पाँचथरबाट झिनो मतान्तरले एमालेका बसन्त नेम्वाङ फेरि विजयी

  नयाँ बुलन्द
546 Shares

पाँचथर:  प्रतिनिधि सभा सदस्यमा पाँचथरबाट नेकपा एमालेका वसन्त कुमार नेम्बाङ विजयी भएका छन् ।

४७ मतको झिनो अग्रताले कांग्रेसका उम्मेदवार भिष्मराज आङ्देम्बेलाई पछि पार्दै नेम्बाङ विजयी भएका हुन् ।  ३२ हजार १ सय १० मत प्राप्त गरेका नेम्बाङका प्रतिस्पर्धी आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरे ।

२०७४ सालमा  बाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका नेम्बाङले  हालकै प्रतिस्पर्धी आङ्देम्बेलाई १० हजार ६ सय १६ मतान्तरले पराजित गर्दै सांसद बनेका थिए ।

सत्ता गठबन्धनको तर्फका पाँचथरबाट उम्मेद्वार बनेका आङ्देम्बे पराजित हुँदा जिल्लाको दुवै प्रदेश सभा सदस्यमा भने गठबन्धनका उम्मेद्वार आङ्बो र जबेगु विजयी भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार