नक्कली नोटको बिगबिगी,धनकुटामा समातिए एक युवक

 

इलाम : चाडपर्व नजिकिँदै गर्दा धनकुटामा नक्कली नोट छ्यापछ्याप्ती भेटिन थालेको छ ।
केही दिन अघि प्रहरीले नक्कली नोटसहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार राती ९ बजेतिर धनकुटा नगरपालिका ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका एक युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरेको छ ।

प्रहरीले बरामत गरेको सबै नोट हजारका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले भने पक्राउ परेका ती युवकको पहिचान खुलाएको छैन । प्रहरी चेकजाँचको क्रममा ती युवकले नक्कली नोट अर्को गोजीमा हाल्न खोज्दा सबै नोट चेकजाँच गरेको र सोही क्रममा नक्कली नोट फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले बरामद गरेको सबै नक्कली नोट हेर्दा सक्कली जस्तै देखिन्छ । ती नोट सर्वसाधारणले हेर्दा छुट्याउन नसकिने छ । प्रहरीले बरामद गरेको नक्कली नोट हल्का पातलो र खस्रो देखिन्छ । यसरी खुलेआम नक्कली पैसा छरिएको हुँदा सबैलाई सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार