हुन पनि हो, धेरै मान्छेहरुलाई लाग्दो हो, यो निनाम मान्छेलाई कसैले आपूmलाई ‘राई !’ भन्दा, लेख्दा वा ‘राई !’ जाति भनेर चिनाउँदा किन उखरमालो गरेर हिँड्छ ? ‘राई !’ को भन्नेहरको घोर विरोध गर्छ !? आखिर यो “निनाम लोवात्ती, निनाम कुलुङ ‘मंगले, निनाम लोवात्ती कुलुङ, निनामहाङ कुलुङ किरात”, प्रकाश कुलुङ ‘दीनदुःखी’, प्रकाश राई ‘दीनदुःखी’, प्रकाश ‘पूअर’ लगायतका अनेक नाममा जानेर वा नजानेरै ! पनि केही न केही लेखहरु लेखिरहने ‘कुलुङे ढाके्र’ ‘राई !’ नै होइन ? अब आज आएर जात ‘राई !’ वा जाति हौं भन्ने मान्छेहरु र, ‘राई !’ शब्दप्रति किन त्यस्तो नफरत ? हुन पनि माथि नै भनियो कि, आखिरमा “निनाम लोवात्ती (हाल), निनाम कुलुङ ‘मंगले, निनाम लोवात्ती कुलुङ, निनामहाङ कुलुङ किरात” लगायतका नाममा लेख्ने मान्छे नै त हो, विगतमा, खास गरी (२०६२/०६३ को राजनैतिक परिवर्तनअघि) प्रकाश ‘पूअर’, प्रकाश राई ‘दीनदुःखी’, प्रकाश राई आदिको नाममा लेख लेख्ने ?!
तर, आज आएर त्यही प्रकाश ‘पूअर’, प्रकाश राई ‘दीनदुःखी’, प्रकाश राईको नाममा लेख लेख्ने ‘राई !’लाई नै ‘राई !’ जात वा जाति हौं भन्ने मान्छेहरुप्रति र, ‘राई !’ शब्दप्रति नै किन यस्तो साह्रो नफरत ?! हो, यस विषयमा चाहिँ खासै बहस र छलफल हुन सकेको छैन । किनभने, आजभोलि ‘राई !’ भन्नाले नेपालका एक जाति हुन् भन्ने बुझिए तापनि विगतमा ‘राई !’ शब्दले जात वा जाति जनाउँथेन । इतिहास हेर्ने हो भने, ‘राई !’ को व्युत्पत्ति ‘राया’, ‘राय’ वा ‘राइ’ हुँदै ‘राई’ को रुपमा विकशित भएको देखिन्छ । इतिहास हेर्दा वा पढ्दा नेपालको पूर्वी भेगमा ‘राया’, ‘राय’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि प्रचलनमा आएको देखिन्छ ।
अहिले नेपालमा प्रचलित ‘प्रधानमन्त्री’सरहको पद ‘राय’/‘राया’ पद सेन शासनकालमा चलेको थियो । सेन शासनकालमा ‘राय’/‘राया’ पाएका बुद्घिकणर् ‘राय’/‘राया’ हाल आएर तेह्रथुम जिल्लाको ‘छ-थर भेग’का एक थरी (खेवा थरको) लिम्बुहरुको पूर्खा हो भनने प्रमाणित भएको छ । इतिहास हेर्दा असलियतमा ‘राई !’ शब्दले कुनै जात वा जाति जनाउाथेन भन्ने प्रस्टै छ । सेन कालपछि नेपालको भगौलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र उनका सन्तान, दरसन्तान एवम् श्री ३ महाराजहरुले पनि स्थानीयस्तरका प्रभावशाली, गन्ने-मान्ने ठालूहरुलाई ‘तालुकदार’/‘जिम्मावाल’को रुपमा त्यही ‘राय’ वा ‘राया’ पदलाई नै कायम गरे । स्थानीयहरुले ‘राइ’ ‘पदवी’ ‘पगरी’ अथवा ‘राई’ ‘पदवी’ ‘पगरी’ पाएका ठालूहरुलाई भन्ने गर्थे । अहिले पनि ऊ वेला ‘राइ’ ‘पदवी’ ‘पगरी’ अथवा ‘राई’ ‘पदवी’ ‘पगरी’ पाएका ठालूका सन्तानहरुलाई फलानो ‘तालुकदार’/‘जिम्मावाल’को
छोरो वा छोरी भनने प्रचलन हटी सकेको छैन ।
स्मरण रहोस्, वास्तवमा नेपालको भगौलिक एकीकरण हुनुअघि एकै रहेको पूर्वका किरात भूगोल र किराती जातिहरुलाई समेत फुटाएर ‘वल्लो किरात’, ‘माझ किरात’ र ‘पल्लो किरात’ (लिम्बुवान) बनाईयो । किरात भूगोल र किरातीहरुलाई फुटापछि हुनेखाने, धनीमानी र स्थानीयस्तरका सामन्त, सरदार ! रहेका किरातीहरुलाई छोटे राजा वा शासक बनाउन विभिन्न पद, पदवी र पगरीहरु सिर्जना गरियो । वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरुलाई ‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पद, पदवी वा भनौं पगरी दिईयो ।
पछि गएर/आएर कतिपय गुरुङ, दनुवार, हायु, माझी, मगर, बाहुन, क्षेत्री, बिन, मल्लाह, कामी, दमै, सार्की, बंगाली, राजस्थानी, पञ्जाबी, गोरा, जापानीज, अफ्रिकन (जिम्बाबे भन्ने देशका पूर्व प्रधानमन्त्री मोर्गान स्भाङ्गी राई एक उदाहरण…।) आदि पनि राई भएको पाईन्छ । त्यसैले मेरो जिरह ‘यदि ‘राई !’ नेपालका एक जात वा जाति नै हुन् भने त्यसरी जो पायो त्यही नेपालका गुरुङदेखि दनुवार, हायु, माझी, मगर, बाहुन, क्षेत्री, बिन, मल्लाह, कामी, दमै, सार्कीसम्म अनि बंगालीदेखि राजस्थानी, पञ्जाबी, गोरा (युरोपियन), जापानीज, अफ्रिकन, जिम्बाबे भन्ने देशका पूर्व प्रधानमन्त्री मोर्गान स्भाङ्गी राई समेत कसरी राई भए ?’ भन्ने हो ।
अनि ‘राई !’ पद, पदवी र पगरी पनि खालखालका हुन्थे । जस्तै ५ पगरीको (सानो ‘राई !’), ८ पगरीको (मध्यम ‘राई !’), १२ पगरीको (ठीकैको ‘राई !’), १६ पगरीको (अलि ठूलो ‘राई !’), कानुन हेर्ने ‘राई !’ (अमाली ‘राई !’) हुँदै ५२ पगरीसम्मको एकदमै ठूलो ‘राई !’ सम्मका तहतहका ‘राई !’हरु हुन्थे । त्यस्ता सानादेखि ठूला ‘राई !’हरुका जेठो छोरोहरु अहिलेसम्म त काठमाण्डौमै ब्रगेल्ती भेटिन्छ । अर्को भनेको ‘सुब्बा’ र ‘मुखिया’को हकमा पनि त्यही हो । ‘मुखिया’बारे त के कुरो गरई भो र ? पछिल्लो समयमा जुनसुकै जातजातिका मानिसहरु पनि ‘मुखिया’ भएका थिए । जुनसुकै जातजातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । हरि रोकाले २०६० मा हिमाल खबरपत्रिकामा अनुभूतिजन्य लेखअनुसार हरि रोकाका बाबु पनि ‘मुखिया’ भएका थिए ।
किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भू-भागहरुमा किरातहरुको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने भनाइ रहेको छ ।
भन्न त ‘राई !’ का सम्बन्धमा कसै-सैले ‘१० राई १० चुलो’ पनि भन्ने गरेका छन् । तर, ‘१० राई १० चुलो’लाई मान्ने हो भने ‘भूमि सुधार ऐन-२०२१’ गाउँगाउँ, टोलटोलमा लागू हुनुअघि ‘रैती वा ढाक्रे’हरु (अहिलेको भाषामा भन्नु पर्दा जनता) ले आप्mनो नामको पछाडि ‘राई !’ लेख्दा वा भन्दा असली ‘राई !’ले तैँले नपाएको राई किन लेखिस् ? भनेर ठिँगुरो (जेल) मा हाल्थे ? किन जरिवाना गर्थे ? यसको मतलब के थियो भने असली ‘राई !’ले केन्द्र सरकारसँग ‘वार्षिक रुपमा यत्तिसम्म (रकम तोकेर) जिमी-भूमि कर, ठेकी-बेठी, बेठ-बेगार, सिर्तो, बिलो, तिते माछा, पाहाकुर, महकुर आदिको कर तिर्न सक्छु सरकार !’ भनेर निवेदन वा चिठी लेखेर मात्रै राई, सुब्बा, मुखिया, देवान, चौधराई, पटवारी, गोवा आदि पदहरु पाईन्थ्यो । फलतः पछि गएर किरात र किरातीहरुको क्षेत्रमा गैर किरातीहरु पनि सुब्बा, राई, देवान, मुखिया (विशेषतः मुखिया) हुन थाले । यसको ज्वलन्त उदाहरण भनेको सोलुखुम्बु जिल्लाको ‘सत्तो-सोत्तो’ (हाल सोताङ) गाउँ पञ्चायतमा शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरु राई/मुखिया भएका थिए । स्मरणीय छ, शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) हरु विसं २०३३/०३४/०३५ तिर राई/मुखिया भएका थिए । उनीहरु हाल सुनसरी जिल्लामा बसाई सरेर गएका छन् । अर्को तथ्य भनेको यसरी व्यक्तिले पाएको पद, पदवी वा पगरीका सम्बन्धमा अरु केही उदाहरणहरु दिनु पर्दा हालका ‘प्रधानमन्त्री’ शेरबहादुर देउवा वा पूर्व ‘प्रधानमन्त्री’ केपी शर्मा ओली वा पूर्व ‘उपप्रधानमन्त्री ईश्वर पोखरेल अथवा पूर्व ‘कानुनमन्त्री’ शिवमाया तुम्बाहाङफे आदिलाई पनि लिन सकिन्छ । के उनीहरुले पाएको पदलाई नै आप्mनो जात वा थर भनी ‘प्रधानमन्त्री’, ‘उपप्रधानमन्त्री वा ‘कानुनमन्त्री’ भनेर लेखे, लेखाए, चिनाए ? अथवा उहाँहरुले आप्mनो जात वा थर देउवा, ओली, पोखरेल र तुम्बाहाङ्फेलाई हटाएर ‘प्रधानमन्त्री’, ‘उपप्रधानमन्त्री वा ‘कानुनमन्त्री’ भनी लेखेका छन्, चिनाएका छन ?
महत्वपूणर् कुरो के भने, ‘राई !’ पद, पदवी वा पगरीबाहेक नेपालमा ‘प्रधानन्यायाधीश’, ‘न्यायाधीश’, ‘वकिल/ओकिल’, ‘पत्रकार’, ‘सम्पादक’, ‘प्रकाशक’, ‘हवल्दार’, ‘सिपाही’, ‘जवान’, ‘पिउन/पिओन’, ‘हकर’, ‘हुलाकी’, ‘वितरक’, ‘उमराव’, ‘काजी’, ‘मुख्तियार’, ‘चौतरिया’, ‘मीर सुब्बा’, ‘सुब्बा’, ‘मुखिया’, ‘चौधराई/चौधरी’, ‘दिवान/देवान’, ‘डिठ्ठा’, ‘बैठके’, ‘हुक्के’, ‘बडागुरु ज्यु’, ‘पण्डित’, ‘खजाञ्जी’, ‘मुन्सी’, ‘मोते’, ‘डोले’, ‘भरिया’, ‘ताबेदार’, ‘जेठाबूढा’, ‘सईस’, ‘कपरदार’, ‘थरी’, ‘कारबारी’, ‘गौरुङ’, ‘माथा’, ‘करता’, ‘बैदार/बहिदार’, ‘तोहले/टहले’ लगायत अनेक पद, पदवी वा पगरी पाएका मानिसहरु थिए, छन् । तर, ती मानिस र तिनका सन्तान दरसन्तानचाहिँ किन आप्mना पिता-पूर्खाहरुले पाएको ‘प्रधानन्यायाधीश’, ‘न्यायाधीश’, ‘वकिल/ओकिल’, ‘पत्रकार’, ‘सम्पादक’, ‘प्रकाशक’, ‘हवल्दार’, ‘सिपाही’, ‘जवान’, ‘पिउन/पिओन’, ‘हकर’, ‘हुलाकी’, ‘वितरक’, ‘उमराव’, ‘काजी’, ‘मुख्तियार’, ‘चौतरिया’, ‘मीर सुब्बा’, ‘सुब्बा’, ‘मुखिया’, ‘चौधराई/चौधरी’, ‘दिवान/देवान’, ‘डिठ्ठा’, ‘बैठके’, ‘हुक्के’, ‘बडागुरु ज्यु’, ‘पण्डित’, ‘खजाञ्जी’, ‘मुन्सी’, ‘मोते’, ‘डोले’, ‘भरिया’, ‘ताबेदार’, ‘जेठाबूढा’, ‘सईस’, ‘कपरदार’, ‘थरी’, ‘कारबारी’, ‘गौरुङ’, ‘माथा’, ‘करता’, ‘बैदार/बहिदार’, ‘तोहले/टहले’ आदि पद, पदवी वा पगरीलाई नै आप्mनो जात वा जातिका रुपमा लेखेनन् ? अनि हाल आएर ‘राई !’ पद, पदवी वा पगरी मात्रै रहेछ, जात वा जाति होइन रहेछ, त्यसैले अबदेखि ‘राई !’ पद, पदवी वा पगरीलाई हामी जाति मान्दैनौं भनी आप्mनो जातीय स्वपहिचान “कुलुङ”ले चिनिन चाहने, “कुलुङ” लेख्न, भन्न चाहने “कुलुङ” लगायत अन्य किरातीहरुलाई ‘राई !’ जातिको नाममा खुलेको एक एनजिओका मुखियाहरु र, ‘राई !’ जातिका बुद्घिजीवी भनिनेहरुले अनेकानेक फत्तुर लगाउने गर्छन् ? यो प्रश्न जति सक्दो चाँडो नेपालका अन्य जातजातिका अगुवाहरु र नेपालका बुद्घिजीवीहरुले ‘राई !’ जातिको नाममा खुलेको एनजिओका मुखियाहरु र, ‘राई !’ जातिका बुद्घिजीवी भनिनेहरुलाई सोधनुपर्ने देखिन्छ । किनभने ‘राई !’ जातिको नाममा खुलेको एनजिओका मुखियाहरु र, ‘राई !’ जातिका बुद्घिजीवी भनिनेहरुले आप्mनो जातीय स्वपहिचान “कुलुङ”ले चिनिन चाहने, “कुलुङ” जातिलाई तँ/तिमीहरु “कुलुङ” होइनस्/होइनौ, ‘राई !’ नै होस्/हौ ! किनभने तेरा/ेतिमीहरुको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत ‘राई !’ छ भन्न मिल्छ ? राई जातिवालाहरुले त्यसो भन्दा, गर्दा, “कुलुङ” जातिलाई त्यसरी “कुलुङ” हुनबाट जबरजस्ती रोक्दा वा रोक्न खोज्दा उनीहरु (‘राई !’हरु) ले “कुलुङ” जाति लगायत अन्य किरातीहरुको आत्मनिणर्यको अधिकार हनन् गरेको ठहछृ कि ठहर्दैन ? मानवअधिकार हनन् गरेको ठहर्छ कि, ठहर्दैन ?
हुन पनि कुलुङ जातिका अगुवाहरुले विसं २०५७/०५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन् । त्यसै कुलुङ-कुलुङबीचमै एकआपस्तमा विहेवारी चल्ने गरेको छ । नत्र कसरी कुलुङ-कुलुङबीचमै विवाहवारी चल्छ ? त्यस्तै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रुपमा आई सकेको पनि छ । सो तथ्यांकअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषावक्ता संख्या ३३ हजार १७० जना रहेको छ । सोही आधारमा नै केन्दीय तथ्यांक विभाग (केतवि) ले गएको १२ औं राष्ट्रिय जनगणना कुलुङ जातिलाई अलग्गै जातिगत कोड-६२ र भाषागत कोड-२९ उपलब्ध गराएको थियो ।
नोटः यो लेखमा उल्लेख भएका केही नामहरु र केही उदाहरणहरु वाध्यतावश उल्लेख भएको/गरिएको हो । तापनि कसैलाई..लाग्छ, चोट पर्छ वा अप्ठ्यारो लाग्छ भने हटाउन (सम्पादन गर्न) सकिने छ ।