पर्यटकको संख्या बढ्यो

  नयाँ बुलन्द
21 Shares

काठमाडौं । पर्यटन व्यवसाय मानिसको खुसीको समय बेच्ने समय हो । कपाल नभएकालाई काँइयो बेच्ने कलालाई पर्यटन व्यवसायको पूर्वाधार मानिन्छ । कोभिडपछि खुम्चिएको नेपालको पर्यटनमा एक वर्षयता सुखद् लक्षण देखिएका छन् । चिनियाँ पर्यटकलाई उनीहरुकै देशले बन्देज लगाएपनि छिमेकी देश भारत, युरोप अमेरिकाका पाहुना भने बाक्लिन थालेका छन् ।

२००७ सालपछि नेपाललाई विदेशी पर्यटकका लागि खुला गरिएको र २०११ सालदेखि विधिवत रुपमा पर्यटन विकास भएको पाइन्छ । उक्त समयदेखि विश्व पर्यटनमा स्थान बनाउँदै आएको नेपालको पर्यटनले नेपाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विगत दुई वर्षमा विश्वव्यापी फैलिएको कोभिड महामारीका कारण नराम्ररी थला परेको विश्व पर्यटन व्यवसाय विस्तारै लयमा फर्किदै गर्दा नेपालमा पनि आशाका किरण देखा पर्न थालेका छन् ।

भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको अंग्रेजी नयाँ वर्षको सेरोफेरोमा त पर्यटकको आगमन लोभलाग्दो नै देखिएको यो क्षेत्रका व्यवसायी बताउँछन् । कोभिडका कारण लगभग शून्यको अवस्थामा पुगेको यो क्षेत्रमा पछिल्ला महिनामा पर्यटकको संख्यात्मक रुपमा वृृद्धि पनि सन्तोष जनक रहेको छ । पोखरा, चितवनलगायतका स्थानमा कतिपय होटल बुकिङ्ग अहिले ८० प्रतिशतसम्म भएको भन्दै व्यवसायी उत्साही भएका छन् । पर्यटकको राम्रो उपस्थिती र होटल बुकिङ्गले पर्यटन क्षेत्रकामा राम्रो हुँदै गएको नेपाल होटल संघका प्रथम उपाध्यक्ष विनायक शाह बताउनुहुन्छ । एरपोर्ट र बाटोले राम्रो साथ नदिएको पर्यटकको संख्या अझै बढ्ने शाह बताउनुहुन्छ ।

सरकारी तथ्याङ् हेर्ने हो भने पछिल्लो ११ महिनामा आंकलन भन्दा बढी पर्यटक भित्रिएका छन् । अघिल्लो महिना ७२ हजार ६ सय ५३ पर्यटक नेपाल भित्रिएका छन् । विगत ११ महिनामा भित्रिएका पर्यटक संख्या मध्ये सबैभन्दा बढी हो । नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । पर्यटकको आगमनमा भएको वृृद्धिले शून्यमा पुगेको व्यवसाय पनि लयमा फर्किदै गएको भन्दै व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।

आफूले सोचेको भन्दा धेरै पर्यटक नेपाल आएको पर्यटन व्यवसायी आर पि सञ्जेल बताउनुहुन्छ । यो वर्ष भारत, बंगलादेश र अमेरीकाबाट धेरै पर्यटकहरु नेपाल आएको बताउनुहुन्छ ।

कोरोनाका कारण विगत दुई वर्षसम्म घरमै खुम्चिएका घुमन्तेहरु कोरोना कम भएसँगै बाहिर निस्कन थालेका छन् । यसले नेपालको पर्यटन भविष्य सुखद् रहेको तर यसका लागि सरकारले भने धेरै काम गर्न आवश्यक रहेको व्यवसायीको भनाइ छ । सरकार स्थीर नहुँदा पर्यटन क्षेत्रमा पनि समस्या परेको पर्यटन व्यवसायी केशव धिमाल बताउनुहुन्छ । उहाँले अब बन्ने पर्यटन मन्त्री पर्यटक जस्तो नभएकार स्थीर भइरहने चाहिएको बताउनुहुन्छ ।

पर्यटकका लागि पूर्वाधार बन्ने तर पाहुना घट्ने अवस्था आउन नदिन सरकारले आफ्नो प्राथमितालाई यस क्षेत्रमा केन्द्रिकृत गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार