माइती घर भन्ने पुरानो नेपाली सिनेमामा एउटा सम्वाद छ । जसमा नायिाका भन्छे, ‘मलाई चोला फेर्ने मन छ ।’ पातर्नी बनेकी पात्रले भन्छे ‘ए…, हो छोट्टी, तँलाई चोला फेर्ने मन छ… पख ।’
हो, हामीलाई लाग्छ, इन्द्र बूबूलाई यति चाँडै चोला फेर्ने मन थिएन कि ? किनभने, १८ भदौ को रातमा म उहाँलाई हेर्न (राती कुर्न) वीर अस्पताल गएको थिएँ । केही कुराकानीहरु भएका थिए । सो क्रममा उहाँबाट पटक्कै त्यस्तो संकेत देखिदैन थियो । बरु चाँडै घर जाने, रसिलो र पोषिलो खाना खाने छिटो तगडा हुने पो भन्न हुन्थ्यो । तर, आखिरमा उहाँले पनि चोला फेरेरै छाड्नु भयो ।
यसरी इन्द्र बूबूले चोला फेरेको पनि लगभग ८ दिन भएछ, इन्द्र होनीत्ती बूबू (इन्द्र दाजु) ले हामीलाई सँधैका लागि छाडेर जानु भएको पनि । तर, अभैm पनि मलाई कताकता लागी रहेको छ, उहाँले हामीलाई त्यसरी सँधैका लागि छाडेर जानु भएको होइन, छैन । अथवा भनौं काम विशेषले गर्दा कतै घुम्न जानु भएको छ, सँधैभैmँ काम विशेषले गर्दा काठमाण्डौ बाहिर काममा जानु भएको हो, फर्केर आईहाल्नु हुन्छ । त्यसैले मलाई इन्द्र बूबूले हामीलाई सँधैलाई छाडेर जानु भएको भन्ने फिटिक्कै विश्वास लागेको छैन ।
तर, वास्तविकता त त्यस्तो होइन, उहाँले हामीलाई विसं २०७९ भदौ २४ गते वीर अस्पतालबाट सँधैका लागि छाडेर जानु भएकै हो । उहाँले के भन्नु र ? उहाँको नश्वर शरीरले छाडेर गएको हो, हामीलाई । उहाँ त चालो मात्रै फेर्नु भएको हो । उहाँको आत्माले त यही कतै (धरतीमै) वास गरेको छ । उहाँ यतै कतै विचरण गरिरहनु भएको छ । हामीले उहाँको आत्मालाई नदेखेको मात्रै हो । हुनत हामीले यसो भनी रहँदा विसं २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाण्डौ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीस्थित जंगलमा लगेर हामीले परम्परागत ढंगले खाल्डो खनेर गाडी सकेका छौं, सदगद गरिसकेका छौं । त्यसअघि २७ गते बिहानै बन्दै गरेको कूलू गूसखोम उपत्यका समितिको ‘रीदूम खीम’ गोकर्णेश्वर नगरपालिका सुन्ताखानमा लगेर उहाँलाई आप्mनै घरसरह सम्झेर हाम्रो साझा घरको पवित्र सूक्तूलू (चुला) मा देखाएर विधि, विधान गरेर विदा दिएका छौं । हामीलाई आशा छ, यी सबै विधि, विधानहरु गरेर उहाँको नश्वर शरीरलाई विदा दिएको हुनाले उहाँको आत्मा असाध्यै प्रशन्न भएको छ । उहाँले पोम्लालूङमा ज्यादै प्रशन्न ढंगले वास गर्नु भएको छ । उहाँको आप्mनो पोम्लालूङको यात्रा क्रममा कहीँ कतै दुःख पाउनु भएन होला, कष्ट भोग्नु भएन होला । बाटाहरु सबै ठाउँमा सजिलै थिए होला । इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म यात्रा गर्ने क्रममा ‘पोम्ला काउ’मा पानी पिउन पाउनु नै भयो होला । तिर्खा मेटिने गरी (जरुवा पानी) पानी पिउनु भयो होला । इन्द्र बूबूले इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला । हुनत उहाँले जिउँदो छँदै (चोला नफेर्दै) खेरि धेरै पटक महाकुलुङ क्षेत्रको यात्रा गर्नु भएको थियो । महाकुलुङ क्षेत्रका विद्यार्थी र युवाहरुलाई स्कूल–स्कूल गएर गाउँ–गाउँ गएर हामी कुलुङ समुदायको जातीय स्वपहिचानका सम्बन्धमा, हामी को हौं ? वा म को हुँ ? भन्ने आत्मनिर्णको अधिकारका सम्बन्धमा, मानवअधिकारका सम्बन्धमा, कानुनी शिक्षा र चेतनाको सम्बन्धमा, औपचारिक शिक्षाका सम्बन्धमा पढाउने, बुझाउने, सम्झाउने, शिक्षा दिने, ज्ञान बाँड्ने, चेतना पैmलाउने काममा निःस्वार्थ भावले लाग्नु भएको थियो ।
यसरी इन्द्र बूबूले इलामको कन्यामदेखि सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र, संखुवासभा जिल्लाको विभिन्न गाउँ, भोजपुर जिल्लाको प्रायः सबै कुलुङ वस्ती रहेका गाउँहरु, ताप्लेजुङ कुलुङ गाउँ हाङपाङ, तेह्रथुमको केराबारी, संगपू (पैपुङ), सिकिदेम, धनकुटा जिल्ला, खोटाङ जिल्ला, झापा जिल्लाको विभिन्न गाउँ, मोरङ जिल्लाका विभिन्न कुलुङ गाउँ–वस्तीहरु, सुनसरीको धरान, कोशीपारि, उदयपुर, कास्की आदि जिल्लामा पनि कुलुङ समदायलाई संगठित गर्न र चेतना फेलाउने क्रममा उहाँ पुग्नु भएको थियो । त्यसमध्ये सोलुखुम्बु जिल्ला र संखुवासभा जिल्ललाको अधिकांश गाउँ, टोलको त नाम र ती गाउँ, टोलका मान्छेहरुको नामसम्म पनि कण्ठस्थ पार्नु भएको थियो, इन्द्र बूबूले ।
कुलुङ समुदायको सघन वस्ती भएको गाउँमा पटकपटकको वसाई र भ्रमण गराईकै क्रममा कुलुङ पिता–पूर्खाहरुसँग भएको वातचित, कुराकानी, सूचना संकलन, सिकाई, कुलुङ मातृभाषा, संस्कार, संस्कृति, वेषभुषा, जनचेतना, गरगहना, चाडपर्व, रीतिथिति, परम्परागत कानुन, चालचलन आदिको गहन अध्ययनपछि नै उहाँले ‘किराती कुलुङ’ नामक खँदिलो र गहकिलो किताब प्रकाशित गर्नु भएको छ । जुन किताब नाफाखोर र बजारिया हल्लाखल्ला बिनै पनि दुईदुई पटक प्रकाशित भई सकेको छ ।
यसरी हेर्दा इन्द्र बूबूले हामीलाई सँधैका लागि छाडेर (चोला फेरेर) जसरी जानु भएको छ, आज केवल एक जना मानिसको नश्वर शरीरको अन्त भएको मात्रै होइन भन्ने हामीले सम्झनु पर्छ । किनभने, उहाँको नश्वर शरीर त्याग (नश्वर शरीरको अन्त्य) भनेको हामीले कुलुङ समुदायका लागि ‘सतिसाल’ नै ढलेको सम्झनुपर्ने हुन्छ । कुलुङ समुदायको एक धरोहरकै अन्त्य भएको सम्झर्नुपर्ने हुन्छ । जुन कुरो समुदायमा विस्तारै महसुस हुँदै जाला नै । मलाई त व्यक्तिगत रुपमा इन्द्र बूबू के हो, कसो हो ? भन्ने लागेदेखि नै यस्तो कुरो महसुस हुन थालेको थियो । आगामी दिनमा हामीले जति नै ‘गफाडिको गफ !’ गफ दिए पनि उहाँ (इन्द्र बूबू) को अभावलाई हामीले कुनै हालतमा परिपूर्ति गर्न सक्दैनौं, यो शाश्वत सत्य हो ।
जे होस्, इन्द्र बूबूले हामीलाई छाडेर (आत्माले होइन नश्वर शरीरले) जाने क्रममा, पोम्लालूङसम्मको अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला, भनेकै ठाउँमा खाना खान पाउनु भयो होला, भनेकै ठाउँमा पानी पिउन पाउनु भयो होला, आरामले पोम्लालूङसम्म पुग्नु भयो होला भन्ने आशा गरेका छौं । साथै पोम्लालूङमा पनि इन्द्र बूबूले हजारौं वर्षदेखि वास गरिरहेका हाम्रा ज्ञात, अज्ञात सबै पिता–पूर्खाहरुलाई सम्झाई, बुझाई गर्दै हुनुहुन्छ होला भन्ने आशा छ ।
हुनत उहाँले जिउँदो छँदैखेरि धेरै पटक महाकुलुङ क्षेत्रको भ्रमण गर्नु भएको छ । मानिसको चोला फेर्ने चोला नै हो । त्यसैले एक दिन हामी जो कोहीले पनि चोला फेर्ने दिन आउँछ नै । खालि कति छिटो र ढीलो भन्ने कुरो मात्रै फरक छ । त्यसैले उहाँले चोला मात्रै फेर्नु भएको हो ।
अन्त्यमा ‘पालिका खबर’ अनलाइन न्युज पोर्टलमा कार्यरत पत्रकार विवस चेतन कुलुङ ज्युले मार्टिन लुथर किङलाई उद्धृत गर्दै लेख्नु भएझैं ‘तपाईँ कति वर्ष बाँच्नु भयो ? त्यसले कुनै फरक पार्दैन तर, बाँचुञ्जेल के गर्नु भयो ? त्यो महत्वपूर्ण छ ।’ हो इन्द्र बूबूले औसत नेपालीको आयु पनि पूरा बाँच्नु भएन । उहाँले ६४ वर्षकै उमेरमा चोला फेर्नु भयो । तर, मार्टिन लुथर किङकै प्रश्नलाई आधार मान्ने हो भने इन्द्र बूबूले आपूm बाँचुञ्जेल केके गर्नु भयो ? स्वयम् समाजलाई धेरै राम्रोसँग थाहा छ, व्यक्तिगत रुपमा मैलै नानाथरीको बखान गर्नै परेन ।
जन्म विसं २०१५ मंसिर ३०
पोम्लालुङ वासः विसं २०७९ भदौ २४