
तेह्रथुम,रेवत पारघरी
पुर्वका चर्चित संचारककर्मी टीआर सेनेहाङ द्धारा लिखित लिम्बु गितको भिडियो ‘निङवा पङ्सिङ्लो’ दर्शकले औधी मन पराएका छन् । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बूको कर्णप्रिय आवाजमा सजिएको हृदयस्पर्सीे गित सार्वजनिक भएको एक हप्ता मै एकलाख बढिले हेरेका छन् ।
गायिका सुनिता कै संगितमा तयार भएको यो गितको भिडियो ललितपुर नखिपोटमा अवस्थित युङचाहिम होटलमा एकहप्ता अघि पुर्व भौतिक पुर्वाधार तथा यतायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा एक कार्यक्रमविच विमोचन गरि सार्वजनिक गरिएको थियो ।
यो भिडियो गायीका थेगिमको पहिलो लिम्बु गितको कम्पोज हो भने मेलिनाको पनि पहिलो लिम्बू गीत हो । इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको लिप्सिङ भिडियोमा अस्मिता राई र रेखा फागोको मेकअप, लिब्जु कलेक्सनको पहिरन र फामाहिम बुटिक एण्ड गार्मेन्टको गरगहना रहेको छ ।
देबेश राईको संगीत संयोजनमा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ भने सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिगत डेढ दशक देखी संचार क्षेत्रमा क्रियासिल गितकार सेनेहाङका यस अघि पनि एक नेपाली र एक लिम्बु गित बजारमा आएका छन् भने तिनवटा गित रेकर्डिङको क्रममा रहेका छन् ।
भिडियो यता, https://youtu.be/b5HeMVRLw1o















































