लिम्बू विद्यार्थी मञ्च इलामकाे १५ दिने निशुल्क लाेकसेवा तयारी कक्षाकाे समापन

  नयाँ बुलन्द
0 Shares

 

इलाम :  लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे आयोजनामा सञ्चालित १५ दिने लाेकसेवा आयाेगकाे निशुल्क तयारी कक्षा शनिबार सम्पन्न भएकाे छ । मञ्च २३ औँ वर्षमा प्रवेश गरेकाे अवसरमा आयाेजित कक्षा गत ०६ गते देखि हिजाे २१ गतेसम्म सञ्चालन भएकाे थियाे । कक्षाकाे हिजाे शनिबार एक समापन समाराेहबीच समापन गरिएकाे हाे ।

इलाममा लाेकसेवा तयारी गरिरहेका र निजामति क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर आयाेजना गरिएकाे तयारी कक्षामा झण्डै १ सय पचास जना विद्यार्थीहरुले लाभ लिएका छन् । जसमध्ये नियमित रुपमै कक्षा लिनेकाे संख्या भने ४५ जना रहेकाे आयाेजकले जनाएकाे छ ।

तयारी कक्षालाई निजामति क्षेत्रका उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत शाखा अधिकृत अर्जुन कुलुङ राई, नायब सुब्बाद्वय दिलकुमार लिम्बू र खगेन्द्र आङदेम्बे, जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बा/कम्प्युटर अपरेटर कृष्ण सुब्बा, मालपाेत कार्यालय इलामका लेखापाल/नायब सुब्बा मनाेज याेङहाङले सहजिकरण गरेका थिए ।

 

आयाेजकले तयारी कक्षालाई पहिलाे चरणकाे रुपमा अघि सारेका थिए । पहिलाे चरणकाे कक्षामा जिके र आईक्यू पढाईएकाे थियाे । कक्षाले नायब सुब्बा र खरिदार लगायतका तयारी गरिरहेकालाई टेवा पुगेकाे छ ।

लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित याेङहाङकाे अध्यक्षता एवम् मञ्चका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अधिवक्ता नितेश सिंगककाे प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि  सिंगक सहित विशेष अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, मञ्चका केन्द्रीय उपमहासचिव प्रदिप नेयाेङ,  कियाचु इलाम जिल्ला काेषाध्यक्ष बुद्धमाया साेङमी, क्याम्पस प्रमुख  दिनानाथ फुँएल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिंगक सहित यामप्रसाद लिम्बू, अतिथिहरु जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृत हरि थापा मगर, लिवि मञ्चका केन्द्रिय उपाध्यक्ष रामकुमार लिङदम, उपमहासचिव प्रदिप नेयाेङ, सचिव ताराबिर लिम्बू, केन्द्रिय सदस्य शिब थेगिम, कियाचु इलाम जिल्ला काेषाध्यक्ष बुद्धमाया साेङमी, क्याम्पस प्रमुख फुँएल, सहायक क्याम्पस प्रमुख सरिता निराैला, कृषि विकास बैंक इलामका राजेश चेम्जोङ लगायत  आतिथ्यता रहेकाे थियाे।

१५ दिने लाेकसेवा सम्बन्धि अभिमूखिकरण कार्यक्रमलाई सम्पन्न बनाउन आर्थिक रुपमा प्रायाेजन गर्नुहुने समाजसेवी एवम् विद्यार्थी कमल लिम्बू नेम्बाङ त्यस्तै इलाम सदरमुकाम स्थित शेर्पा मल्टी ट्रेनिङ सेन्टर इलामका व्यवस्थापक डिकेन्द्र दाहाललाई समेत सहयाेगकाे सम्मान गर्दै कदरपत्र प्रदान गरियाे ।

कार्यक्रमका अवसरमा सहजकर्ता र मञ्चलाई विभिन्न समयमा हरेक हिसावले सहयाेग गर्नुहुने देउमाई नगरपालिका इलाममा कार्यरत लेखा अधिकृत गजेन्द्रराज येक्तेन, जिल्ला बनस्पति अनुसन्धान कार्यलय इलामका लेखापाल प्रेम सुब्बा, उच्च अदालत बिराटनगर इलाम इजलासका नायब सुब्बा सुरेन्द्र कुमार सुब्बा, जिल्ला स्वास्थ्य कार्यालयका लेखा अधिकृत प्रहारसिंह लिम्बू सहयाेगकाे उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरिएकाे थियाे ।

तयारी कक्षा प्रभावकारी रहेकाे सहभागिले वताए । सहभागीहरुकाे तर्पबाट बाेल्दै पुनम क्षेत्री र राेमन सुब्बाले आयाेजक लिम्बू विद्यार्थी मञ्च इलामप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै सहभागिले अझै यस्तै अवसर जुटाईदिन आयाेजकसँग आग्रह समेत गरेका छन्  । आयाेजकले भने इलामका ट्युसन सेन्टरसँग समन्वय गरेर सहयाेग गराउने समेत वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार