इलाम : बहुचर्चित रङ राेगन कम्पनी सालिमार पेन्ट्सकाे एक दिवशीय अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम इलाममा सम्पन्न भएकाे छ । आज शनिबार साे कम्पनीले एक दिवशीय कार्यक्रम सम्पन्न गरेकाे हाे ।
रङ राेगन सम्बन्धी कार्य गर्दै आएकाे कलर कलेक्सन एण्ड क्रिएसन इन्टरनेशनल कम्पनी प्रा.लि. ले इलाममा पहिलाे पटक साे कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रमकाे संयाेजन भने तुमदेन हार्डवेयर पसल इलामले गरेकाे हाे । इलामका पेन्टर्स तथा ठेकेदारहरुलाई रङ राेगन सम्बन्धी विशेष जानकारी तथा तालिम दिने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे तुमदेनका सञ्चालक निशाम लिम्बूले जानकारी दिए ।
एकदिवशीय अभिमूकरण तालिममा कम्पनीकाे तर्फबाट विनय सापकाेटा र निश्चित मगरले सहभागिलाई सहजिकरण गरेका थिए । तालिममा इलामका २५ जना पेन्टर्स तथा ठेकेदारहरुकाे सहभागिता रहेकाे थियाे । साथै कम्पनीले सहभागिलाई कम्पनीकाे तर्फबाट टिसर्ट तथा मायाकाे चिनाे समेत प्रदान गरेकाे थियाे ।
इलामलाई पेन्टिङ सम्बन्धी थप सुन्दर बनाउन र पेन्टिङ सम्बन्धी कुनै पनि समस्याबाट समाधानकाे लागि याे कार्यक्रम महत्वपूर्ण रहेकाे सहभागीले जनाएकाे छ । इलामकाे लागि कम्पनीकाे मूख्य डिलर र सम्पर्क कार्यालय समेत तुमदेन हार्डयेर पसल इलाम रहनेछ ।
कम्पनीले नेपालमा एक दशकदेखी सक्रिय रही आफ्नाे छुट्टै पहिचान बनाउन सफल भएकाे छ । कम्पनी एसियाकाे ११९ वर्षे पूरानाे कम्पनी हाे ।