सन् २०२१ सम्म सबै नेपालीलाई काेभिड खोप लगाउँछौंः प्रधानमन्त्री


सन् २०२१ सम्म सबै नेपालीलाई काेभिड खोप लगाउँछौंः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताउनुभएको छ । आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको हो ।

भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउनुभयो । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

यो सरकारले जनताको जीवन रक्षा नै पहिलो प्राथमिकतामा राखेर कोभिड नियन्त्रणमा लागेको अाेलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार