१२ औं जनगणनाको सार्वजनीकरणमा ढीलाई र राई यायोक्खा नामक एनजिओको ल्याङल्याङ ?

  निनाम लोवात्ती
217 Shares

निनाम लोवात्ती

केन्द्रीय तथ्यांक विभागले विसं २०७८ मा गरेको १२ औं राष्ट्रिय जनगणनाको सार्वजनीकरणमा पटकपटक म्याद थपिदैँ आएको छ । यसरी केन्द्रीय तथ्यांक विभागले विसं २०७८ मा गरेको १२ औं राष्ट्रिय जनगणनाको सार्वजनीकरणमा पटकपटक म्याद थपिँदै र ढिलाई हुनुमा केन्द्रीय तथ्यांक विभागभनदा पनि विभिन्न जातजाति र भाषाभाषाभषीहरुको स्वार्थ समूहका कारणले हो । हुन पनि पछिल्लोपटक पुस १३, १४ मा सार्वजनीकरण हुने भनिएको थियो, १२ औं जनगणनाको पूणर् रुपको प्रतिवेदन । पूणर् रुपको प्रतिवेदन भन्नाले नेपालमा १२ औं राष्ट्रिय जनगणनामा कति जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, घरपरिवार, सौचालय, कृषि कर्म गर्ने, पशुपालन गर्ने, वैदेशिक रोजगारीमा जाने, प्रदेशस्तरको जनसंख्या, समग्र देशको जनसंख्या वृद्घि, लैगिंक अनुपात, आदिको तथ्य-तथ्यांक आयो ? सो समवन्धमा तयार पारिएको समग्र प्रतिवेदन हो । तर सो प्रतिवेदन अभैm केही समय सार्वजनीकरण नहुने भएको छ । जबकि केन्द्रीय तथ्यांक विभागले गत भदौ-असोज महिनामै १२ औं जनगणनाको पूणर् तथ्य-तथ्यांक सार्वजनीकरण गर्ने भनेको थियो ।

जे भए तापनि विसं २०७८ मा सकिएको १२ जनगणना हुने क्रममा नेपालका सबै जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंगीय भिन्नता भएका, अल्पसंख्यक आदिका अगुवाहरुले आप्mनो जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंगीय भिन्नता भएका, अल्पसंख्यक आदि समूहको सही तथ्यांक आओस्, सही सूचना आओस् भनी लागी परेका थिए । हुन पनि कुनै देशमा जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता हुनु, लिंगीय भिन्नता हुनु, अल्पसंख्यक आदि हुनु ‘विविध रंगहरु मिलेर बनेको सो देशका लागि ‘‘ईन्दे्रणी’’ हो !’ । तर नेपालमा त्यसरी बुभ्mने र विधिता चाहनेहरु कम संस्था र व्यक्तिहरु मात्रै रहेको देखिन्छ । किनभने, उनीहरु जातीय एकताका नाममा, भाषिक एकताका नाममा, ठूलो संख्या र भीड देखाएर व्यक्तिगत रुपमा फाईदा लिन मात्रै अग्रसर हुने गरेका छन् । उनीहरुका लागि, धार्मिक समूह ठूलो देखाएर राजनीति गर्नेहरुका लागि र, विविधतालाई तिलाञ्जली दिएर अरु कसै (कुनै स्वतन्त्र जातजाति, भाषाभाषी, धार्मिक समूह आदि) लाई आपूmमा जबरजस्ती सम्मिलीकरण/एकीकरण वा भनौं एस्सिमिलेसन गरेर व्यक्तिगत वा संस्थागत रुपमा फाइदा लिन चाहने/गर्नेहरुका लागि भने…फुटेको देखिने र छुट्टिने आधार खडा गरेको  देखिने गरेको छ । अचम्म के भने, उनीहरु नै फेरि पनि मानवअधिकार, मौलिक हक, धार्मिक स्वततन्त्रता, संघीयता, समावेशीकरण, लोकतन्त्र, आत्मनिणर्यको अधिकार, कानुनी राज्य आदिको वकालत पनि गर्ने गर्छन् । जबकि यसो गर्न भनेको त दोरोहो चरित्र देखाउनु हो ।

यसो भनी रहँदा आजको सूचना, सञ्चार, विज्ञान, प्रविधि आदिले फड्को मारेको जमानामा पनि नेपालका कतिपय जातजाति, समूह, वर्ग, लिंग, धार्मिक समूह, अल्पसंख्यक आदिले आप्mनो वास्तविक पहिचान के हो ? प्रस्टसँग बुभ्mन सकेको छैन । त्यसैले उनीहरु राष्ट्रिय जनगणनामा अन्यमा राखिने गरेका छन् । जनसंख्या, भाषा, धर्म, समूह, लिंग आदि खुलेका र तथ्यांकमा आएका कतिपय जातजाति, समूह, वर्ग, लिंग, धार्मिक समूह अल्पसंख्यक आदिको वास्तविक पहिचानलाई पनि माथि नै भनिएभैmँ ‘जातीय एकताका नाममा, भाषिक एकताका नाममा, ठूलो संख्या र भीड देखाउनु पर्छ, फुट्नु हुादैन भन्ने नाममा व्यक्तिगत रुपमा फाईदा लिन पल्केका केही संस्था र व्यक्तिहरुले ‘सानो माछा’ बनाई रहेका छन् । भनाइको मतलब धेरै जसो स-साना जातजाति, भाषाभाषी, समूह, वर्ग, लिंग, धार्मिक समूह आदिलाई आ-आप्mनै जातीय, भाषिक, धार्मिक आदि स्वपहिचान हुँदाहँुदै पनि ती जातजाति, धार्मिक समूह, वर्ग, लिंग भनिएकाका अगुवाहरु जोर-जबरजस्ती गरेर ‘आपूmहरु र उनीहरु एकै हो !’ खबरदार अलग्गै पहिचान खुलाएर प्रतिवेदन प्रकाशित गरौला, प्रतिवेन सार्वजनिक गरौला ? भनेर केन्द्रीय तथ्यांक विभागमा गएर थर्काउने, हप्कीदप्की गर्ने गरेका छन् । त्यति गर्दा पनि केही नलाग्ने देखेपछि र उनीहरुले भीडको जमात लगेर शक्ति प्रदर्शन गर्नेसम्मको हर्कत हँुदै आएको छ । जसको पछिल्को कडीको रुपमा गत पुको पहिलो हप्ताताका राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ताहरुले केन्द्रीय तथ्यांक विभागको प्रांगणमा जुलुस प्रदर्शन गरेका थिए । तर केन्द्रीय तथ्यांक विभाग र त्यहाँका जिम्मेवार कर्मचारीहरु राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ता लगायत अन्य कुनै पनि जातीय संघ, संस्था वा व्यक्तिगत स्वार्थले खडा गरिएका स्वार्थ समूह र व्यक्तिहरुले गरेको प्रदर्शनबाट तर्सिुनु हुँदैन, थर्किनु हुँदैन । नेपालमा हालसम्म राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर-३२८/०४९/०५०) का हर्ताकर्ता लगायत अन्य कुनै पनि जातीय संघ, संस्था वा व्यक्तिगत स्वार्थले खडा गरिएका स्वार्थ समूह र व्यक्तिहरुले गरेको प्रदर्शनबाट तर्सिुनु हुँदैन, थर्किनु हुँदैन । नेपालमा विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह आदिबाट थिचोमिचोमा परेका दलनमलन गरिएका विभिन्न प्रमुख जातिमध्ये कुलुङ जाति प्रमुख हो । यसरी कुलुङ जातिलाई थिचोमिचो र दलनमलन गर्ने एनजिओ हो ‘राई यायोक्खा ।’

हुनत कुलुङ जातिलाई नेपालका अन्य जातजाति, समूह, वर्ग र समुदायले ‘राई !’ भनी जान्ने/बुभ्mने गरेको पाइन्छ । तर, असलीयतमा ‘राई !’ शब्दले सुरुमा नेपालको जात वा जाति नजनाएर/नभएर पद/पदवी वा पगरी मात्रै जनाउँथ्यो/हो । साथै ‘राई !’ शब्दको व्युत्पत्ति ‘राया’/‘राय’ हो भने धेरैजसो विद्धान तथा लेखकहरुको भनाइअनुसार नेपालमा सुरुमा यो ‘राया’/‘राय’ शब्दको प्रयोग कणर्ाली प्रदेशमा ‘राजा’ जनाउने अर्थमा प्रयोग भएको हो । पछि सेनकालमा नेपालको पूर्वी भेगमा पनि स्थानीय किराती (जो त्यति वेलासम्म थामी, लिम्बु, खम्बु, सुनुवार, याक्खा, कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ, धिमाल, हायु, सुरेल, जिरेल आदि भनी बाहिरिया अथवा अरु जातजातिबीच व्यापक रुपमा चिनिएका थिएनन् ।) हरुमध्येका प्रभावशाली व्यक्तिहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदको रुपमा दिएको देखिन्छ । जस्तो कि विजयपुरका बुद्धिकणर् ‘राय’, विजयनारायण ‘राय’, चतमे ‘राय’ आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । स्मरणीय छ, बुद्धिकणर् ‘राय’ त हाल आएर तेह्रथुम जिल्लाको ‘छ-थर भेग’को खेवा थरका लिम्बुका पूर्खा भएको प्रमाणित भएको छ ।

प्रस्टसँग भन्नु पर्दा विसं २०५७/०५८ देखि नै कुलुङ समुदायका अगुवाहरुले ‘राई !’ जात वा जाति होइन भनी जनवकालत र आन्दोलन गर्ने, स्थानीय विकासमन्त्री नियुक्त हुने बित्तिकै उनी कहाँ गएर आप्mनो मागबारे सम्झाउने, बुझाउने, प्रतिष्ठान, महासंघ (आदिवासी जनजाति महासंघ), सरकार राजनैतिक दलहरु कहाँ गएर आप्mनो मागहरु पेस गर्ने, धर्ना दिने, पत्रकार सम्मेलन गर्ने लगायतका कामहरु गर्दै आएको हो । जुन कार्यहरुको मकसद भनेको कुलुङ समुदायलाई पनि अन्य जातिसरह मान्यता दिएर जाति सूचीमा सूचीकृत गर्ने रहेको थियो/छ । तर, कुलुङ समुदाय आजको मितिसम्म पनि जाति स्ूचीमा सूचीकृत हुन सकेको छैन । तापनि कुलुङ समुदायका अगुवाहरुकै कारण विसं २०६८ को ११ औं जनगणनामा कुलुङलगायत अन्य ११ वटा किराती महाजातिभित्रका जातिहरुको अलग्गै जातिगत र भाषागत तथ्यांक आएको थियो ।

सोही आधारमा नै हालै सम्पन्न भएको १२ औं राष्ट्रिय जनगणनामा पनि ती सबै किराती महाजातिभित्रका जातिहरुले अलगअलग जातिगत कोड नम्बर र भाषागत कोड नम्बर पाएका थिए । हुन त कसैलाई अतिशय आरोप लगाए जस्तो हुन्छ । तर, हालसम्म हाम्रो (किराती महाजातिभित्रको कुलुङलगायतको समस्या) मुख्य वाधकको रुपमा राई जातिको नाममा संस्था दर्ता ऐन-२०३४ अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भएको र, बान्तावा जातिको नाममा आप्mनो संस्थाको नाम ‘किरात…राई “यायोक्खा” राखेका’ संस्थाका प्रमुखहरु रहनु भएको छ । उहाँहरुले कुलुङलगायत अन्य किरातीहरुको वास्तविक पहिचानलाई रोकेर जबरजस्ती ‘राई !’मै गाभेर राख्ने चेष्ठा गर्दै आउनु भएको । यसमा उहाँहरु केही हदसम्म सफल पनि हुनु भएको छ । त्यसो त ‘राई !’ का सम्बन्धमा भन्नु पर्दा किरातीले मात्रै नभएर मुसलमान र मधेसीले पनि ‘राया’/‘राय’/‘राई !’ लेख्ने गरेको देखिन्छ, लेख्ने गर्छन् । जस्तै नेपालमा दुई-दुई पटक केन्द्र सरकारका मन्त्री भएका ‘मोहमद ईस्तियाक राई’ले पनि ‘राई !’ लेख्नु हुन्छ । उहाँ नाम सुन्दै मुसलमान हुनुहुन्छ, होइन ? त्यस्तै ‘राई !’ को अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी कलाकार ‘ऐश्वर्य राई’ पनि हुनुहुन्छ, उहाँ पनि आप्mनो नामको पछाडि ‘राई !’ नै लेख्नु हुन्छ । सुरुमा ‘राया’/‘राय’ शब्दबाट अपभ्रंश भएर आएको ‘राई !’ शब्दबारे अहिलेलाई यतिमात्रै लेखौं !

विश्वका प्रायः सबै देशले १०-१० वर्षमा गर्ने राष्ट्रिय जनगणना नेपालले पनि गर्ने गर्छ । खासमा आप्mनो देशको जनंख्यामा देखिएको जातजाति, भाषाभाषी, लैंिगकता, धार्मिक समूह, अल्पसंख्यक, भिन्न क्षमता भएका समूह, वर्ग, मजदुर, उमेर समूह (वृद्धवृ-वृद्धा, केटाकेटी, युवा) आदिको तथ्यांक केलाएर हेर्ने गर्छ । सोही तथ्यांकको आधारमा नै सरकारले बजेटिङ गर्ने र नीति निर्माण गर्ने गर्छ । यही कुरो बुझेर नै विगतका जनगणनाहरुलाई खासै ध्यान नदिएका जाताजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, अल्पसंख्यक आदिले यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको १२ औं राष्ट्रिय जनगणनामा आप्mनो सही तथ्यांक आओस् भनी लागी परेका हुन् । किनभने, अहिलेको जनगणनाम छुटेमा वा अन्यमा परिए/पारिएमा अर्को १० वर्षसम्मलाई छुट्ने कुरो हो । अहिलेहको जमानामा १० वर्ष भनेको १० जुग बराबर हो ।

त्यसैले यस पटकको १२ औं राष्ट्रिय जनगणनामा अरु ‘राई !’ भन्नेहरुले जेसुकै लेखाएको भए तापनि हामी (कुलुङ) ले ‘राई वा कुलुङ राई नलेखाएर “कुलुङ” मात्रै लेख्यौं, लेखायौं । स्मरण रहोस्, यसपालिको जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड-६२ र भाषागत कोड-२९ रहेको थियो/छ ।

\

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार