अन्य किरताीहरुलाई पनि “राई !” बन्नै पर्छ भनी जोरजबरजस्ती नगर्ने भनी प्रस्ट्याएर जानुपर्ने देखिन्छ । त्यसो गर्दा नै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) हरुले पनि प्रस्ट हुने आधार भेट्ने छन् । अन्यथा हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) हरुले कथित् “राई !” जातिवाला सर/ म्याडमहरुलाई नराम्रोसँग धिक्कार्ने छन् ।
जनगणनाको तथ्यांकमा “राई !”को जनसंख्या कति घट्ला ?
ठ्याक्कै यत्ति नै घट्छ भन्न नसकिए तापनि संभवतः चेतनापछि फर्किएन भने, गत जनगणना (विसं २०७८ को १२ औं राष्ट्रिय जनगणना) मा राईको जनसंख्या वि २०६८ को भन्दा आधाभन्दा पनि बढी घटेको अनुमान गरिएको छ । हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई !’ को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकि १० वर्ष १.२ वा १.३ प्रशितले मात्रै “राई !” को जनसंख्या बढेको भए पनि ७ लाख चानचुन हुनुपर्ने थियो । तर, यो पक्षमा भने “राई !” सर/म्याडमहरु चुँ…नबोलीकन बसेका छन् । बरु केन्द्रीय तथ्यांक विभागमा गएर दवाव दिँदै र हस्तक्षेप गर्दै कुलुङ लगायत सबै किरातीहरुका टाउकामा “राई !” को फुर्को झुन्ड्याएर तथ्यांक प्काशित गर्न, सार्वजनिक गर्न माग गरिरहेका छन् “राई !” बारेको यो सत्य-तथ्यबारे भने बिरालोले आप्mनो बिष्टा लुकाएझैंँ लुकाएर जनस्तरमा भ्रम छरेर बसेका छन् ।
‘राई !’ जात हो भने असली ‘राई !’ले किन कारबाही गर्थे ?
स्मरणीय कुरो के छ भने, ‘राई !’ भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यस बेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरो-भरो उठाउन र पञ्चखत बाहेकको मुद्धा मामिला मिलाउने अधिकार र ठेकीबेठीसहित दिइएको पदवी वा पगरी मात्रै हो । “राई !” शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ हो । कणर्ाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’, ‘राया’ भनिन्थ्यो । हुन त नेपालको भगौलिक एकीकरणपछि राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई, मीर सुब्बा, काजी, चौतरिया, मोते, डोके, हुक्के, बैठके, सईस, थरी, कारबारी, बैदार आदि पदहरुको पनि श्रृजना गरिएको थियो । तर, राई, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई, थरी, कारबारी, बैदार आदि पद पाएका धेरै कम मान्छेहरुले मात्रै आफले पाएको पदलाई जाति मानेको देखिन्छ । जस्तो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदि । तर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ शब्दलाई जात वा जाति बनाउनेहरुमध्ये ‘राई’बाहेक ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिले ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ जात वा वा जाति मान्न छाडेर आप्mनो असली राई जातीय स्वपहिचान लिम्बु, सुनुवार, याक्खा, थारु आदिले चिनिन थालेका छन् । तर, राई जात वा जाति मान्नेहरुको भने, … । तर, कसैले अभैm पनि ‘राई’ शब्दलाई जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन । तर, उनीरुले पनि हामीलाई आप्mनो असली जातीय स्वपहिचान कुलुङ लगायत किरातीहरुले चिनिन पाऊन भन्ने हो, चिनिन दिऊन् भन्ने हो । त्यसैले फेरि पनि दोहोर्याएर भन्नु पर्दा राईवादी कामरेडहरुले राई ! भनेको जात वा जाति नभएर नेपाल एकीकरणपछि शाह र राणाहरुले त्यसबेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीयस्तरमा तिरो-भरो उठाउन र, पञ्चखत बाहेकको मुद्धा मामिला स्थानीयस्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही राई ! पदवी वा पगरीलाई नै जाति मान्छौं भनेर सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर प्रष्ट पारे अझ राम्रो हुन्थ्यो भन्ने माग राखिएको हो । साथै ‘अबदेखि कुलुङलगायत अन्य किरातीहरुलाई सामन्तवादको प्रतीक वा अवशेष ‘राई !’ शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं !’ भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो ।
विसं २०६८ को ११ औं जनगणनामा के भएको थियो ?
हो, विसं २०६८ को ११ औ. राष्ट्रिय जनगणनामा कुलुङलगायत अन्य १२ किराती जातिहरुको स्पष्ट तथ्यांङ्क आएको थियो । तर, त्यसका लागि ‘आदिवासी किरात महासंघ’ लगायत किरातीजन्य अन्य जातीय संघ-संस्थाका अगुवाहरुले धेरै नै पापड बेल्नु परेको थियो । किनभने, सो तथ्यांक आउन नदिन राई यायोक्खाका तत्कालीन हर्ताकर्ताहरुले के मात्रै गरेरन् ? त्यो वेलाका महानिर्देशक उत्तमनाराण मल्ल सर, जनसंख्या निर्देशक रुद्र सुवाल सर लगायत हालका धेरै सरहरुलाई सोध्दा अभैm पनि थाहा भैहाल्छ । यस बारेमा विसं २०६८ को जनगणनाको तथ्यांकमा कथित् सूचीकृत ५९ जाति मात्रै आउनुपर्ने ! भन्ने आशयको समाचार लेख्ने/छाप्ने सम्म गरियो । यसका लागि कान्तिपुर जस्तो लोकप्रिय, धेरै पाठक भएको र निजी क्षेत्रको दैनिक पत्रिकाका पत्रकार गणेश राई ज्युलाई प्रयोग गरियो-प्रयोग भए । त्यसैले विसं २०६८ को जनगणनाका सम्बन्धमा कान्तिपुर दैनिकका पत्रकार गणेश राई ज्युलाई पनि धेरै कुरो थाहा छ ।
हुनत गणेश राई ज्युको पत्रकारिता कस्तो थियो, वा छ ? विसं २०६८ को जनगणनाको तथ्यांक आउनुअघि र आई सकेपछिको केही समयसम्मको कातिन्पुर दैनिकहरु खोजेर हेर्दा/पढ्दा थाहा भैहाल्छ । हो, अभैm पनि गणेश राई ज्युको त्यो खाले पत्रकारितामा सुधार आएको छैन । संभवतः गणेश राईले गर्ने पत्रकारितामा सुधार आउँदैन पनि । यो पंक्तिकारले त्यो वेलाका महानिर्देशक उत्तमनाराण मल्ल सरसँग जनगणनाको तथ्यांक सम्बन्धी समाचारमा के आएको यस्तो ? भनी गणेश राईले लेखेको कान्तिपुरको समाचार छापिएको पत्रिका लिएर गएरै प्रश्न गर्दा ‘के गर्नु कुलुङजी…, कातिन्पुर दैनिकको पाठक धेरै छ, धेरै बिक्छ..! भनेर कान्तिपुर दैनिकबाट पत्रकार माग्यौं/राख्यौं । तर के गर्नु ? आप्mनै संस्थाको समाचार आपैmले कसरी खण्डन गर्नु…’ भनी लाचारी व्यक्त गर्नु भएको थियो । स्मरणीय छ, विसं २०७८ मा त्यही भएर पनि कान्तिपुरबाट पत्रकार नराख्नु भनी हामीले लबिङ गरेका थियौं । हामीले यदि केन्द्रीय तथ्यांक विभाग (केतवि) ले पत्रकार राख्नैपर्ने अवस्था आए सबै दैनिक, साप्ताहिक, अनलाइन, एफएम, टिभी, रासस आदिबाट राख्नु पर्छ भनी सुझाव दिएका थियौं ।
राई जात भए किन लिम्बुहरु राईबाट फेरि लिम्बु भए ?
राई भनेको जात होइन भन्ने अर्को तथ्य-प्रमाण र उदाहरण त संखुवासभा जिल्लाको बाह्रविशे गाउँका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको, लिम्बु जातिमै फर्किएको उदाहरणले पनि देखाउँछ । सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । त्यस्तै तीन-तीन पटक केन्द्रीय मन्त्री भएका मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? उता भारतीय सिने उद्योगकी कलाकार ऐश्वर्य राई पनि राई नै छिन् । राई जातिवाला कमरेडहरुले अहिलेसम्म मोहम्मद इस्तियाक राई र ऐश्वर्य राईलाई किन सम्मान नगरेको ?
‘यायोक्खा’ “राई !”को भाषा हो कि, बान्तावा भाषा हो ?
हो, राई यायोक्खाले राईको भाषा भन्दै बान्तावा जातिको भाषामा आप्mनो एनजिओको नाम ‘यायोक्खा’ राखेको छ । त्यस्तै एक जना मामा (बेलायती सेनाबाट अवकास प्राप्त) ले भने अनुसार राईको भन्दै बान्तावा जातिको भाषामा ‘यायोक्खा’ नाम राखेपछि चण्डी नाचको नाम चाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको अरे ! त्यसैले अब राई सर राईनी म्याडमहरुले बान्तावा जातिको भाषाको ‘यायोक्खा’ नामको सट्टामा आप्mनै (राई ! कै) भाषाको नाम खोज्दै गर्दा हुन्छ । किनभने, भोलि बान्तावा जातिका अगुवाहरुले हाम्रो (बान्तावा) भाषामा तिमीहरुको संस्थाको नाम राख्न दिन्नौं ! भनेमा के हुन्छ ? त्यस्तै संस्थाको नाम ‘यायोक्खा’ राखेपछि चण्डी नाच भनिने नाचको नाम ‘साकेला’ नाम जुन राखिएको छ, त्यो नाम पनि चाम्लिङहरुले राख्न नदिएमा राई यायोक्खाको हालत के हुन्छ ?
“राई !” पद पाएका सबैलाई भाषिक सम्बद्घता दिने हो ?
अर्को महत्वपूणर् प्रश्न भनेको विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई, कुमाल राई, बिन राई, मल्लाह राई, रोकाया राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’, ‘किरात माझी राई संघ’, ‘किरात रोकाया राई संघ’, ‘किरात पाण्डे राई संघ’, किरात बिन राई संघ, किरात मल्लाह राई संघ आदि संघ खोलेर राई योयोखा नामक एनजिओमा कथित् राई जातिको सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको जातीय सम्वद्धता दिने हो ? जसरी दनुवारलाई फुटाएर ‘देवास राई’ भनेर कथित् ‘राई !’ जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो ।
मोहमद ईस्तियाक राई र ऐश्वर्य राईलाई खै सम्मान ?
हुनत माथि नै पनि उल्लेख गरिएको छ । महत्वपूणर् कुरो अथवा प्रश्न भनेको के हो भने, ‘यदि ‘राई !’ साँच्चै जात नै हो भने, नेपालमा तीन पटक सभासद/सांसद र दुई पटक केन्द्रीय/संघीय सरकारको मन्त्री भएका मोहमद इस्तियाक ‘राई !’ र भारतीय सिने उद्योगकी चल्ता-पूर्जा कलाकार (हिरोइन) ऐश्वर्य ‘राई !’लाई राई सर/राईनी म्यामडहरुले अहिलेसम्म किन पगरी/फेटा नगुथाएको वा भनौं मानका खातिर मान नगरेको , सम्मान नगरेको ?’ वास्तवमा यो प्रश्न हँसी-मजाक र ख्याल-ठट्टा जस्तो लागे तापनि प्रश्न त निक्कै गम्भीर पो छ है ! राई सर/राईनी म्याडमहरु ?
‘किपट प्रथा’ हटाउँदा “राई !”हरु नै किन खुशी भए ?
अनि सबै जातको पूmलबारी नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’हरु नै खुशी …. ।’ भनी लेखेका छन्, त्यो भनेको के हो ? भूmठ बकवास गरे जस्तो लागे पढे हुन्छ, माथि नाम उल्लेख गरिएको किताब ।
त्यस्तै सन् २००७ को आदिवासी दिवसमा मैले ‘वास्तवमा राई जात होइन, तर, यो राईलाई जात मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले यो पंक्तिकारलाई ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भो, किनभने मेरो बाबु पनि ठूलो राई हो/थियो । भूमिसुधार ऐन आएपछि जग्गा-जमीन रैतीको नाममा सार्नु/गर्नुपर्ने भयो । तर, मेरो असली राई बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनेर बबाल नै गरेका थिए ! भनी बताएका थिए । स्मरण रहोस्, ‘राई !’ जात वा जाति हो कि ? पदवी वा पगरी मात्रै हो भन्ने बारेमा त्यो वेलाको ठूलो ‘राई !’ अर्थात् ५२ पगरीका ‘राई !’को खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा-अन्नपूणर्, नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकको ५२ पगरीका ‘राई !’को जेठा छोराहरु धरान, काठमाण्डौ लगायतको सहर-बजारमा अभैm पनि भेटिन्छ, उनीहरुलाई वास्तवमा ‘राई !’ जात हो कि, पदवी वा पगरी मात्रै हो ? सोधखोज गर्दा अझ राम्रो हुन्छ, जुन कुरो एक प्रसंगमा माथि नै पनि लेखिएको छ ।
‘राई !’ जात होइन भनेर लेखेको लेखचाहिँ किन नछाप्ने ?
१ असोज (विसं २०७८) मा ‘सञ्चारकर्मी अनलाइन’मा प्रकाशित खुक्स…राई को ‘राई जातिको बारेमा केही गन्थन-मन्थन भ्रम, वास्तविकता र अबको बाटो’ शीर्षकको लेखलाई त्यसपछि राईवादी पत्रकारहरुले चलाएको ‘सताब्दी न्युज अनलाइन’, ‘सार्बजनिक अनलाइन’, शिखर सन्देश अनलाइन, नयाँ अनलाइन, …, …, आदिले जस्ताको तस्तै र केहीले शीर्षक फेरेर छाप्यो । तर, सो लेखको तार्किक खण्डन वा भनौं… मेरो लेखलाई ती कुनै पनि अनलाइनहरुले छापेनन् । कतिसम्म देखिन्छ भने, राईका बारे छापिएको समाचारलाई आधार मानेर कमेन्ट गरेको प्रतिक्रिया पनि अपलोड गर्दैनन्, प्रकाशित गर्दैनन् । यस्तो अनलाइनहरुमा सार्वजनिक अनलाइन (हाल बन्द), साल्पा अनलाइन, थुम्से न्युज, शिखर सन्देश, तुवाचुङ, नेपाल वाईड आदि छन् । जुन अनलाइनहरु राईवादी कामरेडहरुले चलाई रहनु भएको छ । आखिर किन (मलाई नेपाल भ्युजले पनि यो लेख नछाप्ला कि ? भन्ने आशंका छ !?) ? जबकि राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले हजुरहरुले छाप्नु पर्यो, सहमत हुनु र नहुनु, विचार मिल्नु र नमिल्नु फरक कुरो हो । होइन भने त तपाई (राई भन्ने वा राई पक्षधर पत्रकार) हरु र राज्य पक्ष वा भनौं सरकार पक्षधरको मिडियाहरुबीच के भिन्नता रहयो र होइन ? त्यसैले तपाईँहरुले पत्रकारिताको धर्म र मर्मअनुसार पनि ‘राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले छाप्ने गर्न पर्यो भन्ने विशेष आग्रह छ ।
अन्तमा धेरै कुरो बाँकी नै भए तापनि यो लेख नै लगभग ४००० (चार हजार) शब्दको भएको छ । त्यसका लागि क्षमा प्रार्थी छु ।