आज (२७ पुस) का दिन गोरखाका तत्कालीन राजा र पछि नेपालको भगौलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको ३०० औं जन्म दिवस परेको छ । सो अवसर पारेर नेकपा (माके) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड ज्युको संयुक्त सरकारले राष्ट्रिय विदा दिने घोषणा गरेको छ । हुन पनि विसं२०६२-०६३ को राजनैतिक परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले नेपालको भगौलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको जन्म दिन पारेर दिने गरिएको राष्ट्रिय विदा कटौती गरेको थियो भने पृथ्वीनारायण शाहको जन्म-जयन्ती आसेपासे र हनुमानेहरुले वर्षेपिच्छे मनाउने गरे तापनि सरकारीस्तर चाहिँ कहिले मनाउने, कहिले नमनाउने गरिन्थ्यो । तर, यो वर्ष गठवन्धन सरकारमा सहभागी एक घटक राप्रपाको राप र तापले गर्दा पृथ्वीनारायण शाहको ३०० औं जन्म-जयन्ती मनाउने मात्रै होइन कि, सो अवसरमा सरकारले राष्ट्रिय विदा दिएको छ । हुनत विशगतदेखि नै नेपालका राष्ट्रवादी कामरेडहरुले आआप्mनै ढंगले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भनी मनाउने गर्थे । त्यस्तै सोही मितिमा कीर्तिपुरमा भेला भएर नेपालका आदिवासी जनजाति, मधेसी लगायत उत्पीडित वर्ग र समूहका अगुवाहरुले चाहिँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ होइन कि, पृथ्वीनारायण शाहलाई तत्कालीन गोरखा राज्यका साम्राज्यवादी तथा खुनी शासक भन्दै ! विरोधसभा गर्ने र थुक्ने कार्यक्रम राख्ने गर्छन् ।
त्यसो त पृथ्वीनारायण शाहलाई देवत्वकरण र राक्षसीकरण गर्ने काम विगतदेखि नै गर्दै आएको देखिन्छ । जस्तै पञ्चायती व्यवस्थाकालका राप्रंस तथा पूराना नेता एवम् लेखक दीर्घराज प्रसाईँ लगायत लेखक तथा इतिहासकारहरुले पृथ्वीनारायण शाहको जन्म-जयन्तीको अवसरमा लेख्ने गरेको लेख रचनाहरुमा अभैm पनि कीर्तिपुरको युुद्घमा कीर्तिपुरे जनता (सेना) द्घारा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आप्mना भाई शूरप्रताप शाह मारिएको झोँकमा कीर्तिपुरे जनताका नाककान काटेको, कीर्तिपुरे सेनाको सिपाहीले पृथ्वीनारायण शाहलाई मार्न लाग्दा अर्को सिपाहीले देखेर राजालाई मार्न राजा नै चाहिन्छ, हामीले मार्ने होइन ! भनेर मात्रै पृथ्वीनारायण शाह बाँचेको प्रसंग, मकवानपुरका राजा तथा आप्mना जेठान दिग्वर्दन सेनलाई नूचकुक लगाएर मारेको प्रसंग, आप्mनो स्वार्थका लागि गोत्र नै परिवर्तन गरेको प्रसंग, पूर्वका किराती छल गरेर (अरुण नदीमा बिना हातहतियार भेला भई मीत लगाउने भनी लिम्बु राजाहरुलाई बोलाएर तर, पृथ्वीनारायण शाहका सेनाहरुले पहिले नै वालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर/मारेर) जितेको प्रसंग आदि बारे पनि वास्तविकता जे हो, त्यही लेख्नु पर्यो । वास्तविकता जे हो, त्यो भन्नु पर्यो, वास्तविकता स्वीकार गर्नु पर्यो, इतिहासलाई सच्याउनु पर्यो । अनि गल्ती भगवानले मात्रै गल्ती गर्देनन्, किनभने भगवान नै हुँदैन ! भन्ने स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाह त मान्छे थिए, त्यस माथि उनी युद्घ लड्न हिँडेका थिए, त्यसैले युद्घको क्रममा मान्छे मरे, मारिए भनी स्वीकार गर्नु पर्यो । पृथ्वीनारायण शाहले पनि युद्घ लड्ने क्रममा धेरै मान्छेहरु मारिए, युद्घका क्रममा केही न केही ज्यादतीहरु पनि भए भन्न सक्नु पर्यो । ‘भगवानले मात्रै गल्ती गर्दैन, किनभने भगवान नै हुँदैन’ भन्ने लेनिनको भनाईलाई आत्म साथ गर्नु पर्यो ।
यसरी हेर्दा पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण गर्ने क्रममा युद्घ हुँदा गरेको गल्ती, कमी-कमजोरी र जानेर वा नजानी गरेको भूलहरुलाई महानताका साथ क्षमा माग्ने र स्वीकार गर्ने हो भने हामी सबैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने वातावरण बन्न सक्छ । नत्र त कथित् राष्ट्रवादी भनिनेहरुले तामझामका साथ वर्षेनी पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी मनाई रहने, अर्को पक्षले पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता होइन, ‘साम्राज्यवादी !’ भनी कीर्तिपुरमा भेला भएर पृथ्वीनारायण शाहललाई हरेक वर्षको पुस २७ गते थुक्ने कार्यक्रम आयोजना गरिरहने क्रम अनन्तकालसम्म चली रहने देखिन्छ । त्यसैले राष्ट्रवादी कामरेडहरुले नै पहिले पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरणका क्रममा भए-गरेका सानातिना गल्ती र कमजोरीहरुलाई स्वीकार गर्दे र, उनका भाई-छोरा-बुहारीले नेपालको भगौलिक एकीकरणपछि नेपालका विभिन्न जातजातिहरु माथि जबर जस्ती थोपरेको वा लादिएको गोरखा-खस-नेपाली भाषा, हिन्दु चाडबाड, पर्व, जात्रामात्रा, संस्कार, संस्कृति, भेषभुषा, रीतिथिति, कानुनी बार-बन्देज आदिबारे पनि खुलेर छलफल र बहस गर्नुपर्ने देखिन्छ । अन्यथा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !’ भनी सुगा रटाई मात्रै गरी रहने हो भने त …. ।
त्यसैले हामीले अभैm पनि हरेक वर्षको २७ पुसमा मनाइने तत्कालीन गोरखाका राजा र पछि नेपालका भगौलिक एकीकरणका सफल अभियन्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा नेपालका अति राष्ट्रवादी कामरेडहरु जस्तै पञ्चायती व्यवस्थाकालका नेता तथा लेखक दीर्घराज प्रसाईँ लगायत लेखक तथा इतिहासकारहरुले हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा लेख, रचनाहरु लेख्दा अबका दिनमा कीर्तिपुरको युुद्घमा कीर्तिपुरे जनता (सेना) द्घारा पृथ्वीनारायण शाहका सेना प्रमुख कालु पाँडे मारिएको र आप्mना भाई सुरप्रताप शाह मारिएको झोँकमा कीर्तिपुरे जनताका नाककान काटेको, पृथ्वीनारायण शाहले पाल्कीमा चढी युद्घ सञ्चाल गरी रहेको वेला शत्रु पक्ष (कीर्तिपुरे) का सेनाले पृथ्वीनारायण शाहलाई चिनेर खँुडा उजाए । तर, अर्को सेनाले आएर ‘राजा त अवध्य हुन्छन्’ भनेर हात नसमातेको भए पृथ्वीनारायणको जीवन त्यसै स्थलमा समाप्त हुन्थ्यो भनी ‘नेपालको ऐतिहासिक रुप-रेखा’ नामक किताबको पाना नम्बर-१७८ मा बालचन्द्र शर्माले लेखेका छन् । यसरी हेर्दा शत्रु पक्षको एउटा सामान्य सिपाहीको दूरर्शिताले मात्रै त्यो वेला (कीर्तिपुरको दोस्रो लडाईँमा) पृथ्वीनारायण शाह बाँचेको प्रसंग, बेलकोट युद्घमा कैद परेका जयन्त रानालाई जिउँदै छाला काढेर मार्न लगाएको प्रसंग, मकवानपुरका राजा हेमकणर् सेनकी छोरीलाई दोस्रोपटक लिन जाँदा आपूm बसेको ठाउँमा मकवानपुरे राजाका सेनाले जुत्ता नखोली सलाम गर्दा ती सेनाहरुलाई आप्mनो मानिस लगाई मार्न लगाएको, त्यसपछि उनका जेठान दिग्बन्धन सेन तुरुन्तै आई…तर, राजा हेमकणर् सेन आई छोरालाई तत्कालै रोकेको प्रसंग (स्मरणीय छ, इतिहासकार बालचन्द्र शर्माका अनुसार हेमकणर् सेन तुरुन्तै आई पुगी दिग्बन्धन सेनलाई नरोकेको भए त्यही वेला पृथ्वीनारायण शाहमाथि जे पनि हुन सक्थ्यो । यदि पृथ्वीनारायण शाहमाथि त्यही वेला त्यस्तो केही भई हालेको भए अहिलेका हाम्रा अति राष्ट्रवादीहरुले कथित् राष्ट्रवादको नाममा यसरी उखरमाउलो ! गर्न पाउँथे कि पाउँथेनन् होला ?), त्यस्तंै आप्mनो स्वार्थका लागि वनारस गएर भारद्घाज गोत्र त्यागेर काश्यप गोत्र लिएको प्रसंग, पूर्वका किराती छल गरेर (अरुण नदीमा बिना हातहतियार भेला भई मीत लगाउने भनी लिम्बु राजाहरुलाई बोलाए तर, पृथ्वीनारायण शाहका सेनाहरुले पहिले नै वालुवामा लुकाएर राखेको खुँडा, तरबार आदिले काटेर/मारेर) जितेको प्रसंग, तनहँुका राजालाई पनि … आदि बारे पनि केही न केही लेख्नु पर्यो किनभने, केही उदारवादी वा भनौं वास्तविकता स्वीकार गर्ने लेखक तथा इतिहासकारहरुले भने पृथ्वीनारायणका यी र यस्ता कमी कमजोरीहरु बरे लेख्ने वा भनौं बोल्ने गर्छन् । तर, उग्र राष्ट्रवादी, अन्ध राष्ट्रवादी र अति राष्टवादी कामरेडहरुले भने, पृथ्वीनारायण शाहको स-सानादेखि ठूल-ठूला र जघन्य अपराधहरुको स्वीकारोक्तिको त के कुरो भयो र ? ‘पृथ्वीनारायण शाह दूधले नुहाएका थिए !’ भनेभैmँ गर्छन् । त्यति मात्रै होइन, देवत्वकरण नै गर्छन् । जुन सरासर गलत हो ।
हुन पनि लगभग लक्का जवान (लगभग २० वर्षको उमेर) मै राजकीय सत्ता चलाउन सुरु गरेका पृथ्वीनारायण शाह लगभग ५२ वर्षको उमेरमै बितेका थिए । अन्तमा पृथ्वीनारायण शाहको ३०० औं जन्म-जयन्तीको अवसरमा मेरो पनि शुभकामना छ ।
नोटः लेखमा उल्लेखित धेरै जसो सन्दर्भ-स्रोत बालचन्द्र शर्माद्घारा लिखित ‘नेपालको ऐतिहासिक रुप-रेखा’ नामक किताबबाट लिईएको छ ।