हालै (मंसिर ४-मा) सम्पन्न नेपालको संसदीय निर्वाचनको मत परिणाम लगभग अन्तिम चरणमा पुगेको छ । हुनत राजनीतिक दलहरुले एकआपसमा धाँदली गरेको भनी आरोप लगाएर मत गणना नै स्थगित भएको तीन निर्वाचन क्षेत्रमध्ये दोलखा को १० मतदान केन्द्रमा आज मात्रै पुनः मतदान हुँदैछ भने स्याङजाको निर्वाचन क्षेत्र नम्बर-२ र बाजुरामा स्थगित भएको मत गणना पनि सुरु भएको छ । उता सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर-४ मा पनि माननीय सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्युले नै मतपत्र हराएको भनी पुनः गणनाको माग गर्नु भएको भए तापनि हाल सो क्षेत्रमा पनि मत परिणाम आउन लागेको छ ।
जे होस्, यसरी हेर्दा केन्द्रीय संसद र प्रदेशसभाको संसदीय निर्वाचनको माहोल अभैmसम्म रहेको छ, सेलाई सकेको छैन । तर, (संघ केन्द्र) र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा नेपालका ठूला राजनीतिक दलहरुले धेरै कम मात्रै आदिवासी जनजाति, महिला, मधेसी, दलित, अल्पसंंख्यक, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी (तेस्रो लिंगीलाई त कुनै पनि राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकमा उम्मेदवार बनाएनन् होला) आदिलाई टिकट दिए । फलतः ती समुदाय, जातजाति, वर्ग र महिलाहरु प्रत्क्षयमा कम निर्वाचित भएर आए । हुनत महिलाहरु प्रत्यक्षमा निर्वाचत भएर आउन नसके तापनि उनीहरुका लागि निर्वाचन कानुन र ऐनमा नै ३३ प्रतिशत अनिवार्य व्यवस्था भएको हुनाले अब समानुपातिकबाट भए पनि महिला सभासदहरुको पुरताल हुन्छ । तर, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी आदिका लागि निर्वाचन कानुन र ऐनले केही नबोलेको हुनाले ती समुदाय, जातजामति र वर्गका लागि ‘ट्याई-ट्याईँ फिस !’ मात्रै हुने देखिन्छ । हुन पनि स-सानादेखि ठूल-ठूला राजनीतक दलहरुले आप्mना नातागोता, अह्रौटे, भरौटे, हनुमाने, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडने प्रविद्घका केही मुठ्ठीभर मान्छेहरुको मात्रै नाम सूची बनाएर निर्वाचन आयोगमा पठाएका छन्, पेश गरेका छन् । त्यसो हुनुमा हरेक राजनीतिक दलमा करिया र भरिया प्रविद्घिका मानिसहरु धेरै भएकोले गर्दा हो भन्न सकिन्छ । किनभने, करिया, भरिया, अह्रौटे र भरौटेहरुले मालिकले जे अह्राएको छ त्यही गर्ने हो । जहाँ खटाएको त्यहाँ जाने होे । मालिकले आप्mनो दयामायाले जेजति दिन्छ, त्यति मात्रै खाने हो । कमारो बुद्घि भएपछि हामीलाई राजनीतिक दलहरु र शासकहरुले ‘तुजुक !’ देखाउने नै भए ।
हुन पनि यस्तै अह्रौटे, भरौटे, हनुमाने, लगाम लगाएको घोडासरह चढ्नेले जता झड्कारो त्यतै दौडने प्रविद्घिका मान्छेहरु हरेक राजनीतिक दलमा धेरै भएकैले गर्दा दुइ वर्षअघि तत्कालीन ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेट पेश गर्ने क्रममा नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थको नाम फेरेर रवीन्द्र अधिकारी राख्न खोजेको थियो । जुन विमानस्थलको नाम लिम्बु भाषामा रहेको ‘सुः रित तेल्लोक’बाट अपभ्रंश हुँदै ‘सुकेटार’ भएको हो । स्रोतः राम मादेनको फेसबुक । त्यस्तै तेह्रथुम जिल्लाको पूर्व-दक्षिण क्षेत्रको आठराई ! क्षेत्रको चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम पनि ‘आङछिरिङ शेर्पा’ राख्ने निणर्य गरेका थिए । हामी आदिवासी जनजाति भन्ने र भनिनेहरुको पाईन देखेरै ! राजनीतिक दल र शासक पक्षका मान्छेहरुले त्यस्तो आँट गर्ने गरेका छन् । जबकि आदि अनादि कालदेखिका त्यही क्षेत्रमा बस्दै आएका लिम्बु जातिका ईष्ट-देवी र धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा/माङ) लाई जहिले, जसरी, जुन उदेश्यले हिन्दुकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामांकरण गरेको भए तापनि पुनः लिम्बु भाषाको मुक्कुमलुङ (युमा/माङ) नामलाई नै पुनः स्थापित गर्नु पर्छ भनेर लिम्बु जातिका थरगत संस्था (सयङ) हरु मिलेर विसं २०७७ असारदेखि संगठित रुपमा विभिन्न चरणमा विभिन्न खालका संघर्ष र आन्दोलन गर्दै आएका छन् । तापनि सरकारले लिम्बु जातिको पाथीभरा देवीको नाम फेरेर पुनः लिम्बु भाषामा ‘मुक्कुमलुङ (युमा/माङ) नाम’लाई स्थापित गर्नुपर्ने भन्ने मागलाई किनारा लगाउन चाहेको छैन । भर्खरै पनि (असोज ९, १० र ११ गते) हुने पाथीभरा महोत्सवको क्रममा लिम्बु जातिका थरगत संस्था (सयङ) हरु मिलेर यातायात बन्द गर्ने घोषणा गरेका छन् । तर….,
तबसम्म राज्यपक्षले यस्तो काम कारबाही गरिरहने छ, जबसम्म विभिन्न राजनैतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरुले स्वविवेक प्रयोग गर्ने र, आप्mनो व्यक्तिगत हित भन्दा पनि समुदायको हितलाई सवोएपरि ठान्दैनन् । यहाँ नामै किटरे भन्नु पर्दा जातिका सुवास नेम्बाङ (उनी एमालेका संसदीय दलका उप नेता छन् ।), डाक्टर विजय सुब्बा, डाक्टर शिवमाया तुम्बाहाङ्फे, नरेन्द्रविक्रम नेम्बाङ, वसन्तकुमार नेम्बाङ, कुलबहादुर (केबी) गुरुङ, इन्द्रबहादुर (आईबी, उनी राजनीतिबाटै हराए !) गुरुङ, डाक्टर जगमान गुरुङ, परशुराम मेघीगुरुङ, पृथ्वी (पिएस) सुब्बा गुरुङ, किरण गुरुङ, धनराज गुरुङ, रामबहादुर थापा ‘बादल’, रामबहादुर थापा ‘हुस्सु’ (उनी आदिवासी जनजाति महासंघमा महासचिव हुनुअघिसम्म अध्यक्षमा भन्दा महासचिवमा पावर बढी थियो । स्मरणीय छ, उनकै पालामा अध्यक्षमा पावर जाँदा पनि पत्तो नपाएको हुनाले ‘हुस्सु !’ उपमा पाएका हुन । (उनी अहिले आदिवासी जनजाति आयोगका अध्यक्ष छन् ।), रामबहादुर थापा ‘कुहिरो’ (अल्कोनका पूर्व अध्यक्ष), वर्षामान पुन ‘अनन्त’, नन्दबहादुर पुन ‘पासाङ’, शेरधन राई, राजेन्द्र राई, पासाङ शेर्पा (आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष), अष्टलक्ष्मी शाक्य, ओनसरी, घर्तीलगायत रहने छन् ।
हुनत एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने काम विश्वभरि चलेको थियो, चली नै रहने छ । स्थान नामका सम्बन्धमा पनि यो कुरा लागू भएको पाइन्छ । जस्तो नेपालमा राज्य र राज्य पक्षका मान्छेहरुले केवल मुक्कुमलुङ (युमा/माङ) को नाम फेरेर पाथीभरा देबी बनाउने कुरोमा मात्रै सीमित रहेको छैन, नेपालका अधिकांश स्थानको स्थानीय नाम पनि हिन्दु देवी, देवता र खस/नेपाल भाषामा राख्ने र अतिक्रमण गर्ने क्रम बढेको देखिन्छ ।
यसरी आदि अनादि कालदेखि रहेका स्थानीय गाउँ, ठाउँ र स्थान नामहरु अतिक्रमित हुने क्रममा विषेशतः हिन्दु देवी-देउताका नाम र खस-नेपाली भाषाले बढी ओगटेको देखिन्छ । त्यसपछि अंग्रेजी भाषा र प्रसिद्ध व्यक्तिहरुका नामले अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरु भने, आप्mनो मौलिक नामबाट, ऐकार, ऊकार, एकार, आकार आदि मात्रै बिगारेको/बिग्रिएको देखिन्छ । उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको ईलाम जिल्लामा रहेको सन्दकफुलाई नै लिऊँ । ‘सन्दकफु’लाई हाल सन्दकपुर बनाइएको छ । अन्तुडाँडाको नाम पूरै परिवर्तन गरेर ‘दीपेन्द्र’ (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर बनाइएको थियो । तर, आजभोलि दीपेन्द्र शिखरभन्दा पनि अन्तुडाँडा भनेरै चिनिन थालेको छ । यी नामहरु लाप्चा आदिवासी जातिको मातृभाषामा रहेको नाम हो । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । यतिसम्म कि तेह्रथुम जिल्लाको सदरमुकाममा केही वर्षअघि स्थापना गरिएको ‘मेयङ लुङ’ (बिरालोको प्रतिमा) मा लेखिएको/कुँदिएको ‘मेयङ लुङ’ अक्षरबाहेक तेह्रथुम जिल्लाभरिको साइनबोर्ड र होर्डिङ बोर्डहरुमा ‘म्याङलुङै’ ‘म्याङलुङ’ लेखेको देखिन्छ । त्यस्तै तेह्रथुमकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंवा खोला भनिन्छ), झरनाको नाम पनि अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । तेह्रथुम जिल्लाकै एक गाउँ ‘सुम्दोवा’ हाल ‘सम्दु’ भएको भने, ‘सङबो’ भन्ने गाउँ ‘संगपु’ भएको छ ।
भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिमध्येका किराती आदिवासी हुन् । सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो-सोत्तो गाउँहरु भने, क्रमशः सोताङ र शिबटार/कृष्णटार भएको छ । खोज्दै जाँदा नेपालभरि स्थानीय भाषाका नाम, खास गरी आदिवासी जनजातिका मातृभाषामा रहिआएका स्थानीय नामहरु हिन्दु देवी र देवता तथा नेपाली-खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छँाँगो’ हाल ‘डेवि’ज फल्स’ भएको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वेपत्ता भएपछि ‘पाताले छँाँगो’ ‘डेवि’ज फल्स’ भएकी हुन् !
राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले ‘किरात’ वा ‘किराती’ भन्नाले एउटा केवल एक जात वा जाति मात्रै नभएर प्राचीन इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति आदि हो भन्ने नबुझेसम्म र, लगभग ८-१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई सहजै स्वीकार नगरेसम्म हामी मात्रै कराएर केही हुनेवाला छैन । त्यसैले त सबै किरातीहरुको उत्पत्ति-थलो भनी मुन्धुम (कुलुुङ जातिले मुन्धुमलाई रीदूम भन्छन्) मा समेत आउने (बखानिने/पुकारिने) खुवालुङलाई फुटाएर पानी जहाज (खासमा ठूलो डंुंगा/जेट बोट हो, पानी जहाज त कहाँ आउनु र कोसी नदीमा ?!) चलाउँछु भनेर केही वर्षअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली कुर्लेका थिए । किनभने, राज्य पक्षका मान्छेहरुका लागि त ‘खुवालुङ’ भनेको केवल नदीको बीचमा बसेको/रहेको फगत एउटा ढुंगो न हो !
त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीय स्थान नाम मात्रै नभएर देशकै नाम समेत मौलिक भाषाको नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ । जस्तो पहिले बर्मा भनेर चिनिने देशको नाम ‘म्यामाँ-म्यानमार’ भएको छ । त्यस्तै भारतको बम्बई सहर हाल ‘मुम्बई ’भएको छ भने, मद्रास सहर ‘चेन्नाई ’भएको छ, कलकत्ता सहर ‘कोलकाता’ भएको छ । बर्माको राजधानी सरह रंगुन पनि ‘याँगु-यांगुन’ भएको छ । अर्को भनेको केही समय अघिसम्म ‘टर्की’ भनेर चिनिने देशको नाम पनि हाल फेरिएर नयाँ नाम ‘तँुर्किए’ भएको छ ।