कुम्मायकमा महिलालाई सीपमुलक तालिम

  पदम सुखी सम्बाहाम्फे
63 Shares

 

(फाइल तस्वीर)

पाँचथर : कुम्म्मायक गाउँपालिकाका महिलालाई तीन महिने सीपमुलक तालिम संचालन गरिएको छ ।

“उद्योग चलाऔं,आम्दानी बढाऔं”भन्ने मुल नाराका साथ सीप सिकाएर स्वरोजगार बनाउने उदेश्यले ढाका बुनाई सम्बन्धि तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

गरिबी निवारण लघुउद्यम कार्यक्रम अन्तर्गत पालिकाका वडा नम्बर ३ र ४ का महिलाहरुको संयुक्त सहभागितामा आधारभूत ढाका बुनाई तालिम शुरु भएको हो ।

वडाबाट छनौट भएर आएका ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको उक्त तालिम सृजनशिल ढाका कपडा उद्योगका प्रशिक्षक योगिता सम्बाहाम्फेले सहजीकरणको भुमिका निर्वाह गरिने बताइएको छ ।
उद्यम विकासबाट महिलाको आयाआर्जनमा वृद्धि गर्ने लक्ष्यले थालिएको तालिम सम्पन्न पछि सीप सिकेर व्यावसायिक पेशामा निरन्तर काम गर्ने महिलालाई हरेक कुरामा मद्दत गरिने गाउँपालिका उपाध्यक्ष सीता आचार्यले तालिमको उद्घाटन गर्दै सो कुरा बताइन् ।
पछिल्लो समयमा याक्थुङ्ग संस्कृतिको पहिचान संग जोडिएको हातले बुनेको ढाका अन्तर्राष्ट्रिय बजार अमेरिका,बेलायत,सिंगापुर,भारत लगायतका क्षेत्रमा समेत लोकप्रिय बनेसंगै नेपालमा पनि प्रयोगकर्ताहरु बढ्ने क्रममा छन् ।
ढाका टाेपी,कोट,सारी,चोली,बर्की,ब्याग,लेडिज सेन्डल,जुत्ती,मफलर जस्ता सामान बजारमा बढ्दो माग भएको र किराँत जातिको वैवाहित कार्यक्रममा पहिल्यै देखि प्रयोग गर्ने चलन भएता पनि आजभोलि धेरैको यस तर्फ आकर्षण बढेको छ ।
यसैबीच,तालिममा सहभागीले आगामी दिनमा ढाका व्यावसाय संचालनमा दीर्घकालीन सहयोग र सामानलाई उचित बजारीकरणको प्रवन्ध मिलाउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार