जलवायु परिवर्तन र विश्व रहने-नरहने सवाल

  निनाम लोवात्ती
49 Shares

निनाम लोवात्ती

हो, विश्वभरिका जलवायु विज्ञहरुका अनुसार अबको ५, ६ सय वर्षपछि विश्वमा हामी बसी रहेको यो धरतीको अस्तित्व नरहने पक्का छ । तापनि जलवायु परिवर्तका कारण अनपेक्षित रुपमा बढ्दै गएको तापमानलाई जति सक्दो कम गर्न सके, हामी बसेको यो धरतीको आयू केही बढी समयसम्म लम्ब्याउन सकिन्थ्यो कि ? भनी विषय विज्ञहरु लागी परेका छन् । तर, पनि विश्वका औद्योगिक तथा विकशित देशहरुको व्यवहार हेर्दा चाहिँ ती देशहरु जलवायु परिवर्तका कारण अनपेक्षित रुपमा बढ्दै गएको तापमानलाई कम गर्ने वा घटाउनेभन्दा पनि बढाउनेतर्पm पो हो…कि ? भन्ने देखिन्छ ।

यसै सन्दर्भमा गत ६ नोभेम्बर, २००२२ देखि ईजिप्टको ‘शार्म-एल शेख’ सहरमा ‘युनाईटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाईमेट चेन्ज’ (युएन एफसीसीसी) अन्तर्गत रहेर कोप-२७ को बैठक बसी रहेको छ । हुन पनि जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने, धरतीको अस्तित्व पनि रहने, नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । यस्तो वेला विश्वभरिका १९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एव्म गैर सरकारी प्रतिनिधिहरुले ईजिप्टको शार्म एल शेखमा भाग लिँदैछन् । सो बैठकले यो शताब्दीमा हामी बसी रहेको यो धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्पm डोहोर्याउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य निर्धारण गर्ने अपेक्षा राखिएको छ ।

मानिसहरुले हामी बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभावी गरि रहेको हुनाले नै धरतीमा अनावत्तश्यक रुपमा तापमान वृद्धि भई रहेको छ । जसका कारण हामी बसेको धरती आवश्यक्ता भन्दा बढी ताती रहेको छ । फल स्वरुपः हिम नदी पग्लने, हिमाल पग्लने, हिमालमा हिऊँ सुकेर कालो हुने, हिमालमा खोला बन्ने, हिम ताल फुट्ने क्रम बढी रहेको छ । जसका कारण विश्वभरि नै बेमौसममा अकस्मात बाढी-पहिरो आउने, अत्यधिक चिसो बढ्ने, हिम पहिरो आउने भई रहेको छ ।

यसरी गत साउनमा सप्तकोसी नदीमा आएको बाढीलाई पनि एक उदाहरणका रुपमा लिन सकिन्छ । सो बाढीका कारण कोसी टप्पु क्षेत्रमा बसोवास गरीरहेका २० हजार मानिसहरु प्रभावित भएका थिए । सो बाढी दिउासो आउको हुनाले बाढी प्रभावितहरु तुरुन्तै सुरक्षित क्षेत्रमा सरेका थिए । तर, सो क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षणले आप्mनो बनाउने वा भनौं हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढी पीडित र प्रभावितहरु तुरुन्तै फेरि साविक ठाऊँमै आएर बस्न थालेको भन्ने समाचार आएको थियो । यसले मान्छेहरु आप्mनो ज्यानभन्दा पनि आप्mनो अचल सम्पत्ति घर, जग्गा र जमीनकै लोभमा पर्ने रहेछन् ! आप्mनो अचल सम्पत्ति घर, जग्गा र जमीनकै लोभमा मर्ने रहेछन् ! भन्ने देखाएको थियो । धेरैचाहिँ उदयपुरको बेलका नगरपालिकाका जनता प्रभावित भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार रुपमा असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीकमा रुपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी-बेहरी आउने, हिऊँ पग्लने, हावा-हुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुई मत छैन । त्यसो त लगभग ३ महिनाअघि युरोपका विभिन्न देशहरु जस्तै स्पेन, बेलायत, फ्रान्स, इटली आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसहरुले अकालमै ज्यान गुमाएका थिए । हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीकमा रुपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावाहुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम भनेको जलवायु परिवर्तनका कारण धरती तात्दै गएकाले गर्दा हो, यसमा कसै विमति रहने गरेको छैन । तर, जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन ।

अर्कोतिर विश्व स्वास्थ्य संगठन/वल्र्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ) ले गत वर्ष प्रकाशित गरेको वायु प्रदुषण सम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षेनी ७० लाख मानिसहरुले अल्पायुमै आप्mनो अमूल्य जीवन गुमाई रहेका छन् । वायु प्रदुषणका प्रमुख कारणहरुमा औद्योगिक उत्पादन, उद्योग-धन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ । विज्ञहरुका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो/छ ! सो समयमा डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

माथि एक प्रसंगमा वायु प्रदुषण बढ्नुमा उद्योग-धन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भनिए तापिन नेपाल जस्ता अविकशित र अल्प विकशित देशहरुमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पूरानो बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडीहरु अभै पनि चल्न दिनु (करको लोभमा) यसरी पूरानो (३०, ३५, ४०) ः बस, कार, जिप, भ्यान, मोटर साईकल लगायत गाडी चलाउनेहरुका अनसुार यस्तो सवारी साधनमा सरकारले बढी कर लिई रहेको छ । साथै युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइला लगायत औद्योगिक इन्धनहरु, धेरै जसो नेपालीको घरमा भात-भान्सा तयार गर्न काठ-दाउराको प्रयोग गर्ने, गोबरको गुईठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रुपमा प्रयोग गर्ने गर्नाले पनि हो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरु जस्तै चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कयौ दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रुपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण पनि बढ्दो क्रम रहेको देखन्छद्ध । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस-कसले कसरी काम गर्ने ? भन्ने विषयमा कोप २७ मा मतैक्य हुन सकोस् भन्न कामना गरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार