अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौ : मेयर केदार थापा

  नयाँ बुलन्द
1.3k Shares

इलाम नगरको प्राथमिकता ग्रामिणमुखी विकास : मेयर केदार थापा

केदार थापा नवनिर्वाचित इलाम नगरपालिकाका मेयर हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य उनी ३० बर्षपछि इलाम नगरमा कांग्रेसको विरासत फर्काउने मेयर समेत हुन् । सदरमुकाम समेत रहेको नगर भएको कारण इलामलाई विशेष महत्वको साथ हेरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई ५ बर्षे विकासको खाका कोर्ने जिम्मेवारी पनि आएको छ । आर्थिक बर्ष नजिकिँदै गर्दा नीति तथा कार्यक्रम समेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । सोही सन्दर्भमा नवनिर्वाचित मेयरसंग गरिएको सम्वाद :

नगर प्रमुखमा निर्वाचित भएपछि नगरको काम कसरी शुरु भएको छ ?
२०७९ मा को निर्वाचनमा मैले इनपामा गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवारी दिएको थिएँ । उम्मेदवारी पाएपछि राज्य पुनःसंरचना भएपछि सवै वडामा उम्मेदवारको हैसियतले पुगियो । इलाम नगरपालिका अत्यन्तै पुरानो नगरपालिकाको रुपमा चिरपरिचित छ । २०१५ सालमा स्थापना भएको नगरपालिका र इलाम नगरपालिका ऐतिहासिक हिसाबले महत्वपुर्ण रहेको छ ।

साविकको नगरपालिकामा ९ वटा वडा थिए । ति वडाहरु सदरमुकाम केन्द्रित वडाहरु थिए । र पछि स्थानीय तह घोषणा भएपछि अरु वडाहरु थपिने काम भयो । ९ वटा वडामा समायोजन गरेर ४ वटा बनाउने काम गरियो । साविक नगरपालिकाको वडाहरुलाई र त्यसपछि थपिएका ८ वटा वडाहरु सबै ग्रामिण क्षेत्रहरुबाट थपिएका वडाहरु छन् ।

८ वटा वडाहरु पुर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यको हिसाबले अत्यन्त विकट र विकास नभएको वडाको रुपमा परिचित छ । म ४० वर्षदेखि निरन्तर सामाजिक क्षेत्र क्रियासिल राजनीतिक कार्यकर्ता पनि हो । जिल्लाको भुगोल विकास, कुन क्षेत्रमा कुन समुदाय कसरी बसेको छ भन्ने अवगत छ । तथापि वडाहरुमा मतदाताहरुसंग भेट्दा धेरै कुराहरु सुने र मेरा कुराहरु पनि राखे ।

स्थानीय तह घोषणा गर्नुअघिको इलाम नगरपािलकामा भौतिक संरचना, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा त्यति धेरै मेहनत गर्नुपर्ने जस्तो देखिदैन । सुन्दर नगरपालिकाको रुपमा सदरमुकामलाई हामीले विकास गरे हुन्छ । अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौ ।

नयाँ आर्थिक वर्षको बजेटको निर्माण प्रक्रिया शुरु भएको छ, अब बजेट बस्तो बन्छ ?

ग्रामिण क्षेत्रबाट बनेका वडाहरुमा सवै कुरामा हामीले बढि प्राथमिकता दिएर विकास गर्नुपर्छ भन्ने अवधारणा निर्वाचित भएर आएका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु पनि सहमत छन् । हामीले जुन हिजो बोलेका थियौँ प्रत्येक वडामा एक करोडको हिसाबले बजेट विनियोजन गर्छौ । प्रत्येक वडामा एक करोडको दरले बजेट विनियोजन गर्ने निधो भइसक्यो । र बजेट पनि अब उपमेयर, वडाध्यक्ष, सदस्य ज्यूसंग समन्वय पनि भइरहेको छ ।

मुलभुत कुरा के भने बजेट विनियोजन गर्दा कम्तीमा वडाहरुमा उपलब्ध हुने हिसाबका योजनाहरु कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पुर्वाधारको क्षेत्रमा प्राथमिकिकरण गरेर शिक्षा, स्वास्थ्य र त्यसपछि कृषिको क्षेत्रमा बिषयगत अनुभव भएका व्यक्तिहरु, बिषयगत विशेषज्ञहरु, शिक्षामा, स्वास्थ्यमा सबैको सुझाव लिएर अघि बढ्छौँ । स्वास्थ्यमा जिल्ला स्वास्थ्य कार्यालय र हाम्रो स्वास्थ्य प्रमुख बसेर कसरी सर्वसुलभ ढंगले सेवा दिन सकिन्छ ।

कृषिको क्षेत्रमा तल्लो गरिब बिपन्न बर्गहरुलाई व्यवसायिक र रोजगारी दिने कुरामा कसरी गर्न सकिन्छ भन्ने अध्ययन र छलफल गरिरहेका छौ । त्यो अनुरुप हामीले नीतिगत छलफल गरेर बनाएपछि इन्डिकेटरको रुपमा वडाध्यक्षहरु समेत बसेर परिणाम आउने किसिमको नतिजामुखी योजनाहरु बनाउने योजना छ । एक करोड बजेट वडाका निम्ती भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि र अन्य क्षेत्रका विनियोजन गर्ने हो भने पाँच वर्षमा परिणाम निकाल्न सक्छौँ ।

तथापि हामीले धेरै कुराहरु सोचेका छौ कृषिको क्षेत्रमा अन्य दातृ संस्थाहरु कुन कुनले सहयोग गर्छ त्यस तर्फ पनि छलफल चलाइरहेका छौ । उनीहरुलाई कृषि प्रर्वद्धनका लागि समन्वय गरेर नीति बनाउने कुरा पनि रहेको छ । हाललाई मैले भनेको क्षेत्रमा उपलब्धी हुने हिसाबले सबै वडाध्यक्षहरुलाई राखेर योजना बनाउने काम भइरहेको छ ।

स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गरिन्छ ?

हामीले गठबन्धनबाट निर्वाचनमा जाँद गर्दा स्वास्थ्यलाई सुधार गर्ने र गरिबिको रेखामुनि भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना बनाएका छौँ । इलाम स्वास्थ्य बिमा लागु भएको जिल्ला हो । हामीले विपन्न परिवारले समयमा उपचार पाउन नसक्दा मृत्युको सिकार बन्नु पर्ने अवस्था पनि देखेका छौ । हामीले के भन्यौ भने घोषणापत्रमा प्रत्येक वडामा अति गरिब र विपन्न वर्गको तथ्याङ्क संकलन गरेर यो बर्ष एउटा वडाबाट २० जनाको दरले स्वास्थ्य बिमा लागु गर्दैछौँ ।

५० प्रतिशत अति गरिबलाई बिमा लगानी गरिदिन्छौ । र ५० प्रतिशत सहभागितामा २० परिवारलाई गर्दैछौ । क्रमश बार्षिक हिसाबले गरेर ५ बर्ष भित्रमा अति गरिबलाई विपद्को बेला र बिरामी भएको अवस्थामा बचाउन नीति ल्याउने निर्णय गरेका छाैँ । सबै वडामा बाह्रैमास जाने सडक निर्माण गर्ने । सबै वडामा नयाँ बाटो निर्माण नगर्ने । नयाँ बाटो मेसिन लगाएर जुन खन्ने परम्परा छ यसले वातावरणिय प्रभाव पारेको छ । बाटाहरु स्तरोन्नती गर्दै जाने हो ।

नयाँ बाटाहरु खोल्न जरुरी छैन् भन्ने निर्णय गर्दैछौ । विकासको दृष्टिकोणले नगरपालिका भित्रको कुन वडा विकास, आर्थिक अवस्था, भौतिक पुर्वाधार, शिक्षा, कृषिको सन्दर्भमा तुलनात्मक हिसाबले पछाडी परेको छ । त्यसलाई अध्ययन गरेर ग्रामिणमुखी विकास गर्ने क्रममा प्राथमिकता राखेर विकास गर्ने सोच राखेका छौ ।

पर्यटकीय क्षेत्रहरु धेरै छन् कसरी प्रर्वद्धनकाे काम हुन्छ ?

पर्यटनको क्षेत्र प्रर्वद्धन गर्ने सन्दर्भमा इलाम नगरपालिकाले नगरपालिका भित्रको क्षेत्र मात्र प्रर्वद्धन गर्ने होइन, समग्र जिल्लाको पर्यटनलाई प्रर्वद्धन गर्न सकियो भने मात्र पर्यटकीय हिसाबले महत्व राख्न सक्ने जिल्लाको रुपमा इलाम स्थापित हुन सक्छ । सन्दकपुर, इलाम, सूर्योदय र अन्य पालिकाहसंग छलफल गरेर एकिकृत योजना बनाउन सकिन्छ की भन्ने लागेको छ ।

त्यो हिसाबले ग¥यौ भने समग्र इलामको पर्यटन प्रर्वद्धन गर्न सहज हुन्छ भन्ने विश्लेषण छ । ५ बर्ष नगरको विकासको लागि सवै नागरिकको आर्थिक उन्नतीको गर्न शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकिकरण गर्ने व्यवसायिक रुपमा कृषकहरुलाई उन्मुख गराउन सकिन्छ की भन्ने सोचेका छौ । केन्द्र, प्रदेश र जिल्लामा छलफल चलाएर त्यस तर्फ पनि जाने योजना तयार गरेका छौ ।

करको दर कसरी समायोजन हुन्छ ?

यो स्थानीय तहको निर्वाचनमा जाँदै गर्दा सबै तिर भुमि कर, सम्पती करको सन्दर्भमा उत्पादन भन्दा कर बढि तिर्नु परेकाले सबै कुरा छाडेर विस्थापित हुनुपर्ने भन्ने जनताका कुरा आए । बसाइसराई नै जानुपर्ने अवस्था आयो भन्छन्,गरिब विपन्न मानिसहरु । जमिन धेरै हुनेहरु पनि जमिन धेरै छ उत्पादन छैन । त्यसको भुमिकर अत्यन्त धेरै छ त्यस्तो क्षेत्रलाई हाललाई १० प्रतिशत हामीले त्यस्ता बर्गलाई किसानलाई नागरिकलाई र ५ प्रतिशत विभिन्न पेशा व्यवसायमा छुट गर्ने नीति लिएका छौँ ।

कोभिड संक्रमण २ पटक आएर अहिले इनपा भित्र र देशै भित्र व्यपार व्यवसाय अस्तव्यस्त सगै समस्यामा छ । त्यसले गर्दा पेशा व्यवसायमा ५ प्रतिशत छुट गर्ने, पर्यटन अन्र्तगत होटलहरुलाई मध्यनजर गरेर ५ प्रतिशत छुट दिने निर्णय गरेका छौ । अब क्रमश व्यपार व्यवसाय, उद्योगधन्दा कलकारखाना चलेर जाने अवस्था आयो उनीहरुको आर्थिक हिसाबले पेशा सृदृढ बनेपछि सहमती गरेर नगरपालिकाको कर बढाउने कुरामा परामर्श गरेर गर्न सकिन्छ की भन्ने लागेको छ ।

अर्को कुरा करको दायराको कुरा जसले पेशा व्यवसाय गर्ने सबै क्षेत्रलाई कम्तीको पनि कानुनी हिसाबले दर्ता गर्ने, दर्तापछि आम्दानी हेरेर इलाम नगरपालिकालाई कर बुझाउनुपर्छ भन्ने छ । करको दायरा फराकिलो बनाएर जाने हो, दर्ता भएका उद्योग व्यवसायीहरुलाई आर्थिक बोझ हुने गरी कर बढाउने हैन । त्यसलाई अर्थशास्त्रको नियम अनुसार जति धेरै भयो उति उठ्ने हो थोरै भएकालाई कर लगाउँदा मार्का पर्छ । त्यसैले करको दायरा बढाएर लाने योजना छ ।

इलाम चिया कारखाना र बगानलाई नगरपालिकाले चलाउने कुरा थियो त्यो कसरी अघि बढ्छ ?

इलाम नगरपालिका भित्र रहेको नेपालकै सवैभन्दा पुरानो चिया बगान म संग पनि नाता जोडिएको चिया बगान हो । हाम्रो सन्ततीहरुले त्यो बेलामा दुर्शशिता देखिएको चिया बगान । प्रजातन्त्र आएपछि निजीकरणको सिद्धान्त विकास भयो । र उद्योग धन्दा कलकारखानालाई संचालनमा ल्याउन औद्योगिक रुपमा संचालन गर्न सरकारको नियन्त्रण भित्र हैन । व्यपारीहरुले उनीहरुको इच्छा अनुसार औद्योगिक विकास हुने बाटो खुल्ला गरिदिनुपर्छ भन्ने नीतिले गर्दा इलाम चिया बगान ।

उनीहरबाट लिने कर हो उत्पादको हिसाबले विक्री वितरणको हिसाबले कर लिनुपर्छ । निजिकरणको सन्र्दभमा सरकारी चिया बगान साघाई समुहले अहिले ५० बर्षको लिजमा लिएको छ । हामी नियम कानुन संविधान मान्ने पार्टीका कार्यकर्ता हौँ । हामीलाई निर्वाचित गरेर पठाएका छन् । नियम कानुन के छ कसरी उसले निजिकरण गरेर लिएको छ हामी चलाउँछौ भन्ने अनर्थ हुन जान्छ ।

संघाईसंग कुरा गर्छौ पुरातात्विक हिसावले महत्व राख्ने चिया बगान उद्योग यति पुरानो उद्योग यो अनुसन्धान र खोजको बिषय बन्न सक्छ । इलाम चिया बगानलाई अनुसन्धानको रुपमा केही गर्न सकिन्छ । उसले ५० बर्षको लिजमा लिएको छ । उ संगको सम्झौता नहेरी यो गर्छौ त्यो गर्छौ भन्नु सस्तो लोकप्रियताको निम्ती सवै कुरा नबुझि बोल्नु हुँदैन ।

के छ उहाँ आउनु हुन्छ होला सम्झौताको के छ त्यो हेरेर अनुसन्धानको रुपमा पार्टनरसिपको रुपमा हामीले के गर्नुपर्छ की एउटा खोज र अनुसन्धानको केन्द्र बनाउन सकिन्छ होला । ब्रिटिस कालिन अवस्थामा खुलेको बगान उद्योगको सबै मेसिन ब्रिटिस कालिन थियो । त्यो बिचमा बाहिर लगिएको थियो । अहिले ल्याएर राखिएको छ । नगर प्रमुखको रुपमा यसलाई बुझ्दै जानेछु ।

(पत्रकार सुजन तिमसिना)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार