भीम चेम्जोङको ‘स्याउलीको पातमा’ म्युजिक भिडियो सार्वजनिक

  युद्धबहादुर बोहोरा
343 Shares

No description available.

पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ निवासी गायक तथा अभिनयकर्ता भीम चेम्जोङले “स्याउलीको पातमा” म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विगत एक दशकदेखि संचारकर्ममा समेत लागेका चेम्जोङ्को आवाज,बुद्धराज लिम्बुको सङ्गीत र सागर केरुङको गीतमा शब्द रचना रहेको छ । आधुनिक लोक प्याटर्नमा आधारित गीतको म्युजिक भिडियो प्रबासमा रहेका कुशल चेम्जोङको लगानीमा निर्माण भएको  भिडियोमा गायक चेम्जोङले अभिनय गरेका छन् । नेपाल मिडियाको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस भिडियोलाई अनलाइन मार्फत विमोचन कार्यक्रम गरि सार्वजानिक गरिएको छ ।

नेपाल मिडिया ग्रुपको दोश्रो साङ्गितिक प्रस्तुती ‘स्याउलिको पातमा’  को भिडियो छायांकन रजनी हाङ्सरुम्बाले गरेकी छिन् भने सम्पादन गायक चेम्जोङ आफैंले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार