त्रिभुवन र सोनाको जोडी चोःलुङ पार्कमा

  टीआर सेनेहाङ
714 Shares

त्रिभुवन र सोनाको जोडी चोःलुङ पार्कमा

फागुन, ४ तेह्रथुम ।
समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बुले कलाकारिताको यात्रा तय गरेका छन् । बिगत लामो समय देखी हङकङमा कार्यरत लिम्बुले हालै ‘चोःलुङ पार्क’ बोलको म्यूजिक भिडियो खेलेका छन् । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गितबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन् । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियोमा कलाकार सोना लिम्बुलाई त्रिभुवनको जोडिको रुपमा देख्न पाईन्छ ।

तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा छायांकन गरिएको यो म्यूजिक भिडियोको शुभारम्भ लागीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले गरेका थिए ।

त्रिभुवन र सोनाको जोडी चोःलुङ पार्कमा

तरुण युुवा युवतीको पहिलो भेट मायामा प्ररिणत भई विवाहसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए । थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती,बिष्णु मोक्तान,टीआर सेनेहाङ,रविकिरण लिम्बु,फिपराज थुलुङ,रितुराज लिम्बु,दुर्गा तेयुङ लगायत छन् ।भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन् ।
दिनेश माङमुले सहायक निर्देशन गरेको यस भिडियोमा कृष्ण सुवेदीको श्रृङगार रहेको छ । भिडियो फागुनको अन्तिम तिर रिलिज हुने निर्देशक तुम्बाहाङफेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार