सरस्वती माविको अध्यक्षमा जसपाका खजुम निर्वाचित

  नयाँ बुलन्द
693 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका ५ स्थति सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनता समाजवादी पार्टीका किसान खजुम निर्वाचित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचित र मनोनित प्रतिनिधिहरुको बुधबार सम्पन्न भेलाले खजुमको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।

सदस्य सचिवमा प्रधानाध्यापक हरी आङदेम्बे र सदस्यहरुमा कविता राई, विष्णु येक्तेन, चन्द्र सिगू लिम्बू, देवीकुमार योङहाङ, मुक्तिहाङ साँबा, नरेन्द्रकुमार राई, धिरेन्द्र आङदेम्बे निर्वाचित भएका छन् ।

ज्येष्ठ सदस्य मुक्तिहाङ साँबाको अध्यक्षतामा बसेको पहिलो भेलाले सर्वसम्मत रुपमा खजुमलाई अध्यक्षमा निर्वचित गरेको हो । खजुम जनता समाजवादी पार्टी नेपाल माङसेबुङ गाउँपालिका कमिटिका अध्यक्ष समेत हुन् ।

खजुम सहित ४ जना कविता राई, विष्णु येक्तेन र देवीकुमार योङहाङ गत मंसिर २५ गते अभिभावकहरुबाट निर्वाचित भएका थिए । भने, शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार शिक्षा प्रेमी एक जना, चन्दादाताबाट एक जना, सम्बन्धित वडाका वडाध्यक्ष एकजना, शिक्षक प्रतिनिधि एक जना र विद्यालयको प्रधानाध्यापक एक जनासहित ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको हो ।

अध्यक्ष खजुमको विद्यालय व्यवस्थापन समितिमा यो चौथो कार्यकाल हो । उनले करिब १० वर्ष सदस्यको रुपमा काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार